सिक्ने कुरा धेरै रहेछन् बाँकी

भूपेन्द्र सुबेदी
आपसी प्रेम र सदाचारबाट शान्ति ल्याउन सकिन्छ भन्ने मान्यता बोकेको प्रजापिता ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयले राजयोगसँगै सीमित स्रोत साधनको उच्चतम सदुपयोग गर्न सिकाइरहेको छ । तर हामीमा चेत खुल्ने कहिले ? प्रजापिता ब्रह्कुमारी ईश्वरीय विश्वविद्यालय प्रब्रईबिले १३० देशमा रहेका आफ्ना ९ हजार भन्दा बढी केन्द्रमार्फत बिश्वभरका मानिसलाई राजयोग केहो भन्ने बारेमा सिकाइरहेको महत्वपूर्ण बिषय छ ।

विश्वबिद्यालयको केन्द्र भने भारतको राजस्थानमा छ । माउण्ट आबु र त्यसको फेदी मधुवनमा संग्रहालयदेखि अतिथि भवन पिसर्पालगायत बगैचाहरु सुन्दरताका परिचायक बनेका छन् । मधुबनमा संग्रह मधुबनमा रहेको बिश्वबिद्यालय परिसरमा दैनिक २५ हजारसम्म अगान्तुक अतिथिलाई एकैपटक खानपिन र आवास सुविधा छ, त्यो पनि निसुकहरुको सत्संगस्थल बनेको मधुबन र यो आलेख सम्पूर्ण रुपमा सौर्य उर्जाबाट चल्ने यहाँको मेगा किचेनमा केन्द्रित हुँदोरहेछ, जहाँ ७० प्रतिशत काम नै मेसिनले गर्दछ ।

पिठो मुच्ने र बेल्ने पकाउने आलु र अरु तरकारी ताच्ने, टुक्रा पार्ने सबै काम मेसिनले गर्दाेरहेछ । ट्यांकी सरहका प्रेसर कुकरहरु हेर्दा कल्पनातीत लाग्छन् । जहाँ एकछाकमा ट्रकका ट्रक अनाज पाक्छ । त्यसक्रममा जम्मा ३० प्रतिशत काम मानिसले गर्दछन् । त्यहाँका तरकारी बिभाग प्रमुख ब्रह्मुमार हरिसका अनुसार यहाँ अतिथि संख्या हेरी सामान्यतया दैनिक ५०० देखि १ हजार लिटरसम्म दूध खपत हुन्छ भने तरकारी १ हजार जनालाई १२० किलोको दरले तयार परिन्छ ।

यहाँ आवश्यक तरकारीमध्ये ४० प्रतिशत स्थानीय उत्पादन हुन्छ । बिहानको पौने ५ बजेदेखि चिया, नास्ता पाक्न थाल्ने बाबाको भण्डारमा केहीको अभाव छैन । चिया नास्तादेखि खानासम्म विशाल भबनको तलैतलामा हजारौले एकैपटक खान पाउँछन् सारा खर्च ईश्वरीय सेवामा लाग्नेहरुको गोप्य दान दातव्यले धानेको छ । तर सबैको आत्म सफा भएपछि सबै इमानदारिताको लक्षिण होला, तर हाम्रो देशको अवस्था हेर्दा, आज कृषकलाई खेती गर्दा मन छैन ।

जेन तेन कृषि उत्पादन गरे बजार छैन, नेतादेखि कार्यकर्ता सबै कमिसनको खेलमा बाँधिएका छन् । छिमेकीको तरकारी खरिदमा आउने कमिसनको लोभले आफ्ना किसानको बारीमा उब्जिएको तरकारी खेती बारीमै कुहेको अबस्था छ । यो कहिले सिक्ने हामीले अब बिश्व बिद्यालयका ब्यबस्थापकहरुको ज्ञान, सीप हामीले कहिले लिने ? उहाँहरुको कार्यसञ्चालन तरकारी केलाउँदा निस्केको जर्ती र थालभाँडा धुने ठाउँमा संकलित खानेकुरा संस्थाको गाईगोठमा लगिन्छ । ती गोठबाट भान्सामा दूध आउँछ ।

गाई गोठका मलमुत्र, खेतबारीमा जान्छन् । खेतबारीबाट घाँस अन्न तरकारी र फलफूल आउँछ । एसलाई एकीकृत कृषि प्रणालीको राम्रो नमुनाको रुपमा हामीले कहिले कसरी लिन सकौँला ? यो क्षेत्रको सिकोलाई कसले अब निरन्तरता देला यहाँ ? हाम्रो नेपाली ग्रामीण भेगमा सदियौँबाट चलेको यस्तो कृषि प्रणाली अहिले युवा पलायनको प्रहारमा परेको छ । रेमिट्यान्सको चक्करले नेपाली हामीहरुको गाउँघरमा गाई भैसी नपाल्ने, खेती नगर्ने, किनेर खाने, प्रवृत्ति बढेको बेला मधुवनमा एकीकृत कृषि प्रणाली आत्मनिर्भरता, र समृद्धिको उदाहरण बनेको रहेछ ।

नेपालका नेता, कार्यकर्ता, शुभचिन्तक, कृषि बिज्ञहरुले त्यहाँको सिकोलाई यहाँ परिचालन गर्नु आवश्यक छ । साथै यसले प्रांगारिक कृषि उत्पादनबाट विश्वलाई पाल्न सकिन्छ भन्ने पनि दिइरहेको छ । यो सन्देश हाम्रै हो तर हामीले नै बिर्सियौ । प्रब्रईविले कृषि प्रणालीका तीन अंग पशुपालन, खेतबारी र घरधुरीको अन्तर्सम्बन्धलाई सफल बनाएको छ । यहाँ गाई, बाच्छा–बाच्छी गनेर ६८ वटा गोठ छन् । दुहुना गाईबाट दैनिक ३०० लिटर दूध उत्पादन हुन्छ ।

गोठमा पनि मेसीनबाटै दूध दुहुने काम हुन्छ । यो संस्थाको परिसरभित्रको जग्गामध्ये ३०० बिगाहा तरकारी र २० बिगाहा फलफूल खेतीमा भनी करीब आधा काम मानिसले गर्छन् । थोपा सिँचाइ प्रणाली अपनाइएको तरकारी खेतीमा बाह्रैमास उत्पादन हुन्छ । हाम्रा सरकारी कृषि, फारमहरु उत्पादनशील नभएर बजेटका न्युमा बोझिला बनेका बेला यसैगरी प्राविधिक र तालिमका साथ एकीकृत कृषिलाई अगाडि बढाउन सके नेपालको युबा शक्ति पलायन रोकिने थियो । आज मान्छे नभएर जग्गा जमिन बाँझो भएको ठाउँमा सहकारीमा आधारित खेती गर्दा सीमान्तकृतहरुले बढी योगदान दिन सक्छन् ।

पहिले मासिक भारु ३० लाख महसुल तिरेको प्रब्रविले सोलार सिस्टमबाट २४ घण्टामा ३६ मेगावाटसम्म बिजुली उत्पादन गरेर महसुल ६ देखि ७ लाखमा झारेको छ । भारु ७५ करोड लागतमा जडित सोलारका ५०० वटा प्यानल सूर्य जता गयो उतै फर्केर उर्जा सञ्चय गर्छन् । यो प्रबिधिबाट बाफले खाना पकाउनुको साथै ३० हजारलाई नुहाउन पुग्ने तातोपानी तयार गरिन्छ ।

जमिनको उच्चतम प्रयोगका लागि मुनी, तरकारी, घास, लगाएर माथिल्लो भागमा सोलार प्यानल राखियकोछ र नुहाउन र कपडा धुनदेखि सिँचाइसम्ममा प्रयोग हुने पानीको पुनः प्रयोग गरिएको बिधि कति लोभलाग्दो छ ? तर नेपालमा पनि राष्ट्रबादको कुरा गर्दा गर्दै खरबौ बजेटको हिस्साहरुबाट यसरी कामगर्न सके हामी आत्मनिर्भर हुने थियौ ।

आजको महिलामाथि हुनेगरेको बिभेदले पोलेर जुहारतका ब्यापारी लेखराजले भने १९३६।३७ तिर ईश्वरीय सेवामा सबै सम्पत्ति समर्पित गर्दै स्थापना गरेको यो संस्थाको प्रमुखसहित उच्च तहमा महिलाहरु छन् । उत्कृष्ट ब्यबस्थापनबाट बिश्वभर चलेको यो संस्थाबाट केही सिक्ने भए नैतिकवान् भने हुनैपर्छ । प्रब्रविले देखाइरहेको छ सोच ईच्छाशक्ति, नीति निर्माण, कार्यान्वयन रणनीति, ब्यबस्थापन र नैतिकता समृद्धिका शर्त हुन् ।

तर यहाका शासक प्रशासक, राजनेता कार्यकर्ता सबैको सोच परिवर्तन होस् भन्ने ध्येय राखी ब्रह्रकुमारी बिश्वबिद्यालय दाङले कुनै नयाँ शासक, प्रशासक, नयाँ निर्वाचित राजनेता र यहाँका गन्ने–मान्ने सबै भन्दा जान्नेहरुसमेतलाई आमन्त्रित गरेर यसको भूमिकामा सहभागी गराएर आफ्नो कार्यकालका लागि सफलताको शुभकामनासहित फुलमालाले र आत्मविश्वासले स्वगत गरेकै हुन्छ तर त्यहाँबाट बाहिरिएपछि उही हो सुंगुरले गु खान कहिले छोड्ला र नेपाली हरुको बुद्धि पलाउँला ?

यो बिषय स्वयं हरिद्वारको कनखलदेखि हरिद्वार क्षेत्रमा बिगत ०७०।०७१ तिर उपचारको सिलसिलामा त्यो दृश्य अबलोकन गर्ने अवसर पाएको थिएँ । र अनुभूती ईश्वरीय विश्वबिद्यालय भन्ने एउटा त्यहाँको बारेमा लेखेको पुस्तक हिन्दीमा लेखिएको थियो र धरै मनन्योग्य लागेर यसमा समावेश केही आफ्नो बिचार पाठकसमक्ष प्रस्तुत गरेको छु ।