दाङ,१५ जेठ । दाङ महिला जेसीजले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई एक कार्यक्रमको आयोजना गरि स्वागत सम्मान गरेको छ ।
दाङ महिला जेसीजले आइतवार घोराहीमा कार्यक्रमको आयोजना गरि गत बैशाख ३० गतको निर्वाचनबाट घोराही उपमहानगरपालिकाको नगर प्रमुख निर्वाचित नरुलाल चौधरी, उपप्रमुख हुमा डिसीलगायत १९ वटै वडामा निर्वाचित अध्यक्ष, वडा नं.१४ का सदस्य तथा दाङ महिला जेसीजका पूर्व अध्यक्ष निरजा पोख्रेलका श्रीमान घोराही उपमहानगरपालिका–१८ मा निर्वाचित सदस्य किरण पोख्रेललाई स्वागत तथा सम्मान गरेको हो ।
कार्यक्रममा बोल्दै नगर प्रमुख नरुलाल चौधरीले आफ्नो क्षमता विकास नभइ अरुको क्षमता विकास गर्न सकिदैन भन्ने सकारात्मक सोचका साथ युवाको क्षमतावृद्धि गर्ने कार्यमा जेसीजको गरेको कार्यको प्रशंसा गरेका थिए । साथै उनले चुनावी घोषणपत्रमा गरेका बाचा अनुसार निस्वार्थ रुपमा नगरको विकास र जनताको हितमा काम गर्ने बताएका थिए । उनले जेसीजसँग हातेमालो गरेर आगामी दिनहरुमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
दाङ महिला जेसीजका पूर्व अध्यक्षहरुले जनताको विश्वास र आशालाई उच्च सम्मान गर्दै विना भेदभाव हरेक क्षेत्रको विकासमा लाग्न जनप्रतिनिधिहरुलाई आग्रह गरेका थिए । साथै उनीहरुले सहर केन्द्रीत विकास मात्र नभएर बास्तविक जनताका समस्या पहिचान गरेर ग्रामीण क्षेत्रका समस्या समाधानमा लाग्न सुझाव दिएका थिए ।
कार्यक्रममा वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेय, वडा नं. १२ का अध्यक्ष दोर्ण बहकरी, दाङ महिला जेसीजका पूर्व अध्यक्ष माया पोख्रेललगायतले बोलेका थिए । कार्यक्रममा
जेसीज भीमा डिसीले आस्थापाठ गराएकी थिइन । निवर्तमान अध्यक्ष ममता विष्ट डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमका सहभागीलाई कार्यकारी उपाध्यक्ष बसन्ती सुवेदीले धन्यावाद ज्ञापन गरेकी थिइन । कार्यक्रमको सहजीकरण महासचिव नारायणी भण्डारीले गरेकी थिइन ।