युवाशक्तिको हातमा राजनीतिको जिम्मा

  •   
  •  

भूपेन्द्र सुवेदी
धेरै लामो समयको बाबजुद नेपालको राजनीति गतिविधिले सक्कली निकास पाउन सकेको छैन । ७० बर्षसम्म राजनीति गर्नेहरुले आफ्नो इतिहास राम्रो पक्षको इतिहास राख्न नसकेको पछुतो मान्ने राजनेताहरु को छ ? नेपालमा राणााहरुको शासनबाट मुक्त हुनका लागि र नेपालमा प्रजातान्त्रिक ब्यबस्था पराप्त गर्ने उद्देश्य लियर राणाहरुको बिरुद्धमा धेरै योद्धाहरुले आफ्नो ज्यान गुमाए, कतिले आफ्नो घरपरिवार, जाय–ज्यथासमेत त्यागेर भारतमा प्रवासीको रुपमा बस्न बाध्य भएको पुराना ऐतिहासिक राजनीतिक ब्यक्तित्वहरुबाट सुन्न पाउँछौ ।

तर नेपालमा राणाहरुको शासनसत्ता आफ्नो हातमा लिएर प्रजातान्त्रिक पार्टीको नामले पहिचान बनाएका पार्टीहरुमा तत्कालका, न.मा. ने.क.पा. भनेर आम नागरिकहरुले बुझेका पार्टीमध्ये यिनै दुई पार्टी नै हुन् ।

तर जुन अवस्थामा देश, राष्ट्र, नेपाली जनताको सुख–शान्तिको लागि भनेर कसम खाएका नेताहरुको पार्टीको अवस्था र एउटा कम्युनिष्ट पार्टीबाट आज पच्चीसौँ पार्टीमा विभाजित हुनु र नेका सबैभन्दा ऐतिहासिक स्तर प्राप्त गरेको देशको जेठो पार्टी नेका पनि फुटको दलदलमा फसेर आ–आफ्नै पार्टीभित्र मिल्न नसकेर दुई पार्टीमा बिभाजित भएर गिरिजा कांगे्रस र देउबा कांग्रेस भएर बिगतदेखिको नेपाली कांग्रेसमा आबद्ध कार्यकर्ताको बीच आ–आपसमा बिद्रोहको बिजारापण गर्ने महान नेताहरुको हैसियत आज पनि उस्तै छ ।

पहिलेदेखि नै नामले परिचित नेताहरुको अहङ्कारको शिकार आज सबै कांग्रेसले ब्यहोर्न बाध्य पारिएको अवस्था छ । त्यसतै नेपाली कम्युनिष्ट पार्टीको हबिगत यस्तै हालत रहेको छ । नेपालमा स्थापित राजनीति पार्टीहरुले आ–आफ्नो पार्टीको नीति र सिद्धान्तको विपरीत आ–आफ्नो स्वार्थमा लाग्दा नैतिक समर्थन गर्नेहरुले आज बिमुख भएर बस्नुको विकल्प देखिएन तर यति लामो राजनीतिक पृष्ठभूमि बोकेका कम्युनिष्ट पार्टीका गुरु मानिएका मोहनविक्रम सिंहसमेत स्वार्थमा फस्दाको अबस्थाले माओ–लेलिनको नाम जप्दा–जप्दै आफ्नो राजनीतिक पृष्ठभूमिमा एउटा समानुपातिकको सांसदमा आफ्नै पत्नीलाई सांसदमा पुराउनु र बिगतदेखि आफ्ना साथीहरुलाई माइनस गर्नु भनेको मोहन बिक्रम सिंहको बजन कति खेरा होला ?

यस्तै अन्य उहाँबाट फाटेका कम्युनिष्टहरुको त कुरै नगर्दा हुन्छ होला । जस्तै माधव, झलनाथ, केपी, प्रधानमन्त्री भइसकेका राजनेता र बामदेब गौतमजस्ताको के मूल्यांकन भएको होला आज ? त्यस्तै राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डताको वकालत गरी देशमा परिवर्तनको खाँचो छ भन्दै अमेरिकी साम्राज्यवाद मूर्दाबाद, भारतीय विस्तारबाद मूर्दाबादको नारा लगाउने असली कम्युनिष्ट तथा माओवादीका नेता तथा प्रधानमन्त्रीको जिम्मेवारी समालिसक्नु भएका पुष्पकमल दाहालको त हामी के कुरा गर्न दक्दछौ होला र ? उहाँले देशको विकास र नेपाली जनतालाई सुखी र समृद्धिको लागि गरेका महान कहलिएका उहाँहरुका सहकर्मी नेताहरुको हिजो दश बर्से धनयुद्धको वकालत गर्नेहरुलाई नेपाली जनताले टाढैबाट पहिचान गरिसकेका छन् ।

हिजो कम्युनिष्ट पार्टीको जिम्मेवारी तहमा रहेर पार्टीको लागि यति लामो समय खर्चिएर योगदान दिने नेताहरु स्वयंले भन्न थाले नेपाल कम्युिनष्ट पार्टीमा सिद्धान्त नै छैन, समाप्त भइसकेको छ ।दुःखका साथ आफ्नो अभिब्यक्ति दिने ठूलो जनमानसको समूह नै दुखी छन्, त्यस्तैे नेकामा समेत पुराना योद्धाहरुलाई किनारा लगाएर असक्षम, शैक्षिक योग्यताविहीन डनहरुको जमात भित्र्याउँदा पार्टीमा लाग्दै आएको कलंक नेकाले भोग्दैछ ।

आफ्नो पार्टीको सिद्धान्त, नीतिविपरीत दोस्रो पार्टीको सहारामा आफू सत्तामा रमाउने खेल्ल खेल्दाको तीतोसत्य आज नढाटी भन्नुपर्दा दाहालको बैशाखीले कति दिन टेकाउँछ ? र कांग्रेस पार्टीको शुद्धीकरण कसले गर्छ होला ? यसैले मेरो शीर्षकमै म्याद सकिएका र जेष्ठ नागरिक हुन पुगेमा सबै पार्टीका महान नेताहरुले विश्राम लिनुहोस् र नवयुवा सक्षम युवाको हातमा राजनीतिको साँचो दिएर उदार भावनाका सधै देशको राजनीतिक सल्लाहकारको जिम्मेवारीमा बसौँ । यसैमा यहाँहरुले हिजो गरेको गल्तीलाई आज मिनाहा पाउनुहुनेछ, र जब युवाहरुले अदक्षतालाई आफै मात्र होइन सबैमा बिकास बिज्ञहरुको र अग्रजहरुको साथ र जनताको भावना बुझेर काम गर्नुहुन अनुरोध छ ।