गोरक्ष समाचारदाता
दाङ, ५ असार । लुम्बिनी प्रदेश उर्जा जलस्रोत तथा सिंचाइ राज्यमन्त्री अर्जुनकुमार श्रेष्ठले व्यवसायीहरू आप्mनो भूमिकाअनुसार अगाडि बढ्नुपर्ने बताएका छन् । प्रजातान्त्रिक उद्यमी संघ घोराहीको चौथो साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढिरहेको उनले बताए । सबै मिलेर देशको विकासमा लाग्नु पर्ने उनले बताए ।
व्यवसायीलाई एकताबद्ध गराउँदै आफ्नो हकअधिकारको लागि अगाडि बढ्न उनले आग्रह गरे । ‘व्यवसायीलाई एकतावद्ध बनाएर आप्mनो हकअधिकारका लागि अगाडि बढ्न आवश्यक छ’, उनले भने । प्रजातान्त्रिक उद्यमीसँगले छरिएर रहेका व्यवसायीलाई एकताबद्ध बनाउन भूमिका खेल्न समेत आग्रह गरे । नेपाली कांग्रेसका नेता समेत रहेका मन्त्री श्रेष्ठले नेपाली कांग्रेसलाई बलियो बनाउन प्रजातान्त्रिक उद्यमी संघको महत्वपूर्ण भूमिका रहने बताए । पार्टी बलियो बनाउन लाग्न समेत आग्रह गरे । स्थानीय तहको निर्वाचनको समीक्षा गर्दै संघीय तथा प्रदेश सभाको निर्वाचनमा जुट्न आग्रह गरे ।
नेपाली कांग्रेस महासमिति सदस्य भूपबहादुर डाँगीले प्रजातान्त्रिक उद्यमी संघलाई व्यवसायीको आकर्षण बनाउन लाग्नुपर्ने बताए । संघलाई बलियो बनाउन सहयोग पुग्ने उनको भनाइ थियो । नेपाली कांग्रेस दाङका जिल्ला कोषाध्यक्ष प्रकाश सुवेदीले उद्यमी संघमा नयाँ नेतृत्व चयन गर्दा सर्वसहमति गरेर अगाडि बढ्नु पर्ने बताए ।
नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का सभापति भीमप्रकाश खड्काले नेतृत्वको जिम्मेवारी लिने मात्र नभइ नेतृत्व लिएअनुसारको भूमिका निर्वाह गर्न सक्नु पर्ने बताए । व्यावसायीले पार्टीलाई बलियो बनाउन भूमिका खेल्नु पर्ने बताए । यसका लागि भूमिका खेल्न समेत आग्रह गरे । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष टंकसिंह बुढाथोकीले व्यवसायमा धेरै समस्या रहेको भन्दै व्यवसायीको समस्या समाधानका लागि उद्योग वाणिज्य संघले पहल गरिरहेको बताए । समस्याका बारेमा जानकारी गराएर सहयोग गर्न समेत उनले आग्रह गरे । संघका सल्लाहकार श्याम सुवेदीले प्रजातान्त्रिक उद्यमी संघको भूमिका बढाउँदै लैजानु पर्ने बताए ।
कार्यक्रममा आर्थिक प्रतिवेदन कोषाध्यक्ष भुवन पोख्रेल र वार्षिक प्रतिवेदन महासचिव सुशीलप्रकाश आचार्यले प्रस्तुत गरेका थिए । कार्यक्रम संघका अध्यक्ष गुरूप्रसाद कडेलको अध्यक्षतामा भएको थियो । संघका उपाध्यक्ष मधुसूदन अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलाई धन्यावाद ज्ञापन संघका उपाध्यक्ष मानु केसीले गरेका थिए । कार्यक्रमको सहजीकरण संघका महासचिव सुशीलप्रकाश आचार्यले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने छ ।