calander

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  

Goraksha

National Daily

तिहारको टिकाको साइत ११ः५५

अमरराज आचार्य

दाङ, १० कार्तिक । नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार शनिवारदेखि शुरु भएको छ । । शुक्रबार बेलुकी यमदीपदान शुरु गर्नुपर्ने नेपालपञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान शुक्रबारदेखि शुरु हुने भएपनि कागतिहार कात्तिक ९ गते शनिबार परेको समितिका अध्यक्षप्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

यसैगरी धनवन्तरी जयन्ती र धनतेरस पर्व पनिशनिबार नै मनाइएको छ । तिथिको घटबढका कारण यस्तो भएको उनले बताए । कात्तिक १०गते आइतबार बिहान नरक स्नानसहित कुकुर तिहार र बेलुकी लक्ष्मी पूजागर्नुपर्छ । बिहान ११ बजेसम्म कार्तिक कृष्ण चतुर्दशी र त्यसपछि आँैशी तिथि लाग्ने भएकाले शास्त्रसम्म रूपमा पर्वसम्बन्धी निर्णय गरिएको समितिका सदस्य सचिव सूर्यप्रसाद ढुङ्गेलले बताए । गाई, गोरु र आत्म (म्ह) पूजा कात्तिक ११ गते सोमबार गर्नुपर्ने शास्त्रीय वचन रहेको छ ।

एघार गते बिहान ९ः४३ बजेसम्म औँशी तिथि छ । त्यसपछि कार्तिक शुक्ल प्रतिपदाप्रारम्भ हुने भएकाले आत्म (म्ह) पूजा यसै दिन गर्नुपर्ने हुन्छ । कात्तिक १२ गते मङ्गलबार तिहारको मुख्यदिन भाइटीका पर्व मनाइन्छ । बिहान ११ः५५ बजे भाइटीकाको साइतउत्तम रहेको अध्यक्ष गौतमले बताए । कात्तिक १२ गते मङ्गलबार दिनभर टीका लगाउन बाधान परे पनि साइत खोज्नेका लागि अभिजित् मुहूर्तको शुभ साइत दिइएको समितिले जनाएको छ । राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्छ । सर्वसाधारणका लागिदिनभर टीका लगाउनकुनै समस्या छैन ।

कात्तिक १२ गते भाइटीकाकै दिन यसवर्ष नेपाल संवत अनुसार नयाँवर्ष मनाउनुपर्ने पनि समितिले जनाएको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार यस्तो निर्णय गरिएको उनले बताए । यसै दिनदेखि नेपाल संवत् ११४० शुरुहुन्छ । भाइपूजा र नेवारी भाषामा किजा पूजा पनि कात्तिक १२ गते नै गरिन्छ । कात्तिक १३ गते बिहान ६ः१८ बजेसम्म मात्र द्वितीया तिथि रहेकाले कात्तिक १२ गते नै भाइटीका मनाउन शास्त्रसम्मत हुने समितिको ठहर छ ।

चौधरी समुदायमापनितिहारको रौनक वढदै

हिन्दुहरुको दोस्रो पर्व तिहार पर्व पछिल्लो समयमा चौधरी समुदायले पनि मनाउन थालेका छन् । तिहार मनाउनथाले पछि चौधरी बस्तीहरुमा पनि अहिले तिहारको रौनक वढदै गएको छ । पछिल्लो केही बर्ष यता चौधरीहरुले पनि अन्य समुदाय जस्तै गरि मनाउन थालेका हुन । पहिले चौधरी समुदायमा तिहार पर्व मनाउने प्रचलन थिएन । चौधरी समुदायका बुढा पाकाले नमनाए पनि युवाहरुले मनाउन थालेको थारु संस्कृतिविद् अशोक थारुबताए ।

। ‘परम्परागत रुपमा थारु समुदायले तिहारमा टिका लगाउने चलन होइन’संस्कृतिविद् थारु भने । तर पछिल्लो समयमा टिका लगाउने चलन सुरु भएको उनको भनाई रहेको छ । परम्परागत रुपमा चौधरी समुदायले तिहारमा टिका नलगाएर घरका देवी देवताको पुर्जा गर्ने प्रचलनरहेको थारु बताउछन् । ‘थारु समुदायका अधिकास युवावर्गले तिहारमा टिका लगाउनथालेका छन्’ थारुले भने । युवा पुस्ताले लगाए पनि वुढा पुस्ताले भने टिका नलगाउने गरेको उनको भनाइ रहेको छ ।

यसरी चौधरी समुदायले समेत तिहारमा टिका लगाउने थालिएको कार्य सकारात्म रहेको संस्कृतिविद् थारुले बताए । ‘तिहार दिदी, बहिनी तथा दाजुभाइको प्रेमको पर्व हो’ थारुले भने । समाजमा विभिन्न जातजाती भाषाभाषी मिलेर बसेको हुँदाले एकले अर्काको सकारात्मक संस्कार सिक्नु र मनाउने कार्य साकारात्मक रहेको चौधरीको भनाई रहेको छ । यसले गर्दा राम्रो संस्कारको सिकाइहुने गरेको थारु बताउछन् ।