तुलसीपुर, १४ बैशाख । तुलसीपुरमा विभिन्न व्यक्तिहरुले काँग्रेसमा प्रवेश गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ निवासी सन्दीप भण्डारी, गगन पोख्रेल, यामप्रसाद जैसी, चुमा कुमारी जैसी, जुक्तीकुमारी जैसीलगायतका व्यक्तिहरुले राष्ट्रिय जनमोर्चा परित्याग गरि काँग्रेसमा प्रवेश गरेको वडा सभापति नन्दलाल पुनले जानकारी दिएका छन् ।
उनीलाई गठवन्धनको तर्फ बाट मेयरका उम्मेदवार काँग्रेसका केन्द्रिय सदस्य गेहेन्द्र गिरीले पार्टि प्रवेश गराएका थिए । काँग्रेसलेनै देशको विकास र निकास दिने भन्दै काँग्रेसको नितिर विचार राम्रो भएकाले आफुहरुले अन्यदल परित्याग गरेको सहभागीहरुले बताएका थिए ।
त्यसवसरमा मेयरमा उम्मेदवार गिरीले आगामी स्थानीय निर्वाचनमा काँग्रेस तथा गडवन्धनका उम्मेदवारलाई विजय गराउन लाग्न नवप्रवेसिकाहरुलाई आग्रह गरेका थिए । ‘तपाईहरुले हाल भई रहेका गतिविधि देखि सक्नु भएको छ अव काँग्रेसको विकल्प छैन् गठबन्धनका उम्मेदवारलाई विजय गराउन लाग्नुहोस –गिरीले भने । ’