नेसंविको आन्दोलनप्रति नेविसंघ जिल्ला जिल्लाकार्य समितिको ऐक्यवद्धता

दाङ,१३ आसार । नेपाल संस्कृत विश्वविद्यालयमा नेपाल बिद्यार्थी संघ केन्द्रीय समितिले गरेको आन्दोलनप्रति जिल्ला कार्य समितिले ऐकेवद्धता जनााएको छ । नेविसंघ केन्द्रीय समितिले केहि दिन अघिदेखि बिभिन्न माग राखेर विश्वविद्यालयमा तालाबन्दी गरेको छ ।

जिल्ला कार्य समितिले एक बिज्ञप्ती जारी गर्दै उक्त तालाबन्दी प्रति ऐकेवद्धता रहेको जनाएको छ । नेविसंघ दाङका कार्यबाहक अध्यक्ष टोपबहादुर बुढाथोकीले जारी गरेको बिज्ञप्तीमा जिल्ला कार्य समितिको पनि उक्त आन्दोलन प्रति ऐकेवद्धता रहेको जनाउँदै बलजफ्ती ताला खोल्ने प्रयास नगर्न चेतावनी दिईएको छ ।

विश्व विद्यालयमा लगार्ईएको ताला जवरजस्ती खोल्ने प्रयास थालिएको सुन्नमा आएको भन्दै नेविसंघ दाङले बलजफ्ती ताला खोल्दा नेविसंघ प्रतिकारमा उत्रने र त्यसबाट हुने क्षेतीको सम्पूर्ण जिम्मा विश्व विद्यालयलेनै लिनु पर्ने समेत चेतावनी दिईएको छ ।