लायन्स क्ललको पदहस्तान्तरण

  •   
  •  

तुलसीपुर, १० असार । लायन्स क्लव अफ स्वर्गद्धारी तुलसीपुर–४ रक्षाचौरको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सन २०२२÷२३ का लागि निर्वाचित क्लवका अध्यक्ष कृष्णकुमार गिरी सहित पदाधिकारीहरुको एक कार्यक्रमका विच पदहस्तान्तरण गरिएकोहो ।

क्लवका अध्यक्ष ताराप्रसाद पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले करिव १५ बर्ष पहिले स्थानपना भएको लायन्स क्लवले विभिन्न सामाजिक कार्यहरु गरीरहेको भन्दै आगामी दिनमा पनि नेतृत्व व्यक्तित्व विकासका साथै सामाजिका कार्यक्रममा लाग्नु पर्ने बताएका थिए ।

कार्यक्रममा लायन्स क्लव इन्टरनेश्न ३२५ वि एनका यरिया चिफ ध्रुव गौतम, लायन्स क्लवका डिष्ट्रीक सल्लाहकार सम्शेर थापा, लायन्स क्लव स्वर्गद्धारीका पूर्व अध्यक्ष सुरेन्द्रबहादुर खड्का लगायतले लायन्स क्लव सामाजिक संस्था भएको भन्दै यसले समाजमा विभिन्न गतिविधिहरु सञ्चालन गरि सेवा दिएको बताएका थिए ।

साथै उनीहरुले नवनिर्वाचित अध्यक्ष गिरी सहित सवैलाई बधाई ज्ञापन गरेका थिए । सो अवसरमा बोल्दै नवनिर्वाचित अध्यक्ष गिरीले लायन्स क्लव स्वर्गद्धारीलाई विभिन्न क्षेत्रबाट सहयोग जुटायर सवैको साथ र सहयोग लियर अगाडि बढने बताएका थिए । उनीले यस क्लवबाट विभिन्न सामाजिक कार्यहरु गर्नमा आफुहरु लाग्ने प्रतिवद्धता व्यक्तगरेका थिए । कार्यक्रमको सहजिकरण सचिव किशोर भण्डारीले गरेका थिए ।