तुलसीपुर, १० असार । मुसिकोट नगरपालिका जनप्रतिनिधिहरुले नगरवासिलाई आँखा स्वास्थ्य सेवामा पहुँच वृद्धिगरि अन्धोपन न्यूनिकरणका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्तगरेका छन् ।
नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्ज राप्ती आँखा अस्पतालको आयोजनमा रुकुम पश्चिम को मुसिकोट नगरपालिका मा आँखा स्वास्थ्य शिक्षा ,उज्यालो अभियानमा जनप्रतिनिधिहरुको भुमिका विषयक छलफल कार्यक्रम बोल्दै उनीहरुले आँखा जस्तो संवेदनसिल क्षेत्रको उपचारका लागि स्थाानीय सरकारको सहकार्य हुने बताए ।
नेपाल नेत्रज्योति संघ जिल्ला शाखा रुकुमका सचिव टेक बहदुर कुसारीको अध्यक्षता मुसिकोट नगरपालिका का नगर प्रमुख महेन्द्र केसीको प्रमुख आतिथ्यता एव उप– प्रमुख बिमल कुमार पुन , नेपाल नेत्रज्योती संघ का केन्द्रीय सदस्य कृष्ण कुमार गिरी तथा दाङ शाखा का सचिव सुरेन्द्रबहादुर खड्काको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा बोल्दै नगरप्रमुख केसीले आँखा अस्पताल र नगरपालिकाको साझेदारीमा अन्धोपन न्यूनिकरणका लागि सहयोग हुने बताए । उनले नगरपालिकाले आँखा स्वास्थ्य सेवाका लागि बजेटको व्यवस्था समेत गर्ने बताए ।
‘आँखा स्वास्थ्य सेवा सवै जनतालाई दिने नगरको पनि दायित्वहो, तपाईहरुको साथ र सहयोग सधै छ अव हामीहरु पनि हातेमालो गरेर अगाडी बढने छौं –उनले भने ।’ प्रमुख केसीले रुकुम पश्चिमा रहेको आँखा उपचार केन्द्रको विकासका लागि पनि आफुहरुले सहयोग गर्ने बताए । उपप्रमुख विमल कुमार पुन मगरले नेपालमा नेपाल नेत्रज्योति संघले आँखाको क्षेत्रमा ठुलो योगदान गरेको भन्दै दिन प्रतिदिन आँखाका विरामीहरु बढदै गएको बताए ।
उनले आँखा स्वास्थ्य सेवाका लागि आफुहरुले सक्दो सहयोग गर्ने बताए । त्यस्तै नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य कृष्णकुमार गिरीले संघले विभिन्न आँखा अस्पतालहरु मार्फत नेपालका ९० प्रतिसत जनतालाई आँखा स्वास्थ्य सेवा प्रवाह गरेको भन्दै नेपालभर विभिन्न अस्पताल तथा उपचारक केन्द्रहरु सञ्चालन गरि अन्धोपन न्यूनिकरणमा महत्वपूर्ण भुमिका खेलेको बताए ।
दाङ शाखा सभापति समेत रहेक गिरीले कर्णालीका रुकुम पश्चिम सल्यान देखि राप्ती आँखा अस्पतालले दाङ संगै छिमेकी जिल्ला हरुमा आँखा सेवा सेवा प्रवाह गर्दै आएको भन्दै उज्यालो अभियानमा सवैको साथ सहयोग हुनुपर्ने बताए ।
त्यस्तै दाङ शाखा सचिव सुरेन्द्रबहादुर खड्काले स्थानीय सरकार संगको साझेदारीमा आफुहरुले विभिन्न स्थानमा अन्धोपन न्यूनिकरणका लागि साझेदारी कार्यक्रम सञ्चालन गरेको भन्दै अन्धोपन न्यूनिकरणका लागि सवैको साथ र सहयोग आवश्यक रहेको बताए । सो अवसरमा राप्ती आँखा अस्पतालमा प्रशासक किरण पौडेलले मुसिकोट नगरपालिका सहित नेपालभरकै आंखा रोगीहरुको तथ्यांक र नेत्रज्योती संघले आंखा स्वास्थ्यका सन्दर्भमा खेल्दै आएको भुमिकाको तथ्यांक प्रस्तुत गरेका थिए ।
साथै उनले राष्ट्रिय स्वास्थ्य निति र स्थानीय सरकारको स्वास्थ्य सम्वन्धी दाायित्वको विषयमा जनप्रतिनिधिहरुलाई प्रकास पारेका थिए । राप्ती आंखा अस्पताल वाह्य कार्यक्रम संयोजक नेत्र अधिकृत शालिकराम गौतमले मुख्यगरी मानिसका आंखामा लाग्ने रोग, लक्षण र ती समस्याका उपचारात्मक अभ्यासका विषयमा जानकारी गराएका थिए ।