Goraksha

National Daily

परिवर्तनलाई कहाँ रोक्न सकिन्छ ?

विनोद पोख्रेल
२०७७ चैत १ गते
यसपल्ट फागुन २९ गतेको मात्रै भयो । यस्तो कमै हुन्छ । प्रायः २९ का हुनेमा मंसिर, पुस र माघ हुन् । यसपल्ट फागुन प¥यो । त्यसैले आजबाट अर्को र यो वर्षको अन्तिम महिना सुरु भयो । आजभोलि म अर्को झ्यालमा बसेर लेख्ने गरेको छु ।

एक हप्ता करिब भयो । यसको कारण दादा मैले लेख्ने गरेको झ्यालनेर सुत्ने गरेकोले हो । उसलाई उसका बाबुआमाले सिकाएको हो वा उसले आफै निर्णय गरेको हो मलाई थाहा छैन तर ऊ यसपटक हामीसँग एउटै कोठामा नै सुत्यो । मैले यसलाई सकारात्मकरुपमा लिएको छु । उसले बुढाबुढीलाई रातिमा पनि स्वास्थ्यको कुनै समस्या परे ।

आवश्यक सहयोग गर्ने निर्णय गरेकोले यहीसँगै सुतेको भन्ने बुझेको छु । फेरि नजिकै सुत्दा हामीलाई साँच्चै नै केही रमाइलो अनुभव पनि भएको छ । राति त्यसैलाई सुत् भन्दा पनि रमाइलो । बिहान त्यसैलाई उठ् भन्दा पनि रमाइलो । परी आएमा के गथ्र्यो थाहा भएन । तर नजिकै भए भरोसा लाग्ने । केही भए हामीले त्यसलाई उठाउन मात्रै पनि सक्थ्यौँ कि सक्दैनथ्यौँ । त्यस्तै ऊ पनि उमेरको केटो ।

१७ वर्ष पार गर्ने अन्तिम चरणमा छ । दिउँसो कहिले थाकिने काम गर्छ । कहिले त अथवा भनौँ धेरै जसो त मोबाइलमै खेलिरहने हो । अनि निदाएको बेला कति सजिलरी उठ्थ्यो । उठेर के पो गथ्र्यो होलाजस्तो लाग्छ । अब त स्वास्थ्यबारे पनि त्यति–त्यति डरलाग्दो अवस्था भएजस्तो लाग्दैन । म आफू सचेत भए भने कुनै दुर्घटनाको शिकार हुनुपर्ला जस्तो लाग्दैन । त्यसकारण पनि उसको सुताइ मात्रैमा भर पर्न सकेको छैन ।

आज दादा पनि लमही जाने हो । उसको पढाइ केही दिन सायद तीन दिन छुट्यो । रिजल्ट पनि राम्रो आएको छैन भन्ने थाहा पाएँ । जे गरोस् वा जे गर्ला तर अहिले पढोस् भन्ने मेरो इच्छा हो । पढाएमा बेवास्ता नगरे हुन्थ्यो भन्ने लाग्छ । त्यसकारण क्लास छुटेकोमा म आफै चिन्तित छु । अरु मेरो कारणले छुटेकोले केही गल्ती गरेको जस्तो समेत लागेको छ । अब उसको क्लास नछुटोस् भन्ने मेरो कामना हो । अझ भनौँ मेरो कारणले मेरा कसैको पनि शिक्षामा बाधा नपुगोस् भन्ने सोच हो । बाधा केही काममा पुग्नु हुँदैन ।

मैले मेरो तर्फबाट बाधा पुराउने पटक्कै छैन । तर यो बाधा मप्रतिको माया र जिम्मेवारी बोधले गराएको हो भन्ने लागेको छ । जसरी व्याख्या गरे पनि कारण म भए भन्ने चिन्ता भने छ । केही दिनलाई हामी दुईजना मात्रै हुने भएका छौँ । मैले त सकिन्छ भनेर आत्मविश्वासका साथ सोचिसकेको छु ।

श्रीमतीले पनि परिस्थिति बुझेकी छिन् र उनमा पनि सकिन्छ भन्ने आत्मविश्वास छ । तर पनि विभिन्न पक्षबाट सोचेर हाम्रो सन्तान हाम्रो लागि चिन्तित हुन्छन् कि भन्ने लाग्छ । यी पक्षहरु केही यही होलान् केही गलत होलान् तर उनीहरु चिन्तित नभए पनि हुन्छ भन्ने चाहना हो । जीवन हो उसका राम्रा–नराम्रा, सजिला–अप्ठ्यारा पक्षहरु भोग्नैपर्छ ।

२०७७ चैत २ गते

अब केही जोर लगाउनुपर्ने भएको छ । भोगाइ छन् । ती भोगाइ नै सबैभन्दा ठूला शिक्षा हुन् भन्ने थाहा छ । तर तिनी लेख्न त्यति मन लाग्दैन । वास्तवमा मेरो यो पनि एउटा भोगाइकै शिक्षा हो कि सञ्चार जगत्मा वर्तमान राजनीतिक, सामाजिक, आर्थिक, धार्मिक, साहित्यिक विषयहरुमा लेख्नेहरुले भोगाइमै आफूलाई सीमित बनाउन चाहन्छन् ।

म यसै वर्गमा पर्छु सायद । मेरो भोगाई मात्रै इमानदारीका साथ लेखिदिने छौ भने पनि धेरैले धेरैको परिचय पाउन सक्थे र केही शिक्षा पाउन सक्थे । तर अरुको बारेमा लेख्दा त्यो व्यक्तिले गरेको विश्वास र मेरो आफ्नो इमानदारीमा पनि चोट लाग्न सक्छ । म मेरो तर्फबाट कसैलाई कहिल्यै अप्ठ्यारो नगरोस् भनेर सोच्ने मानिस हुँ । हुन त कसले पो आफूलाई अप्ठ्यारो पार्ने मान्छेको रुपमा मूल्यांकन गर्छ होलान् ।

मान्छेको स्वभाव नै हो सायद काम जे जस्तो गरे पनि मैले गलत काम गर्दैन भन्ने । तर म आफ्नो मूल्यांकन गर्दा जानेर वा नजानेर धेरै गल्ती गर्ने मानिसहरुमध्येमै पर्छु । त्यसैले अलि जोर लगाउनपर्ने भनेको छु । अब सायद आफ्ना भोगाईमा आफूलाई सीमित राख्ने बेला भयो । यो भनेर मैले उमेरको बन्देज लगाउन लागेको छैन ।

आफ्नो सोच र परिवेशअनुसार मैले मेरो स्थितिको मूल्यांकन गरेको मात्रै हो । जाँगर, सोच, स्वास्थ्य, चाख सबैले बिसाउन खोजेको अनुभव गर्न थालेको छु । अरुले नियतवश गरेर नै मेरो बारेमा नराम्रो कुरा गरे पनि वा नराम्रो व्यवहार गरे पनि मैले सकारात्मकरुपमा नै बुझ्नुपर्छ जस्तो लाग्छ । एएटा सीमित क्षेत्रमा आफूलाई राख्नुपर्छ भन्ने मान्यता बनाएको छु ।

जति ठूला कुरा गरे पनि मानिसको दक्षताको कुरा गर्दा त्यसको निश्चित सीमा हुन्छ नै । अपवादकै रुपमा पनि कोही सर्वज्ञ हुँदैन । फेरि मैले जे जानेको भनेर सम्झन्छु त्यही विषय पनि समयले धेरै परिवर्तित भइसकेको अथवा त्यसको पक्ष नै सकिइसकेको पनि हुनसक्छ । हिजोका धेरै सीप आज या त हराए या त आधुनिकताले विस्थापित ग¥यो, या त रुप नै फेरियो । अब ढिकी वा चाकी बनाउने सीपको काम छैन ।

त्यो चलाउने सीपको समेत काम छैन । त्यस्तै मैले जसरी कलम चलाउँछु, त्यस्तो सीप पनि पुरानो अथवा डेटएक्स्पाएर भएको हुनसक्छ । अरु नयाँ–नयाँ कुरा जान्ने मनसमेत धेरै छैन । अनि आफ्ना अनुभवमा सीमित हुन अलि जोड लागाउनै त प¥यो । यो पनि आफू समयसँग हिँड्न नसकेको हुनाले आएको सोच त होला ।

आजभोलि पनि कतिले कुनै कुरालाई अरुको विचारको भरमा एकदम नयाँ कुराको रुपमा प्रस्तुत गर्ने गर्छन् । तीमध्ये धेरै मेरो लागि पुराना भइसकेका हुन्छन् । तर पनि उनीहरुको उत्सुकता मेटाउन मैले सुनिदिन्छु र उनीहरुले भनेको ठीक हो भनिदिन्छु । धेरै नयाँ भौतिक सामग्री मेरा लागि न त चाखका वस्तु हुन् न त लक्ष्य नै हुन् ।

नयाँ सोच आदि मैले भेटेको छैन । अनि नयाँको पछाडि किन दौड्नेजस्तो पनि लाग्छ । परिवर्तनलाई मैले राक्न सक्ने होइन । राम्रो भए हुन्थ्यो भन्ने चाहना हो । जस्तो भए पनि भोग्नुपर्ने नै हो ।