अर्थतन्त्रका धमिरा नबनून् जनप्रतिनिधि

के.पी. सुवेदी
नेपालको अर्थतन्त्र ओरालो लागिरहेको भनेर अर्थशास्त्री एवम् आर्थिक मामलाका जानकारले सरकारलाई सचेत गराउँदै आइरहेका छन् । संसद्ले एमसिसी पास गरेपछि यस बारेमा अलि बढी विश्लेषणात्मक टिप्पणीहरु हुन थालेका छन् । हुन त त्यस अघि नै अर्थ व्यवस्थामा नकारात्मक सूचकांक देखिन थालेको थियो ।

खास गरी सन् २०१९ को अन्त्यतिर चीन हुँदै विश्वमै त्रासदी फैलाएको कोरोना भाइरसको महामारी कोभिड–१९ ले गर्दा मानिस रोजगारी गुमाएका, बिरामी परेर वा डरकै कारण घरभित्रै थुनिने परिस्थिति बन्यो । यसरी आएको परिस्थितिलाई तत्कालीन सरकारले सहजीकरण नगरी नागरिकलाई घरमा थुन्ने काम ग¥यो । उता स्वदेशमै काम नपाएर विदेशिएका नागरिक काम छोडेर घरै वा विदेशमा भए पनि कामविहीन भएर बस्नुप¥यो ।

अहिलेसम्म अर्थतन्त्र पुरानो लयमा फर्किन नसकेको सबैको बुझाई छ र यथार्थ पनि हो । यही पाँच वर्षको अवधि हो, नेपालमा त्यस अघि नभएको खर्च तलव–भत्तामा खर्च हुन थालेको । निर्यात घटेको र आयात बढेको कारण शोधनान्तर घाटा झन बढेर विदेशी मुद्राको संचिती घटेर कहालिलाग्ने अवस्था आउने हो कि भन्ने चिन्ता बढेको हो । तर यो चिन्ता राज्यको ढुकूटीमा आफ्नो हात लम्काउने अधिकार पाएका सञ्चालकहरुलाई कति छ भन्ने महत्वपूर्ण चासो देखिनु स्वाभाविक छ ।

विप्रेषण एकमात्र विदेशी मुद्रा आर्जनको स्रोत बन्न पुगेको आजको सन्दर्भमा जनश्रम बाहेक अर्को बस्तु पनि हाम्रो मुलुकले निर्यात गरेर विदेशी मुद्रा भिœयाउने उपाय छैन । सत्तामा बस्नेहरुले रोजगारीको कुरा गर्न नछोडे पनि विदेशमा निर्यात गर्ने उत्पादन के हो र त्यसको वृद्धि कसरी हुनसक्छ भन्ने जवाफ छैन ।

संसदले एमसिसी अनुमोदन गर्ने क्रममा र अनुमोदन गर्न गरिएको व्याख्यात्मक टिप्पणी सम्बन्धमा बहस सुरु भएपछि हाम्रो अर्थतन्त्रलाई श्रीलड्ढाको अर्थव्यवस्थासँग तुलना गर्न खोजिएको छ । त्यहाँ कस्तो आर्थिक नीति बनाएर अगाडि बढ्दा परिणाम त्यस्तो निस्किन पुग्यो, त्यसबारे सूक्ष्म विश्लेषण नगरिकनै हल्का टिप्पणी गर्ने हाम्रो बानी नै बसिसकेको रहेछ ।

वास्तवमा एमसिसी श्रीलंकाले अस्वीकार गरेको हो तर चाइनाले अघि सारेको आर्थिक सहायता कार्यक्रम बिआरआई अर्थात् बेल्ट एण्ड रोड इनिसिएशन भिœयाएर समृद्धि हासिल गर्ने सपना चकनाचुर भएर त्यस्तो भएको हुन सक्छ । हाम्रो चासोको विषय त्यो होइन तर आजभोलि सामाजिक सञ्जालमा श्रीलड्ढामा जनताले जनप्रतिनिधिमाथि गरेको अभद्र व्यवहार, त्यस्तै कहिलेकाहीँ भारतमा पनि देखिने यस्ता व्यवहार नेपालमा पनि भित्रियो भने दुर्भाग्यपूर्ण होला कि भन्ने चिन्ता हाम्रा प्रतिनिधिलाई हेक्का भयो भने कमसेकम जनताप्रतिको जवाफदेही बढन सक्छ ।

इतिहासमा जनताले असीमित त्याग गरेर अहिलेको व्यवस्था र नेतृत्वलाई स्थापित गराइ छाडेको हो । यो व्यवस्था नल्याउँदासम्म हाम्रो समृद्धि असम्भव छ भनेर नेतृत्वले भनेको कुरा विश्वास गरेका जनतालाई धोका दिने निर्णयहरु एकपछि अर्को हुन थालेको छ । संघीय लोकतान्त्रिक गणतान्त्रिक संविधानले निर्दिष्ट गरेअनुसार स्थानीय तहदेखि केन्द्रसम्मको सरकारले पहिलो कार्यकाल व्यतीत गर्दा जनप्रतिनिधिको, राजनीतिक दलहरुको लोकप्रियता घटेको रहेछ ।

यो कुरा हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको पक्षमा देखिएको, पोखिएको जनाक्रोश उदाहरण मान्नुपर्ने हुन्छ । केन्द्र सरकारले केही लोकप्रिय विकास–मोडल प्रस्तुत ग¥यो, त्यसवापत उसले जनतामा करको भार बढायो, लोकप्रिय कार्यक्रमको वहानामा आफ्नो मानिसलाई छानी–छानी रकम वितरण गरेको रहेछ । भ्रष्टाचारमा शून्य सहनशीलता भन्यो तर पार्टीगत, संस्थागत संरक्षण दिएर भ्रष्टाचारको अंशियार बनेको सुनियो । अन्त्यमा खाने कुरामा भाग पुगेन, आरोप प्रत्यारोप चल्यो, विकासमा नियमित र सामान्य योगदान दियो तर नागरिकको टाउकामा वैदेशिक ऋणको भार दोब्बर भएछ ।

सरकारमा बस्नेहरुको संस्कार बिगारेर अहिले आएर पार्टी, पद्धति र विधिको नियन्त्रणमा रहन नसकेको देखिराछौँ । निवर्तमान सरकारमा भएका मन्त्रीहरु पनि त्यस्तै अहिलेको मन्त्रिमण्डलमा पनि उस्तै । चाहे एमसिसी प्रकरण होस् या एसपिपी । अहिले भर्खर अर्थमन्त्री नियतमाथि प्रश्न उठेको छ । व्यापारिक साँठगाँठ र मोटो कमिशनको लालचमा देशकै अर्थ व्यवस्थामा खेलवाड गर्दा रहेछन् । एकजना मन्त्री उच्च प्रशासकलाई हातपात गरेछन् तर उनी मन्त्रिपरिषद्बाट निकालिनु पर्नेमा पीडितलाई पो काबाही गरियो रे ।

प्रदेशतिर झ¥यो त्यस्तै तमासा छ । एकजना मन्त्री सुरक्षा सहित अर्काको घरमा पुगेर नाबालकहरुलाई हातपात गरेको सुनिन्छ । यदि सत्तामा नेतृत्व गर्ने व्यक्ति ठिक भएको भए उसलाई तत्काल निकालेर कारबाही गर्नु पथ्र्यो । यस्ता कैयौँ असैह्य क्रियाकलाप नेतृत्वले आँखा चिम्लिने र सत्ता गुम्ने डरले मौन रहने गरेपछि जनतामा विद्रोहको विजारोपण नहोला त ?

सांसद, मन्त्री, न्यायाधीश, पूर्व र बहालवाला सबैलाई सुविधा बढाको छ, तलवभत्ता बढाको छ । राष्ट्रसेवक कर्मचारीको एकपटक बढ्दा जनप्रतिनिधि र ठूलाबडाको तीन–चारपटक बढेको छ । बढ्न पनि पालिकादेखि केन्द्रसम्मको सबैलाई भत्ता सुविधा बढाउनैपर्ने, त्यसरी बढाउँदा करमा वृद्धि गरेर स्रोत जुटाउनुपर्ने भएपछि । स्थानीयदेखि केन्द्रसम्मको सबै जनताले थेग्नुपर्ने कस्तो संघीय प्रणालीको रचना गरेको ?

जनप्रतिनिधि सेवामा समर्पित हुनसक्ने व्यक्तिमात्र हुने कानुनमा व्यवस्था गर्नुपर्छ नत्र अहिलेकै जस्तो स्थानीयदेखि प्रदेश हुँदै केन्द्रसम्म पूर्व र वहालवालाले खानका लागि यो व्यवस्था टिकाउने सोचमा परिवर्तन नगरे समय–समयमा सामाजिक सञ्जालमाजस्तै दुव्र्यवहार व्यहोर्ने दुर्भाग्य आइ पर्नसक्छ । प्रदेश सरकारको काम के रहेछ भन्दा खाने भन्ने बाहेक केही देखिएन । यता स्थानीय पनि केही कम छैन् । पालिका स्तरका प्रतिनिधि सुविधा र कमिशनमा अल्मलिएका छन् ।

आफ्नो ठाउँको प्रतिष्ठामा आँच आउँदा बेवास्ता गर्ने । घोराही उपमहानगरपालिकाको मुख्य प्रवेश गर्ने ठाउँ, धारापानी धाम जाने चोकमै बाटोको दूर्दशा, बनाउने जनप्रतिनिधिको उद्देश्य केही बनाउने पनि छ भनेर कसरी बुझ्ने । जनताले व्यहोरेको महँगी, रासायनिक मल आदि अत्यावश्यक वस्तुको अभावप्रति कुनै चिन्ता र चासो पाइँदैन । मेसिनरी, औषधीलगायत रसायन, मेसिनरी इन्धन, यी आयात नगरी नहुने वस्तु हुनसक्छ तर कृषि, पशु उपयोगका धेरै वस्तुहरुको आत्मनिर्भरता बढाउन आफ्नो स्तरको चिन्तन आवश्यक छ । जनप्रतिनिधि अर्थतन्त्रका धमिरा नबनून् ।