कृषि, पर्यटन, व्यापार, उद्योग समृद्ध अर्थतन्त्रको आधार

  •   
  •  

भूवन पोख्रेल
नेपाल एउटा प्राकृतिक स्रो र साधनले भरिपूर्ण देश हो । हिमाली भेगको विश्वको सर्वोच्च शिखर सगरमाथा, अन्य हिमशृंखला र मनोरम दृश्यले सबैलाई मोहित बनाउँछ । पहाडी भेगका दुर्लभ वन्यजन्तु पहरा, छहराजस्ता मनोरम दृश्यले पर्यटन विकासको प्रचुर सम्भावना बोकेका छन् । तराईका हरिया फाँट, नदीनालाले कृषि र जलविद्युत सिंचाइ जस्ता कर्यामा उपयोग भइ आर्थिक विकासमा गति लिन सक्छ । स्रोत साधनको उपलब्धता र विकासको प्रचुर सम्भावना हुँदाहुँदै पनि नेपालको आर्थिक विकासले गति लिन सकेको छैन ।

नेपाली अर्थतन्त्रको आधारको रुपमा कृषि, पर्यटन, उद्योग र व्यापार हुन् । कृषि क्षेत्र नेपालको दिगो आर्थिक विकासको एउटा बलियो आधार हो । नेपालका अधिकांश मानिस कृषि पेसामा संलग्न छन् । त्इसैले नेपाललाई कृषिप्रधान देश भनिन्छ । कृषि क्ष्ँेत्रले कूल ग्राह्स्थ उत्पादनको ठूलो हिस्सा ओगटेको छ । नेपालजस्तो विकासोन्मुख देशमा आर्थिक वृद्धिका लागि कृषि क्षेत्र एउटा गतिशील क्षेत्र हो तर अव्यवस्थित सहरीकरण, मौसम परिवतृनको प्रभाव, भूमिको उर्वराशक्तिमा कमी, युवाहरुको विदेश पलायन, सिंचाइ अभाव, मल, बिउविजनको अभाव, सानो आकारको जमिन, उर्वराशक्तिमा कमी आदि समस्याले कृषि क्षेत्र ग्रस्त छ ।

अधिकांश किसानहरु निर्वाहमुखी खेती गर्दछन्, यसबाट माथि उठी व्यावसायिक खेतीतर्फ कृषकलाई आकर्षण गर्न जरुरी छ । कृषकलाई सहुलियत ऋण प्रवाह, सिंचाइको प्रबन्ध, भण्डारको सुविधा, बिउविजन तथा कृषि औजारको प्रयोग आदिमा जोड दिइ योजनाबद्धले अघि बढ्ने हो भने आर्थिक विकासमा पक्कै टेवा पु¥याउँछ ।

विभिन्न उद्देश्यका साथ एक ठाउँबाट अर्को ठाउँ वा एक देशबाट अर्को देशको यात्रा गर्ने कार्यलाई पर्यटन भनिन्छ र ती यात्रीहरुलाई पर्यटक भनिन्छ । पर्यटकहरुको आवश्यकता पूरा गर्ने उद्देश्यका साथ स्थापना भएका व्यवसायहरुलाई पर्यटन व्यवसाय भनिन्छ । पर्यटन व्यवसाय वा उद्योगअन्तर्गत् होटल, लज, रिसोर्ट, रेष्टुरेण्ट, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी आदि पर्दछन् ।

विश्वका कतिपय देशहरु जस्तै स्वीट्जरल्याण्ड, थाइल्याण्ड, माल्दिभ्स, सिंगापुर आदिमा पर्यटनले अर्थतन्त्रको ठूलो हिस्सा ओगटेको छ । पर्यटन क्षेत्र नेपालको आर्थिक विकासका लागि उच्च सम्भावना बोकेको क्ष्ँेत्र हो । धार्मिक पर्यटकीय गन्तव्य, मौलिक कला, संस्कृति, पुरातात्विक सम्पदा, प्राकृतिक मनोरम दृश्य नेपालको पर्यटन क्षेत्रमा प्रचुर सम्भावना बोकेका अमूल्य निधि हून् ।

यी सम्पदाको संरक्षण, प्रबद्र्धन गरी नेपाललाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकिन्छ । सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरी २० लाख पर्यटक भिœयाउने लक्ष्य रहेकोमा कोरोना महामारीका कारण भूमण वर्ष स्थगन भएको थियो । यस्ता कर्यक्रम नेपालले आघि सार्नु पर्छ । पर्यटनले आर्थिक विकासमा महत्वपूर्ण टेवा पु¥याउँछ ।

नेपालमा उद्योगको विकास दोस्रो युद्धपश्चात मात्रै भएको मानिन्छ । वि.सं. १९९३ मा स्थापित विराट जुट मिल नेपालको पहिलो उद्योग हो । नेपालमा योजनाबद्ध रुपमा औद्योगिक विकासको सुरुवात वि.सं. २०१३ बाट भएको हो । हालसम्म पनि औद्योगिक विकासको सुरुवात तुलनामा खासै उपलब्धि हासिल गर्न सकिएको छैन । यस क्षेत्रले कूल ग्राह्यस्थ उत्पादनको करिब ५ प्रतिशत हिस्सा ओगटेको छ ।

उद्योग क्षेत्र आर्थिक विकासो प्रमुख आधारस्तम्भ हो । तीर्व औद्योगिकीकरणले मुलुकको आर्थिक समुन्नतिमा सहयोग पु¥याउँछ । स्थानीयश्रम, सीप र कच्चापदार्थमा आधारित साना उद्योगहरु संरक्षण गरी ठूला र आयात प्रतिस्थापन गर्ने क्षेत्रमा वैदेशिक लगानी भिœयाउने लगानीमैत्री वातावरण तयार गर्नु पर्छ । औद्योगिक क्षेत्रको विकासमा निजी क्षेत्रको नेतृत्वदायी भूमिका हुन्छ भने सरकारी क्षेत्रले उत्प्रेरक, नियामक र सहजकर्ताको भूमिका निर्वाह गर्न सक्दछ ।

व्यापार अर्थात् वाणिज्य क्षेत्र देशको आर्थिक विकासको महत्वपूर्ण क्षेत्र हो । व्यापारको विकासले लगानी र उत्पादनलाई प्रोत्साहन गर्दछ । यसले अन्तर्राष्ट्रिय सम्बन्ध वृद्धि हुने, लगानी भित्रिने, रोजगारीका अवसरहरुमा वृद्धि हुने, प्रतिस्पर्धात्मक क्षमता बढ्ने र देशमा विदेशी मुद्रा भित्रिनेजस्ता सकारात्मक उपलब्धि हासिल गर्न मद्दत गर्दछ ।

नेपाल सन् २००४ मा डब्ल्यू–टी–ओ को सदस्य बन्यो । गलैँचा र तयारी पोसाकको निर्यात नेपालको कुल निर्यात ८० प्रतिशत रहेको थियो । मूलतः गलैँचा र तयारी पोसाकको निर्यात नेपालको कूल निर्यात ठूलो हिस्सा भएकाले व्यापार घाटा कम गर्न सहयोग पुगेको थियो तर सन् २००५ देखि नेपालले गलैँचा र तयारी पोसाकमा पाएको सहुलियतपूर्ण कोटाप्रथाको अन्त्य भयो । यसबाट नेपालको निर्यात व्यापार खुम्चन पुग्यो । अहिले नेपालको निर्यात व्यापार कमजोर बनेको हो ।

नेपाली अर्थतन्त्रका प्रमुख विशेष्ताहरुमा न्यून प्रतिव्यक्ति आय, व्यापक गरिबी, प्राकृतिक साधनहरुको न्यून, उच्च व्यापार घाटा, द्वध र मिश्रित आर्थिक प्रणाली, विप्रेषणमा आधारित अर्थतन्त्र आदि छिमेकी देशहरुको तुलनामा नेपालको प्रतिव्यक्ति आय ज्यादै कम छ । नेपालमा गरिबीको रेखामुनि बस्ने धेरै छन् । गरिबीको जोखिम अझै उच्च रहेको छ । यसका साथै हाल विश्वमा देखिएको कोभिड–१९ को प्रभावका कारण देशमा गरिबीको दर अझै बढ्न सक्ने अनुमान छ ।

प्राकृतिक स्रोत साधनहरु चुनढुङ्गा, तामा, फलाम, अभ्रख, सीसा, कोइलाजस्ता आदि खनिज पदार्थ भएको अनुसन्धानले देखाएको छ । जलस्रोतको हिसाबले पनि नेपालमा प्रशस्त सम्भावना रहेको देखिन्छ । आधुनिक प्रविधि र दक्ष जनशक्तिको अभावले यस्ता प्राकृतिक साधनहरुको पूर्ण रुपमा विकास हुन सकेको छैन ।

उत्पादनमूलक उद्योगहरुको अभाव, सस्ता वस्तुहरुको निर्यात र महँगा वस्तुहरुको आयातका साथै आयातमुखी उद्योगहरुको स्थापना आदिका कारण निर्यातको तुलनामा आयातको वृद्धि दर प्रतिवर्ष बढ्दै गएकाले नेपालको व्यापार घाटा पनि बढ्दै गइरहेको हो । नेपाल विप्रेषणमा आधारित विदेश जान वाध्य भएका छन् । कूल जिडिपी को तुलनामा झण्डै २५ प्रतिशत बराबरको रकम विप्रषणबाट प्राप्त भइहरेको छ । विप्रेषणमा भएको वृद्धिले अन्य देशहरुमा नेपालको निर्भरता बढ्दै गएको देखाउँदछ, जुन दीर्घकालमा घातक हुनसक्छ ।

नेपालको अर्थतन्त्रमा सार्वजनिक, निजी, सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । देशको सर्वाङ्गीण विकासका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको सहभागिता र विकासमार्फत् उपलब्ध साधन र स्रोतको अधिक्तम परिचालनद्वारा तीव्र आर्थिक वृद्धि हासिल गर्दै राष्ट्रिय अर्थतन्त्रलाई सुदृढ गर्ने नीतिलाई तीनखम्बे नीति भनिन्छ । सरकारले सञ्चालन गर्नुपर्ने सम्पूर्ण क्रियाकलापहरुलाई समग्रमा सार्वजनिक क्षेत्र भनिन्छ ।

तसर्थ, सरकारी निकायहरु जस्तै मन्त्रालय, विभागहरु, सार्वजनिक संस्थानहरु, स्थानीय निकायहरु, समष्टिगत रुपमा सार्वजनिक क्षेत्रभित्र पर्दछन् । यो क्षेत्र राष्ट्रिय अर्थतन्त्रको प्रमुख अङ्ग हो । सार्वजनिक क्षेत्रले आर्थिक विकासको नीति निर्माण गर्ने र समग्र आर्थिक क्रियाकलापको नेतृत्व गर्ने हुनाले समग्र अर्थतन्त्रलाई समुचित र सही दिशामा मार्गदर्शन गर्ने कार्य सार्वजनिक क्षेत्रकै काँधमा हुन्छ । सार्वजनिक क्षेत्रले समग्र आर्थिक क्रियाकलापको नेतृत्व गरेको हुन्छ । पूर्वाधारको विकास र लगानी आकर्षण गर्दछ ।

सार्वजनिक क्षेत्रको भूमिकामा लगानी आकर्षक र जीवनस्तरमा वृद्धि गर्नु पर्छ । कृषि क्षेत्रको विकास र गरिबी न्यूनीकरणमा भूमिका खेल्दछ । आर्थिक कार्यहरुको अनुगमन, मूल्यांकन र आवश्यक सहजीकरणमा महत्वपूर्ण भूमिका खेल्दछ । निजी क्षेत्र भन्नाले नाफाको उद्देश्यबाट प्रेरित भइ कुनै व्यक्ति वा समूहद्वारा स्थापित व्यापारिक वा व्यावसायिक संस्थाहलाई जनाउँदछ । निजी क्षेत्र सम्पूर्ण अर्थतन्त्रको आधारशीला हो । यो क्षेत्र नाफाबाट परिचालित हुने हुनाले नाफा ार्जन गनृका लाग नयाँ–नयाँ क्षेत्रको पहिचान गरी त्यसमा हुन सक्ने जोखिम पनि वहन गर्दछ ।

निजी क्षेत्रले नाफा अधिक्तम गर्नका लागि सधैँ गलत न्यूनीकरणको प्रयास गर्दछ । खुला तथा उदारवादी अर्थ व्यवस्था अँगालेका कुनै पनि देशको आर्थिक विकास निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको हुन्छ । यस्ता अर्थतन्त्रमा वस्तु तथा सेवाको उत्पादन र वितरण जस्ता क्षेत्रमा स्वच्छ प्रतिस्पर्धा अभिवृद्धि गर्नु आवश्यक हुन्छ । यसका लागि निजी क्षेत्रको संलग्नता अपरिहार्य हुन्छ ।

नेपालको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकामा रोजगारीका अवसरहरुको सिर्जना भइ बेरोजगारी समस्या कम गर्न सकिन्छ । निजी क्षेत्रमा प्रतिस्पर्धाको भावनाले वस्तु तथा सेवाको गुणस्तरमा वृद्धि गर्न सहयोग पु¥याउँछ । निजी क्षेत्रको विकासबाट प्राकृतिक, आर्थिक, प्राविधिक, मानवीय साधन स्रोतको बढीभन्दा बढी उपयोग गर्न सकिन्छ ।

निजी क्षेत्रले विदेशी लगानी, भिœयाउन सक्दछ । निजी क्षेत्रले सार्वजनिक क्षेत्रसँग सहकार्य गरेर देशको समग्र विकासमा महत्वपूर्ण योगदान पु¥याउन सक्दछ । बैंक तथा वित्तीय संस्थाको माध्यमबाट सर्वसाधारणको निक्षेप संकलन गर्ने, लगानीका क्षेत्रहरुको पहिचान गरेर लगानी गर्ने रोजगारीका अवसरहरु सिर्जना गर्दै आय आर्जनमा अभिवृद्धि गर्ने कार्य निजी क्षेत्रबाट हुन सक्दछ ।

सहकार्य, सहअस्तित्व र सहमतिका मान्यतामा रहेर सबैका लागि एक र एकका लागि सबै भन्ने सिद्धान्तको आधारमा स्थापित संस्था नै सहकारी हो । सहकारी संयन्त्रका जन्मदाता बेलायतका रोबर्ट बवेन हुन् । उनले सन् १८४४ मा एक सहकारी समाजको संस्थापना गरेका थिए । नेपालमा वि.सं. २०१० सालमा सहकारी विभागको स्थापनापछि सहकारी क्षेत्रको विकास आरम्भ भएको हो ।

सन् २०१३ साल चैत्र २० गते पहिलो सहकारी संस्थाको रुपमा चितवन जिल्लामा बखान बहुउद्देश्यीय सहकारी संस्था दार्ता भएको थियो । यस क्षेत्रको महतव दिनानुदिन बढ्दै गएको छ । त्यसैले नेपालको संविधानले आर्थिक उद्देश्यमा नै सहकारी क्षेत्रलाई अर्थतन्त्रको एउटा प्रमुख आधारस्तम्भका रुपमा लिएको छ । नेपालको आर्थिक विकासमा सहकारी क्षेत्रको भूमिका प्रवल देखिन्छ ।

ग्रामीण पुँजी संकलन र परिचालन, उपभोग्य वस्तुहरुको सहज वितरण र बजार व्यवस्थापन, आयआर्जन तथा रोजगारी, आर्थिक आधारशीलताको निर्माण, सामाजिक क्षेत्रको विकासमा योगदान पु¥याउने महत्वपूर्ण भूमिका सहकारी क्षेत्रले खोल्दछ । सहकारी क्षेत्रले देशको आर्थिक विकासमा महत्वपूर्ण योगदान गर्न स्क्ने भए तापनि यसका केही समस्या र विकृति नभएका होइनन्, सदस्यहरुको सामूहिक हितका लागि सहकारी स्थापित हुनुपर्नैमा सहकारी खोलेर सदस्य बनाउँदै वित्तीया कारोबार गर्ने प्रचलन बढेको देखिन्छ ।

त्यसैगरी स्थानीय स्तरमा पुँजी परिचालन, आयआर्जन र सामूहिक क्रियाकलाप सञ्चालन गर्नुपर्नेमा सहकारीलाई ठूला उद्यममा लगानी गर्ने माध्यम बनाइएको छ । जुन सहकारीले भावना वा मर्म विपरीत रहेको छ ।

सार्वजनिक, निजी, सहकारी क्षेत्रको साझेदारीबाट यी तीनवटै क्षेत्रको स्रोत, साधन, ज्ञान, सीप र अनुभवलाई उच्चतम, परिचालन गरी अर्थतन्त्रका परिसूचकलाई उच्च बनाउन सकिन्छ । छरिएर रहेका साधन स्रोत र क्षमतालाई एकीकृत ढङ्गले परिचालन गरी ठूलो लगानी आवश्यक पर्ने पूर्वाधार विकास र तुलनात्मक लाभका क्षेत्रमा लगानी गरेर समग्र अर्थतन्त्रको प्रतिस्पर्धी क्षमता अभिवृद्धि गर्न सकिन्छ ।

सार्वजनिक निजी र सहकारी क्षेत्रको साझेदारीका उदाहरणलाई निम्नानुसार प्रस्तुत गर्न सकिन्छ । कृषकहरुको सहाकारीले बाख्रा पालन गरिरहेको छ । सरकारले त्यसका लागि सहुलियत दरमा ऋण उपलब्ध गराइरहेको छ । त्यसैको आधारमा निजी क्षेत्रले मासु पसल, रेष्टुरण्ट, होटल खोलेका छन् । यसका साथै उत्पादित मासुलदाई निजी र सहकारी क्षेत्रले बजारमा विक्री गर्ने कार्य गरिरहेका छन् ।

यस प्रकार तीनवटै क्षेत्रले एकअर्कका परिपूरकका रुपमा कार्य गरेर आर्थिक क्रियाकलापमा अभिवृद्धि गर्दै देशको समग्र आर्थिक विकासमा टेवा पु¥याउन मद्दत गर्दछ । नेपाल एउटा अल्पविकसित राष्ट्र हो । देशको सर्वाङ्गीण विकासका लागि सार्वजनिक क्षेत्र, निजी क्षेत्र र सहकारी क्षेत्रको सहकार्यको आवश्यकता महसुस गरिएको छ ।

श्रमबजारको आवश्यकता अनुरुप सीपमूलक श्रमशक्तिको विकास गर्नु आर्जको आवश्यकता हो । गुणस्तरीय मानव संसाधनको विकासमार्फत् श्रमको उत्पादकत्व अभिवृद्धि गरी राष्ट्रिय अर्थतन्त्रलाई सवल बनाउन उत्पादनको क्रियाशील साधनको रुपमा श्रमको महत्वपूर्ण भूमिका रहन्छ । संख्यात्मकभन्दा श्रम बजारको आवश्यकता अनुरुप सीपमूलक श्रमशक्तिको विकास गर्नु आजको आवश्यकता हो । उद्यमशीलता भनेको कुनै पनि उद्यममा लाग्ने इच्छाशक्ति हो वा क्षमता हो ।

उद्यमशीलतालाई उत्पादनको महत्वपूर्ण साधनको रुपमा लिइन्छ । खास गरी नवीन व्यवसायहरुको तयारी, स्थापना र सञ्चालनका लागि इच्छाशीक्त र क्षमता अभिवृद्धि गर्न उद्यमशीलता आवश्यक हुन्छ । उद्यामशील संस्कृतिको विकासले नागरिकलाई पेसा व्यवसायप्रति आकर्षित गराइ जोखिम बहन गर्न र सिर्जनशील कार्यमा संलग्न हुन मद्दत पुग्दछ ।