बैंक ब्याज, राजस्व र घर बाहल करमा छुट देऊ : लमही चेम्बर
शिवराज खनाल
लमही, चैत २१ । लमही चेम्बर अफ कमर्सले अहिलेको अबस्थामा व्यवसायिहरुको पिर मर्कालाई बुझ्दै राज्यले बैंक ब्याज, राजस्व र घरबेटिको घर बाहल कर छुट दिन माग गरेको छ ।
लमही चेम्बर अफ कमर्सका अध्यक्ष अजय न्यौपानेले शुक्रबार एक विज्ञप्ती जारी गर्दै यस्तो माग गरेका हुन् । विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसवाट नेपाल उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको अवस्थामा लकडाउनका कारण निजी क्षेत्रका ब्यबसायीहरुमा प्रत्यक्ष प्रभाव परेको देखियकाले उद्योगी तथा व्यवसायिहरु सडकमा आउने अवस्था सृजना भएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
साथै लमही चेम्बर अफ कमर्सले घरवेटीहरुले भाडामा वसेका उद्योगी व्यवसायिहरुलाई लकडाउनको अवधी भर घरभाडा छुट गरिदिन र घरबेटी लाई घरबाहल कर छुट दिन सरोकारवाला समक्ष आग्रह समेत गरेको छ ।
