Goraksha

National Daily

नेता खड्काले घरभाडा छुट गरे

तुलसीपुर, १७ चैत । नेपाली काँग्रेसका नेता जगतबहादुर खड्काले आफ्नो घरमा कोठा भाडामा लिएकाहरूको भाडा नलिने बताएका छन् ।

कोरोना भाइरसवाट चन्न र बचाउन लकडाउन भएको भन्दै आफुले पनि आफ्नो घरमा भाडामा बस्नेहरूलाई लकडाउन भरि भाडा नलिने घोषणा गरेका हुन । तुलसीपुर निवासी खड्काले आफनो घरमा ६ वटा कोठामा विद्यार्थीलगायतका परिवारहरू बस्दै आएको जानकारी दिदै उनीहरुसंग लकडाउन अबधीभरको भाडा नलिने जानकारी दिए ।

‘लकडाउन भयपछि सवैको काम रोकिएकोछ, केहि राहत मिलोस भनेर कोठा भाडा नलिने घोषणा गरेकोहु’ उनले भने । खड्का तुलसीपुरको सितलपुर रोडमा बस्दै आएका छन् । उनी नेपाली काँग्रेस क्षेत्र नं ३ का सभापति तथा ब्यवसायी हुन ।