लमही-३ ले बाढ्यो राहत
शिवराज खनाल
लमही चैत्र २० । नोबेल कोरोना भाइरसले देश संकटको अबस्थामा रहेको बेला नोबेल कोरोनाको जोखिम न्यूनीकरणका लागि शुरु भएको लकडाउनका कारण समस्यामा पर्ने गरिव, बिपन्नलाई लमही नगरपालिका वडा नम्बर ३ ले पहिचान गरी राहत बितरण गरेको छ ।
लमही नगरपालिकाको बिपत ब्यबस्थापन अन्तरगत वडा तहको बजेट बाट लमही नगरपालिका वडा नम्बर ३ अन्तरगतका अति बिपन्न २७६ घरधुरीलार्इ ८० क्विन्टल चामल, २७२ किलो नुन र २१० लिटर तेल राहत बितरण गरिएको र उक्त राहतबाट ११२६ परिवार प्रत्यक्ष लाभान्वित हुने वडा नम्बर ३ का अध्यक्ष बाबुराम चौधरीले बताए ।
राहत बितरण कार्यक्रममा बोल्दै लमही नगरपालिकाका मेयर कुलबहादुर केसिले बिश्व ब्यापी रुपमा फैलिएको कोरोना भाइरसले बिश्व जगतनै प्रभावित भएको अबस्थामा नगर भित्र बस्नुहुने कोहि कसैलार्इ खाद्यान्न सन्कट तथा अन्य समस्या परिहाले लमही नगरपालिकालाई तुरिन्तै सम्पर्क गर्न समेत अनुरोध गरेका छन् ।
