Goraksha

National Daily

जनताकासँग जोडिएका कुरालाई ध्यान दिएर काम गर्छौं : अध्यक्ष बस्नेत

1 min read

जिल्लाको पश्चिम–उत्तरतर्फ रहेको शान्तिनगर गाउँपालिका । दक्षिणमा दंगीशरण गाउँपालिका, पूर्वमा तुलसीपुर उपमहानगरपालिका, उत्तरमा सल्यान जिल्ला र पश्चिममा बबई गाउँपालिका अवस्थित रहेको छ । शान्तिनगर गाउँपालिकामा हालै सम्पन्न स्थानीय निवार्चनबाट नेपाली कांग्रेसको नेतृत्व गर्दै शान्तिनगर–६ निवासी प्रमोद बस्नेत निर्वाचित भएका छन् ।

शान्तिनगर गाउँपालिकाले स्वच्छ, हराभरा, विकसित, समतामूलक र समृद्ध शान्तिनगरको भावी तस्विरलाई मध्यनजर गर्दै नीति तथा कार्यक्रम सहित बजेट पनि ल्याएको छ । करिब ५० करोड ९८ लाख बजेट गाउँपालिकाले ल्याएको छ भने त्यसमा पूर्वाधार, शिक्षा, स्वास्थ्य र कृषिलाई प्राथमिकता समेत राखेको छ । यसै विषयमा आधारित रहेर शान्तिनगरगाउँपालिकका अध्यक्ष प्रमोद बस्नेतसँग गोरक्षकर्मी बालाराम खड्काले गरेको कुरा कानीको सार संक्षेप ।

 गोरक्षको सातावार्तामा यहाँलाई स्वागत छ ?

 धन्यवाद यहाँ र यहाँको पत्रिकालाई, जनतामाझ केही कुरा राख्ने अवसर दिनु भएकोमा ।

 यो जितलाई कसरी लिनुभएको छ ?

 म सानैदेखि राजनिति र सामाजिक सेवामा लागेको व्यक्ति हुँ । म त्यो सँगै विभिन्न समयमा विभिन्न व्यक्तिलाई सहयोगदेखि सामाजिक कार्यमा व्यापारसँगै जोडिएको थिएँ । मैले व्यापार व्यवसाय गर्दा होस् वा सामाजिक काम गर्दा धेरैको मन जित्न सफल भएको थिएँ । म जहिले पनि जनताको प्रत्यक्ष सम्पर्कमा रहेरकैले अहिले निर्वाचित पनि भएको छु ।

मैले सानैदेखि विद्यार्थी राजनीतिदेखि समाजसेवा गर्दै सबैलाई नजिकबाट बुभ्mने अवसर पार्ए । त्यसैको प्रतिफल आज म जनताको सेवकको रूपमा निर्वाचित भएर फेरि सेवा गर्ने अवसर पाएको छु । यो जितलाई अवसर र चुनौती दुवै रूपमा लिएको छु । यो गाउँपालिकालाई समृद्ध र नमुना गाउँपालिका बनाउन जनताले मलाई चयन गर्नुभएको छ, यो जित सबै जनताको हो । चुनावी प्रक्रियामा म कुनै दलको उम्मेदवार भए पनि अब सबैको साझे हुँ । यो जित भनेको जनताले दिएको ठूलो अभिभारा हो र सोहीअनुसार मैले काम पनि गर्नु पर्छ ।

मैले जनताको मत पाएर निर्वाचित भएँ, त्यसरी नै पालिकाबाट उपलब्ध सेवा सुविधा र मबाट हुन सक्ने सहयोग मैले गर्नुपर्छ । यो जित मेरो मात्र होइन सम्पूर्ण पालिकाबासीको जित हो । शान्तिनगर गाउँपालिकालाई स्वच्छ, हराभरा, विकसित, समतामूलक र समृद्ध शान्तिनगरको भावी योजना हाम्रो हो र त्यो पूरा हुने पनि छ ।

 अध्यक्षमा निर्वाचित भएपछि शान्तिगर गाउँपालिकाको समग्र विकासका लागि कस्ता योजनाहरू बनाउनुभएको छ ?

 यस गाउँपालिकाको पहिलो पटक नेतृत्व सम्हाल्ने मलाई अवसर मिलेको छ । मैले अहिले नै सबै कुरा पूरा गर्छु भन्ने भन्दा पनि सबै काम क्रमशः हुने हो । यहाँका हिजोका केही योजनाहरू पूरा हुन बाँकी छन् र आज पनि हामीले आर्थिक वर्षको नीति कार्यक्रम बजेट ल्याएका छौँ । हाम्रो गाउँपालिका सबै जातजाति, भाषा, संस्कृति र रीतिरिवाज भएको पालिका हो । कृषि, स्वास्थ्य, शिक्षा, खानेपानी, खेलकुदसँगै पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर विकास र सुधारका कामहरू गर्ने योजनामा छौँ ।

पहिलो कुरा त भौतिकअन्तर्गत मुख्य–मुख्य सडकहरूमा कालोपत्रे गर्ने, ग्राभेल नभएकोमा ग्राभेल गर्ने, बाटो नपुगेको स्थानमा बाटो पु¥याउनु नै हो । त्यससँगै यहाँको कृषिलाई र किसानका समस्या समाधान गर्ने, विकास र पूर्वाधारको क्षेत्रमा काम गर्ने, सिंचाइ सुविधा पु¥याउने नै हो । सिंचाइ सुविधाका लागि पक्की बाँधहरू निमार्ण, युवा स्वरोजगारीका लागि लघुउद्यम विकासलाई जोड दिनेदेखि सवै नागरिकलाई स्वास्थ्य बिमा र खानेपानीको समस्यालाई समाधान गरी एक घर एक धाराको अभियानलाई सफल पार्नु नै हो । जनताका दैनिक जनजीविकासँग जोडिएका कुरालाई मध्यनगर गरी हामी अगाडि बढ्ने छौँ ।

 शान्तिगर गाउँपालिकाका दीर्घकालीन योजना के छन् ?

 शान्तिनगर गाउँपालिकाका दीर्घकालीन योजनाहरू पहिलो कुरा त यहाँ १५ बेडको असपताल निर्माणाधीन अवस्थामा छ । त्यसलाई पूरा गरी यहाँका जनतालाई सर्वशुलभ र गुणस्तरीय स्वास्थ्य सेवा दिनु हो । त्यससँगै गाउँपालिका स्तरको खेलकुल मैदान नहुँदा खेलकुद कार्यक्रम सञ्चालन गर्न अलि असहज छ । त्यसका लागि रंगशाला निर्माण गर्नुपर्छ भनेर स्थानको खोजीमा हामी छौँ ।

यसैगरी ५ वर्षभित्र गाउँपालिकाभित्रका ठूला र मुख्य सडकहरूलाई कालोपत्रे गर्ने योजना पनि छ । गाउँपालिकाको भवन निर्माण गर्ने, खानेपानीको समस्यालाई सामाधान गर्न एक घर एक धाराको अभियानलाई सार्थकता बनाउन विभिन्न खानेपानीका योजना निर्माण गर्ने र सिंचाइ सुविधाका लागि सबै कुलोहरूमा पक्की बाँधा निर्माण गर्ने हाम्रो दीर्घकालीन योजनाहरू हुन् । त्यस्तै एउटा हरियाली पार्क निर्माण गर्ने र यहाँको पर्यटकीय धार्मिक स्थलाहरूको संरक्षण गरी पर्यटकहरूको आकर्षण गराउने योजना छ ।

 धेरैजसो युवाहरू विदेशिएका छन्, उद्यमशीलताको विकास गरी स्वरोजगार बनाउने भन्नुहुन्छ, के यो सम्भव छ ?

 हो, तपाईँले भने जस्तै हामीले युवायुवतीलाई स्वरोजगार बनाउन विभिन्न सीपमूलक कार्यक्रमहरू सञ्चालन गर्ने छौँ । जो अहिले पनि भइरहेका छन् । सीपको विकास गरी यहाँ सा–साना उद्योगहरू तथा कृषिदेखि अन्य व्यवसायहरू सञ्चालन गर्न सकिन्छ । यहाँ माहुरी पालन, कृषिको पकेट क्षेत्र र वनजंगल पनि उपलब्ध भएकाले पशुपालनअन्तर्गत् बाख्रापालन, भौँसीपालन समेत गर्न सकिन्छ ।

यहीँबाट युवाहरूको स्वरोजगारको सुरुवात गर्न सकिन्छ । युवायुवतीलाई आत्मनिर्भर बनाउनका लागि साना–ठूला कृषिमा आधारित उद्योग, कृषि पेसामा आधुनिकीकरणसँगै घरेलु उद्योग स्थापना गर्न प्रबद्र्धन गर्न स्थानीय स्तरबाट सक्ने काम हामीले गर्छौँ । संघ र प्रदेश सरकारबाट कामका लागि आवश्यक समन्वय र पहल पनि गर्ने छौँ । यो वर्ष हामीले अन्य पालिकाभन्दा करिब २÷३ करोडका योजना बढी नीति तथा कार्यक्रममा समावेश गरेका छौँ । हामीले बजेटको स्रोत खोजेर थप पनि गर्ने छौँ ।

 के जनताका माग र योजनाहरू पूरा गर्न सक्नुहुन्छ त, यो ५ वर्षमा ?

 नसकिने यहाँ केही छैन । योजनाहरू पूरा गर्नका लागि पहिलो कुरा त पैसा नै हो । हामीले यस वर्ष प्रदेशबाट अलि बढी बजेट ल्याउन सफल भएका छौँ । संघमा भने हामीले पहल गर्न नसकेको अवस्था छ तर मेरो पहल भने निरन्तर रहने नै छ ।

५ वर्षमा हामीले यस गाउँपालिकोको मुहानर फर्ने केही न केही काम र जनताको चाहना अवश्य पूरा गर्ने छौँ । जनताका ठूला माग र गर्न नसक्ने अपेक्षाहरू केही छैनन् । सबै पूरा गर्न सकिने खालका नै छन् । हामीले योजना सुरु गर्ने हो । ५ वर्षमा पूरा नभए अर्को कार्यकालमा त्यसको निरन्तरता दिएर पनि पूरा हुनेछन् ।

 यहाँ संस्कृति र पर्यटनको सम्भावना के छ ?

 मैले पहिले पनि भने पर्यटन विकासका लागि यहाँ पार्क निर्माणदेखि सुन्दरादेवि मन्दिरलाई पर्यटकीय धार्मिक क्षेत्रको रूपमा विकास गर्नमा लाग्ने छौँ । साथै शान्तिनगरमा विभिन्न सांस्कृतिक पर्यटकीय क्षेत्रलाई प्रचारप्रसार गर्ने छौँ । हामीले यहाँको संस्कृति र रीतिरिवाजलाई जोगाउन सक्छौँ र पर्यटन प्रबद्र्धन पनि गर्न सक्छौँ ।

 अन्त्यमा केही भन्नु छ ?

 सर्बप्रथम त तपाईं अनि तपाईँको पत्रिकालाई निर्वाचनमा जनतासँग गरेका वाचा र मैले पाँच वर्षको अवधिमा गर्ने कामका बारेमा आफ्ना धारणा राख्न दिनुभएकोमा धेरै–धेरै धन्यवाद । वैशाख ३० गते जनताले आफ्नो दायित्व पूरा गरिसक्नु भएको छ । अब हामीलाई ५ वर्षका लागि त्यो दायित्व हस्तान्तरण गर्नुभएको छ । अब हामी जनताको इच्छा, चाहना र हामीलाई मतदान गरेर गरेको आशा पूरा गराउनमा लाग्ने छौँ ।

जनताको आशालाई निराशामा कहिल्यै पनि परिणत हुन दिने छैनौँ । हामीले शान्तिनगर गाउँपालिकाको समृद्धि, विकसित र यो गाउँपालिकालाई नमुना गाउँपालिका बनाउन लागिपर्ने छौँ । संविधान कार्यान्वयनअन्तर्गत स्थानीय सरकारको आधारशीला तयार गर्दै उपलब्ध स्रोत र साधनको अधिक्तम उपयोग र परिचालनको माध्यमबाट विकासको प्रतिफल सबै शान्तिनगरबासीले समान र न्यायोचित तरिकाबाट प्राप्त गर्ने गरी साधन स्रोत र अवसरको न्यायोचित वितरण गर्ने, दिगो विकासलाई ध्यानमा राखी पूर्वाधार निर्माण गर्ने, आम शान्तिनगरबासीको अपनत्व र स्वामित्व हुने गरी विकास आयोजनाको कार्यान्वयन गर्ने दिशामा नीति तथा कार्यक्रम केन्द्रित गरेका छौँ ।

हामी निर्वाचित भएर आएसँगै सुत्केरी महिलाका लागि निःशुल्क भिडियो एक्स–रे सेवा सुरु गरेका छौँ भने अन्य महत्वपूर्ण कामहरू पनि सुरु गरेका छौँ ।