कृष्णनगर अपडेट : कर्फ्यू अबज्ञा गर्दा जनाको मृत्यू
सन्नी उल्लाह
कपिलवस्तु, कार्तिक १४ जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले कृष्णनगरमा लगाएको कर्फ्यूको अवज्ञा गरिएको छ । अबज्ञाका क्रममा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ ।
कृष्णनगर बजार क्षेत्रमा लक्ष्मीपूजाको मूर्ती बिर्सजनका विषयमा स्थानीयहरुविच विवाद र झडप भएपछि अबस्थालाई नियन्त्रणमा लिन भन्दै कर्फ्यू आदेश जारी गरिएको थियो । आज बिहान ११ बजे देखि कर्फ्यू भनिएपनि स्थानीयले अबज्ञा गरेका थिए । अबज्ञाकारीहरु प्रहरी चौकी तर्फ अगाडी बढ्दै गर्दा प्रहरीले गोली चलाएको थियो । गोली लागेर स्थानीय सुरजकुमार पाण्डेको ज्यान गएको छ । कृष्णनगर नगरपालिका २ का पाण्डे २० बर्षीय युवा हुन् ।

स्थानीयहरुवीचको विवाद र झडपले उग्र रुप लिएपछि कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी गजेन्द्र वहादुर श्रेष्ठले वताउनुभयो । झडपमा परी केही स्थानीय र प्रहरी घाइते समेत भएका छन । विषय सामान्य भएभपनि विवाद उत्कर्षमा पुगेकोले अवस्था जटिल बनेको प्रहरीको वुझाई छ ।
प्रहरीले झडपलाई नियन्त्रण गर्न वुधवार मात्र ५० राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।
आज विहान जिल्ला प्रशासनले कृष्णनगर भन्सार कार्यलयदेखि उत्तर तर्फ ७ सय मिटर, पश्चिम तर्फ ७ सय मिटर, पुर्व तर्फ ३ सय मिटर क्षेत्रमा कर्फ्यू लगाइएको जनाएको छ । कफ्र्यु आदेश अवज्ञा गरे कानुन बमोजिम कारवाही हुने जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।