नेपालमा लागूपदार्थ दुव्र्यसनको अवस्था

भूवन पोख्रेल
कुलत वा एडिक्सन एउटा यस्तो रोग हो जसले मानिसको लागूपदार्थप्रति आफ्नो नियन्त्रण सामथ्र्य हराउँछ । ड्रग्सबाट छुटकारा पाउन सक्दैन र बारम्बार गर्नुपर्ने हुन्छ । लागूपदार्थको दलदलमा फसिसकेपछि यसले नोक्सानी मात्र गर्छ भन्ने थाहा हुँदाहुँदै पनि छोड्न सकिँदैन । यसरी ड्रग्सको निरन्तर प्रयोगले मानिसको मस्तिष्कमा परिवर्तन ल्याइ कुलतको विकास गर्छ ।

बोली–चालीको भाषामा ड्रग्स भन्ने बित्तिकै एक प्रकारको यस्तो वस्तु हो, जसले मानिसको मानसिक तथा शारीरिक नियन्त्रणमा ह्रास ल्याउन्छ भन्ने बुझिन्छ । ड्रग्स भन्नाले त्यसतो रासायनिक पदार्थ भन्ने बुझिन्छ जसको सेवनले मानिसको शरीर र मस्तिष्कको कार्यमा परिवर्तन ल्याउँछ । लागूपदार्थका केही उदाहरणहरु यस प्रकारका छन् : गाँजा, चरेस, कृत्रिम ड्रग्स जस्तै हिरोइन, अफिम, सिधै औषधी पसलबाट किन्न सकिने औषधी आदि ।

कानुनी वा गैरकानुनी ड्रग्स जसलाई जुन उद्देश्यका लागि बनाएको हो त्यो उद्देश्यका लागि प्रयोग नगर्नु वा अत्यधिक प्रयोग गर्नुलाई लागूपदार्थ दुरुपयोग भनिन्छ । लागूपदार्थ प्रयोगकर्ताले सामान्यतया आफूलाई अनन्दित महसुस गर्नका लाग प्रयोग गर्ने गर्दछन् । लागूपदार्थ प्रयोगका कारण सामाजिक, शारीरिक, मानसिक, भावनात्मक तथा रोजगारीसम्बन्धी समस्याहरु सिर्जना हुन्छन् ।

कुनै पनि व्यक्तिले लागूपदार्थ प्रयोग गर्नुका पछाडि धेरै कारणहरु हुने गर्दछन् । जसमध्ये निम्न कारण प्रमुख मानिन्छ । उत्सुकता, साथीसंगीको प्रभाव एवं दबाब । यस्तो विशेष गरी किशोरावस्थाका बालबालिका, विद्यालयमा विद्यार्थी आदिमा बढी देखिन्छ । साथीभाइको बीचमा आफूलाई भिन्न वा आधुनिक देखाउने इच्छा, रमाइलो गर्न, सामान्य अवस्थामा गर्न नसकेको कार्यलाई साहसिक भएर गर्ने रहर, संसारिक समस्या एवं तनावबाट मुक्त हुन आदि । लागूपदार्थले पार्ने असरहरु विभिन्न छन् ।

विशेष गरी सबै किसिमका लागूऔषधले प्रयोगकर्ताको शरीर, मस्तिष्क, नसा, श्वासप्रश्वास, आन्द्रा, हृदयगति उच्च बनाउने, अचानक आक्रामक स्थितिमा पु¥याउने गर्दछ । लागूपदार्थले प्रयोगकर्तामा मात्र सीमित नभइ परिवार र सिङ्गो समाजलाई नै प्रत्यक्ष वा अप्रत्यक्ष असर पु¥याउँछ । जब परिवारमा कोही सदस्य दुव्र्यसनमा फस्छ तब परिवार आर्थिक तथा सामाजिक दुवै नोक्सानी बेहोर्न वाध्य हुन्छ । अर्कोतिर एक दुव्र्यसनीका कारण अर्को दुव्र्यसनी बढ्न सक्छ ।

लागूऔषध प्रयोगकर्तालाई अप्ठ्यारो मानसिक र भावनात्मक अवस्थाको सामना गर्नुपर्ने हुन्छ । कतिपय यस्ता कष्टकर अवस्थाहरु जो क्षणिक हुन तर तिनको असर भने जीवनभर रहन सक्छ । जस्तै चिन्ता, परिवार र साथीभाइसँगको सम्बन्ध बिग्रनु, स्वास्थ्य स्थिति बिग्रनु, आत्मबल कमजोर हुनु, शोक र मानसिक आघात पर्नु, एक्लिनु, कानुनी समस्यामा पर्नु, लोमो समयसम्म दुव्र्यसनमा फस्नु, अनावश्यक गर्भधारण आदि लागूऔषध सेवनका असरहरु हुन् ।

कुलतमा फसिसकेका संकेतमा नियमित रुपमा लागूपदार्थ सेवन गर्ने इच्छा जाग्नु, लागूपदार्थ बाहेक अरु कुरा सोच्न असमर्थ हुनु, समयको क्रमसँग लागूपदार्थको मात्रा बढ्दै जानु, सामाजिक साथै व्यक्तिगत गतिविधि तथा कार्यहरुमा जिम्मेवारी बहन गर्नु इच्छा नहुनु । जोखिमपूर्ण गतिविधिमा संलग्न हुनु, धेरैजसो समय एक्लै बिताउने हुनु, आफ्नो ख्याल नगर्नु, व्यक्तिगत तथा पारिवारिक सम्बन्धमा समस्या ।
लागूपदार्थ र कुलतबाट बच्ने उपायहरु अपनाउन सकिन्छ । लागूपदार्थको प्रयोग र कुलत दुवै रोकथाम गर्न सकिन्छ । परिवार, विद्यालय, समुदाय र सञर माध्यमको सहभागितामा रोकथामका कार्यक्रमहरु आयोजना गरेर लागूपदार्थ प्रयोग र कुलत रोकथाम गर्न सकिन्छ । यस्ता रोकथामका कार्यक्रमहरुमा जनचेतनामूलक शिक्षा र दुव्र्यसनीहरुसँगको प्रत्यक्ष सम्पर्क पर्दछन् । परामर्श विशेषज्ञ र चिकित्सिकको सहयोग लिएर लागूऔषध दुव्र्यसनीलाई रोकथाम गर्न सकिन्छ ।

दुव्र्यसनीलाई विभिन्न क्रियाकलापमा सहभागी हुन प्रोत्साहन गरेर जस्तै केलकुद । दुव्र्यसनमा नलागेकालाई दुव्र्यसनका गम्भीर मानिसक एवं शारीरिक असरहरुका बारेमा विद्यालय स्तरदेखि नै शिक्षा प्रदान गरेर । कतिपय अवस्था कुलतमा फसेकालाई परिवारले सुधार्न नसकेर दुव्र्यसनीलाई पुनःस्थापना तथा सुधार केन्द्रमा भर्ना गरेर । सरकारले राष्ट्रिय लागूपदार्थसम्बन्धी नीतिलाई स्वास्थ्य र शिक्षासँग समाहित गरेर ।

सरकारले लागूपदार्थको गैरकानुनी उत्पादन, विक्री वितरण तथा ओसारपसार जस्ता कार्यहरु नियन्त्रण गर्न बनाइएका योजना नीति, कार्यक्रम तथा कानुनहरुको प्रभावकारी कार्यान्वयन गरेर । विद्यालय, परिवार र समाजमा युवायुवतीहरुका लागि मैत्रीपूर्ण एवं सहयोगी वातावरणको सिर्जना गरी उनीहरुको समस्या बिसाउने अवस्था तयार गरिदिएर र दुव्र्यसनीमा फसिसकेकाहरुलाई सहानुभूति र सहयोग दिने संस्कारको विकास गरेर ।

लागूऔषध दुव्र्यसनी अहिले एउटा राष्ट्रको मात्र समस्या नभएर यो विश्वव्यापी समस्या बन्न पुगेको छ । वर्तमान अवस्थालाई हेर्ने हो भने लागूपदार्थको प्रयोग बढ्दै गएको देखिन्छ । समाजमा लागूऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । विभिन्न सरकारी तथा गैरसरकारी निकायहरुले यसको न्यूनीकरणमा काम गर्दै आए पनि यसको प्रयोग झन बढ्दो क्रममा रहेको छ । कुनै पनि व्यक्ति आमाको कोखबाट जन्मेदेखि नै लागूपदार्थको प्रयोग गर्छु भनेर यो संसारमा आएको हुँदैन ।

मानिसको उमेरसँगै उसको शारीरिक र मानसिक तथा भावनात्मक परिवर्तन भइरहेको हुन्छ । उमेरअनुसारको कौतुहलता र उत्सुकताको कारणले धेरै युवाहरु लागूपदार्थको दलदलमा फसेको पाइन्छ । तनाव, चिन्ता, असफलता, विभिन्न समस्या एवं यस्ता समस्याबाट आmूलाई शारीरिक, मानसिक रुपमा मुक्त हुनका लागि गरिने नसाजन्य पदार्थको प्रयोग नै लागूपदार्थको प्रयोग हो । कुनै पनि व्यक्तिले दुव्र्यसनी बन्छु भनेर लागूपदार्थको प्रयोग गरेको हुँदैन तर लागूपदार्थलाई निरन्तरता दिँदै जाँदा शारीरिक र मानसिक रुपमा उ लागूपदार्थ नै निर्भर हुन पुग्छ ।

लागूपदार्थको दुव्र्यसनले मानिसको शारीरिक तथा मानसिक दुर्बलता ल्याउनुको साथै मस्तिष्क, मुटु र फोक्सोजस्ता संवेदनशील इन्द्रीयहरुमा आघात परी मानवीय स्वास्थ्यमा नै खराब असर पार्छ । ती लागूपदार्थले मानिसलाई आलस्यजनक, भ्रमात्मक असर भएका, उत्तेजक रुपमा प्रयोग गर्दछन् । यो समाज विरुद्धको गम्भीर अपराध हो । यसको दुरुपयोगबाट, लुटपात, चोरी, डकैती, बेश्यावृत्ति, आत्महत्या, ठगी आदिजस्ता अपराधहरु बढ्दै गएका छन् । हिजो आज युवा समुदायहरुमा लागूऔषध जीवनसाथी बनिरहेको छ ।

मुलुकमा उर्जा उुवा शक्तिहीन भइ नकाम मात्र होइन परिवार एवं समाजलाई बोझ बनेका छन् । नेपालमा लागूऔषधको दुव्र्यसन साथै यसको अवैध ओसारपसार र त्यसबाट सिर्जित अन्य अपराधहरु ज्यादै गहन समस्याका विषय बनेका छन् । अन्तर्राष्ट्रि रुपमै संगठित विन्दु बनाउँदै आएका छन् । दुव्र्यसनको जडलाई उखेल्ने काम एउटा व्यक्तिले मात्र सक्दैन । दुव्र्यसन परिवार, समाज र राष्ट्रकै लागि घातक हुन्छ, यसप्रति सबै सचेत हुनु पर्छ । लागूऔषध दुव्र्यसन राष्ट्रका लागि ठूलै चुनौती हो ।

यदि दुव्र्यसनको जगलाई जरैदेखि उखेल्ने हो भने सबै मिलेर लागूऔषध पाइने पसल र ठाउँहरु बन्द गर्नुपर्छ । हामी समाजका सबै व्यक्ति, प्रशासन, राज्य, कानुनसम्मत तरिकाले लाग्ने हो भने यसलाई जरैदेखि उखेलेर फाल्न सक्छौँ । उद्योग, कलकारखाना खोलेर युवाहरुलाई रोजगारी दिनुपर्ने अवस्थामा पुनःस्थापना केन्द्र खोल्नु परेको यो वाध्यता समाजको निकै कष्टदायक पीडा हो ।

सरकारको तर्फबाट रोजगारीका कार्यक्रम, बााबुआमाले आफ्ना बाबुनाीलाई यथेष्ट समय, समाजमा युवामैत्री वातावरण, उनीहरुलाई सामाजिक कार्यमा संलग्न गराउने, टोलटोलमा कला, संस्कृति, नृत्य, संगीत, खेलकुद आदिसम्बन्धी कायृक्रमहरु सञ्चालनमा ल्याउनु पर्दछ । यसको सञ्चालनको जिम्मा पनि युवाहरुलाई नै दिने हो भने हाम्रा सन्तती कि त रोजगारी कि त यस्तै रचनात्मक कार्यमा व्यस्त भइ कूलतबाट जोगिन सक्छन् ।

लागूपदार्थका दूर्गुणहरुको प्रचारप्रसार गरिनु पर्ने, लागूपदार्थ ओसारपसार गर्ने र विक्री गर्नेलाई कडा कानुन बनाइ लागू गरिनु पर्ने जिम्मेवारी देखिन्छ । यस्तो व्यावहारिक समस्या समाधानका लागि नेपाल सरकारले योजनाबद्ध कार्यनीति बनाउने जनता सामू व्यापक रुपमा प्रचारप्रसार हुनुपर्ने, सरकारी सहयोग मिल्नुपर्ने, गैरसरकारी स.स्थाहरुको कार्यमा सरकारले सहयोग पु¥याउनु पर्ने देखिन्छ । यस विषयमा सर्वसाधारण जनतालाई जागरुक बनाउनु पर्ने देखिन्छ ।

नेपालले पनि अब प्रशासनिक निकायबाट मात्र लागूऔषध नियन्त्रण गर्न असम्भव हुन्छ भन्ने बुझ्नु पर्छ । सबै राजनीतिक दलसँग यसको नियन्त्रणको एजेण्डा बन्नु पर्छ । लागूऔषधको यो समस्या समाधान गर्न प्रहरी, प्रशासन, कानुन व्यवसायी, सरकारी वकिल, अदालतको यो प्रयास पर्याप्त छैन । अर्को अवस्था भन्ने हो भने यी सम्बन्धित निकायहरुको काममा विश्वसनीयताको कमी पनि भएको छ ।

प्रक्रिया नपु¥याएको कारण लागूऔषधको नियन्त्रणमा यथोचित उपलब्धि प्राप्त हुन नसकेको समाजले स्पष्ट महसुस गरेको छ । यसले समाजका मानिसहरु पीडितमाथि पीडित भइरहेका छन् । अभिभावकको हैसियतमा राजनीतिक दल र सम्पूर्ण राज्यले यसको नियन्त्रणमा कसरी लाग्नु पर्छ भन्ने सोच्नु पर्ने बेला आइसकेको छ ।

लागूऔषधको ओसारपसार र दुव्र्यसनले आज हाम्रो समाज र देशलाई मात्र नभएर पूरै विश्वलाई नै पिरोलिरहेको छ भन्दा अत्युक्ति नहोला । हाम्रा असंख्य युवा तथा सिर्जनशील जमात लागूपदार्थको कूलतमा डुबेका छन् । त्यसर्थ लागूऔषधको दुव्र्यसन हाम्रो साझा समस्या हो । लागूपदार्थको सेवनले व्यक्तिको जीवनलाई वर्वाद गर्ने मात्र नभई त्यस्तो व्यक्तिको परिवार, छिमेक तथा समाजलाई नै तनावमा राखी समाज प्रदूषित गर्ने कार्य गर्दछ । लागूऔषधको कूलतमा फस्ने व्यक्तिहरुको कारण समाजमा विभिन्न प्रकारका विकृति तथा अपराधको संख्यामा समेत वृद्धि हुन जानेछ ।

लागूपदार्थको दुव्र्यसनमा फसेका मानिसलाई शारीरिक दण्ड दिएर वा गाली गरेर होइन बरु असल परामर्श दिएर उनीहरुको मनस्थिति परिवर्तन गर्न र दुव्र्यसनबाट मुक्त बनाउन प्रभावकारी कदम चालिनु पर्छ । उनीहरुलाई सम्झाइ, बुझाइ गरेर नसा छोड्न आत्मबल प्रदान गरिनु पर्दछ । यतिले मात्र भएन भने लागूपदार्थ दुव्र्यसनको उपचार गर्ने विशेषज्ञलाई जति सक्दो छिटो देखाउन ढिला गर्नु हुँदैन ।

सल्लाहअनुसार पुनःस्थापना वा सुधार केन्द्रमा जान सकिन्छ । सकेसम्म कोही पनि लागूपदार्थको दुव्र्यसनमा नलागून्, लागिहाले भने पनि परामर्श वा उपचार पाएर पुनःस्थापित होऊ्न । उनीहरुलाई घृणा होइन माया र सहयोग प्राप्त होस् । हामी सबै मिलेर लागूपदार्थको दुव्र्यसनबाट बचौँ र बचाऔँ ।