स्थानीय सरकारको आगमन

युवराज शर्मा
२०७९ साल वैशाख ३० गते ५ वर्षपछि स्थानीय तहको सरकारको लागि निर्वाचन भयो । नेपालका ७५३ स्थानका स्थानीय सरकारको निर्वाचन एकै पटक गर्नु सरकारका लागि चुनौती थियो । सबै दलहरुले निर्वाचनमा भाग लिए र लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै गए । शासन व्यवस्थामा लोकतन्त्रात्मक पद्धतिलाई सबैले आत्मादेखि स्वीकारे ।

अब नेपालमा दलहरुका फरक–फरक नाम भए पनि सबै दलहरु लोकतन्त्रमा आबद्ध भएको वातावरण बन्यो । अब कुनै दलले एकअर्कालाई अलोकतान्त्रिक दल भन्ने भएन । जसले रामे काम गरेर जनताको मन जित्न सक्छ र त्यो दलको अग्रणि भूमिका हुन्छ । दलको छवि बढाउन जनप्रतिनिधिमा उदार भाव हुनुपर्छ । कार्ययोजनाको भिजन हुनु पर्छ । त्यस्ता व्यक्तिको चरित्रले दलको प्रकृति र प्रवृत्तिको झलक दिन्छ । त्यसको उदाहरण व्यक्तिको स्वतन्त्र उम्मेदवारीले पनि दिएको छ ।

त्यसैले होला व्यक्तिको व्यक्तित्वप्रति जनताको झुकाव भएको दृश्यहरु यसपटकको निर्वाचनले देखायो । दलको नेतृत्व कमजार देखियो । दलीय व्यवस्थामा दलको नेतृत्वको महत्व भएन । उसले प्रतिनिधि छनोटमा व्यक्तिको क्षमतालाई बौद्धिकताको मापन भन्दा धन पैसाको मापन गरेर व्यक्ति छान्ने काम भयो । निर्वाचनमा धन पैसाको भारी गह्रौँ बन्यो । स्थानीय सरकारको आगमन भयो । राजनीतिक सोच नभएका व्यक्तिहरुको बाहुल्यता भए पनि स्थानीय विकासको विनाश भएको, विगतका व्यक्तिहरुले गरेको अभाव गाउँलेहरुले भोगेकै छन् ।

निर्वाचनको मत परिणाम पछि ठूलो संख्यामा देखिने ठूलो दलले नागरिकलाई निर्वाचित जनप्रतिनिधिहरुबाट कस्तो कार्य व्यवहार गर्छन्, त्यसैमा उनीहरुको सोचाइ निर्भर रहन्छ । व्यक्तिको चरित्र र व्यवहार पनि देखिन्छ । आफूले चुनाव जितेको भन्नेहरुले दललाई बिर्सेको अवस्था देखियो । दलको टिकटबाट निर्वाचनमा भाग लिएकाहरुले अविर र फूलमालाले सजिएको देखियो । यो जित दलको थियो, व्यक्तिको थिएन ।

अब आफ्नो विजयलाई दलको विजय नठान्नेहरुले आफ्नो भविष्य उज्यालो देख्दैनन् । आफूलाई जनताको सेवक ठान्दैनन् । त्यस्ताले आफूलाई शासक ठान्छन् । मात लागेको व्यक्ति र मत्ताहात्ती जस्तो ठान्छन् । पुरनाको सिको नयाँले गर्ने होइन, आफ्नो व्यक्तित्व र अस्तित्व कायम राख्ने काम गर्नुपर्छ । आफ्ना नयाँ कदमहरुलाई अगाडि बढाएर नागरिकले अनुभूति गर्ने काम गर्नुपर्छ । दलीय भेदभावको नीति त्याग्नु पर्छ । तब मात्र सबैको मन जित्न सकिने छ ।

गाउँघरका धेरै अनुभवीय व्यक्तिहरु छन् । उनीहरुको ज्ञान र सीपलाई विगत ५ वर्ष अवधिमा स्थानीइ सरकार प्रमुखले अनुकरण गर्न पछि परेको अवस्था थियो । यस्तो देखिनु व्यक्तिको दम्भ स्वभावको झलक थियो । नयाँले त्यो स्वभाव देखाउनु हुन्न भने पुरानोले दम्भ स्वभावमा परिवर्तन गरेको, सुधार गरेको हुनु पर्दछ ।

स्थानीय सरकारमा ५ वर्षपछि कतिपय पुराना दोहोरिएका छन् । कति जना नयाँ अनुहार देखिएका छन् । पुरानाको स्वभाव र व्यवहार नागरिकले बुझेका छन् । नयाँ अनुहारका जनप्रतिनिधि पनि प्रकृति र चरित्रका देखेका छन् । अब उनीहरुलाई आफ्ना दलको कस्तो निर्देशन गर्ने हुन् ? त्यसैमा उनको कार्यशैली पाइने छ । सरसर्ती जनप्रतिनिधिहरुलाई हेर्दा नयाँ दृष्टिकोण र सोचाइ भएका व्यक्तिहरु देखिँदैनन् । जे जति छन् सबैमा दम्भ छ । उनीहरुमा सहनशक्तिको अभाव छ ।

आफ्नो बानी व्यवहारमा सुधार गर्न सकेपछि मात्र स्वभावमा परिवर्तन देखिने छ । आफ्नो व्यक्तित्व आफै विकास गर्नु पर्छ तब मात्र सामाजिक विकास सम्भव छ । पूर्व वडाध्यक्ष घोराही–१४ का शक्तिराम डाँगीले ‘वडा परिचय गराउन हाम्रो वडा’ नामको पुस्तक प्रकाशन गरेर आफ्नो कार्यकालको झलक दिनुभएको छ ।

यसले नयाँ पुस्तालाई घोराहीको स्मरणीय अध्ययन सामग्री दिनुभएको मानिन्छ । यो अरुहरुका लागि मार्गदर्शन पनि हो तर वास्तविक विषय गौण भयो । उक्त पुस्तिका व्यवस्थापन गर्नेहरुले अध्ययन गरेर खोज गर्नुपर्ने विषय पन्छाएको पाइयो । प्रधान सम्पादक पनि सम्पादनमण्डलमा नभएकोले विषयवस्तुलाई ओझेलमा पार्ने लेखकहरु देखिए । मनगढन्ते लेखहरु धेरै संख्यामा पाइएका छन् । जे होस्, पूर्व वडाध्यक्ष शक्तिराम डाँगीको कार्यकाल सफल भएको लेखकहरुबाट पाइन्छ । उहाँले हाम्रो वडाबाट बाटो देखाउनु भएको छ ।

जनप्रतिनिधिहरुजनताका अगुवा हुन् । उनीहरुको कार्यशैलीले जनतालाई सेवाको भावनाले हेर्ने हुन् अथवा आफूलाई शासक देखाउने हुन् ? त्यो अवस्था हेर्न बाँकी छ । उनीहरुको वहालीपछि एक सय दिनको कार्यगत क्षेत्रबाट देखिने मूल्यांकनले देखाउने छ । कार्यको मूल्यांकन जनताले गर्ने छन् । राम्रो व्यक्ति जनप्रतिनिधि भएको भए विकास र समृद्धि देखिने छ ।

अन्यथा आफ्नो भलो हुने काम मात्र गर्ने छन् । आफ्नो घरपरिवारका सदस्यहरुलाई रोजगारको वातावरण बनाउने छन् । आफन्त र कुटुम्बहरुलाई सहयोग पु¥याउने छन् । सहरबजारमा घर बनाउने छन् । आफ्नो पाँचवर्षे कार्यकाल फलदायी बनाउने छन् । दोहोरिएर निर्वाचन जितेकाहरुले दश वाषर््को आर्थिक विकास गर्ने छन् । जसले जनताको सेवामा सेवा भावमा कार्य गर्ने उनीहरुले सामाजिक मान्यता पाउने छन् । आफ्नो कार्यकाल सफल भएको देखिने छ ।

यस पटकको निर्वाचनमा सहभागी भएका उम्मेदवारहरुमा स्वतन्त्र र युवायुवती उम्मेदवारहरुको महत्व नागरिकमा बढेको पाइयो । यस्तो देखिनु पुराना राजनीतिक दलहरुबाट जनताले आशा गरेका कार्यहरु भएनन् । निर्वाचनमा थोत्रा भाषणहरु मात्र पाइयो भन्थे मतदाताले । काठमाडौं महानगरपालिकामा ३१ वर्षे बालेन्द्र साहले मेयर पदका उम्मेदवार बने । उनी एउटा गायक मात्र थिएनन्, इन्जिनियरमा स्नातकोत्तर शैक्षिक योग्यता र भिजनेवल व्यक्ति पनि हुन् । उनको निर्वाचन चिह्न ‘लौरो’ थिया ।

उनी नेपाली मुलका नागरिक थिए । उनको पारिवारिक संस्कार, संस्कृति र शिक्षामा ख्याती प्राप्त थिए । उनका बुबा आयुर्वेदिक डाक्टर रामनारायण साह हुन् । शैक्षिक वातावरण घरबाट पाएका व्यक्ति बालेन्द्र साह सर, मिलनसार, शन्त स्वभावका व्यक्ति हुन् । उनले जनताको मन जितेर ‘युवायुवतीहरुको प्रेरणा पाएर मेयर पदमा सबैलाई उछिन्दै अगाडि बढे । उनको कार्यशैली हेर्नुपर्ने छ । अरुका लागि अनुकरणीय बनोस् । भावि पुस्ताहरुले सम्झन सकून् ।

स्व.लक्ष्मीप्रसाद देवकोटाले मुनामदन खण्डकाव्यमा लेख्नुभएको छ ‘मानिस ठूलो दिलले हुन्छ जात ले हुँदैन ।’ वास्तवमा मान्छे ठूलो नेता बनेर ठूलो मानिन्न । उसमा गुणकारी हुनुपर्छ । नेताहरुमा जिम्मेवारी, जवाफदेही, पारदर्शी हुनु पर्छ । यस्ता गुणहरुको अभावमा नेताहरु जनताबाट टाढिँदै छन् । राजनीतिक दल बढ्नु र खुम्चिनु नेताहरुको क्रियाकलापमा निर्भर हुन्छ ।

अहिले दलहरुमा भएका नेता र कार्यकर्ताहरुमा सोचको कार्य, मार्गदर्शन गराउन सक्ने क्षमताको अभाव, स्वार्थी भावना, भ्रष्टाचार र अनियमिततालाई प्रश्रय दिनु नै हो । जबसम्म आत्म अनुशासनको पालना र सामाजिक व्यवहारमा सरलता अपनाउन स्थानीय सरकारका जनप्रतिनिधिहरुबाट पालना हुन सकेन भने दलप्रति नागरिकहरुको आस्था बढ्ने छैन । यो सरकारमा प्रतिपक्ष हुँदैन । मेयरको निर्देशनात्मक नेतृत्व भएन भने वडाध्यक्षहरु अन्यौलमा हुने छन् । दोस्रो पटक गठन भएको पालिका पनि सार्थक बन्ने छैन ।