दाङ चैत २०। कोरोनाका कारण भएको लकडाउनको मारमा कोही पनि नपरुन भनी बनाइएको राहत कोषमा घोराही सिमेण्ट इन्डस्ट्री प्रालिले खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।
घोराही उपमहानगरपालिका– ४ का वडा अधयक्ष भिमबहादुर सार्की मार्फत उद्योगका विकास शर्माले १७ क्वीन्टल चामल, १ क्वीन्टल दाल र ३४ लिटर तेल उपलब्ध गराएको उद्योग प्रतिनिधि अमर सुवेदीले जानकारी दिएका छन् ।
सुवेदीका अनुसार गरिव, विपन्न र मजदूरका लागि वडा कार्यालय मार्फत सो खाद्यान्न उपलव्ध गराइएको हो । घोराही सिमेण्ट उद्योगले यसअघि बंगलाचुली गाउँपालिकाले स्थापना गरेको खाद्य बैंकमा पनि खाद्यान्न उपलव्ध गराएको थियो ।