देवी भण्डारी
हापुरे,२२ चैत । बबई गाउँपालिकामा चैत २५ गतेदेखि टाइफाईड विरुद्धको खोप अभियान सुरु हुने भएको छ । चैत २५ गतेदेखि देशभर एकैसाथ हुन थालेको अभियान अन्तर्गत दाङको बबई गाउँपालिकामा पनि २५ गतेदेखि अभियान सुरु हुने भएको हो ।
खोप अभियनमार्फत देशभरका ७ सय ५३ स्थानीय तहमा खोप लगाईदै छ। यसै अनुसार बबई गाउँपालिका स्वास्थ शाखाले मंगलवार एक कार्यक्रमको आयोजना गरी अभियानका बारेमा जानकारी दिएको हो । बबई गाउँपालिकामा रहेका १५ महिनादेखि १५ वर्ष सम्मका करिव ९ हजार ८ सय ७५ जना बालबालिकालाई टाड्ट्फाईट बिरुद्धको खोप लगाउने कार्यक्रम रहेको बबई गाउपालिकाका स्वास्थ शाखा प्रमुख हेमराज ओलीले जानकारी दिएका छन् । उनका अनुसार खोप अभियानका लागि २५ खोप केन्द्र तोकिएको छ । जसमा ५३ जना स्वास्थ्यकर्मी र १ सय ६ जना स्वयमसेवी परिचालन हुनेछन् ।
नेपाल टाइफाइड रोगको उच्च जोखिममा रहेकाले कोही पनि बालबालिकाहरु नछुट्ने गरि खोप अभियान चलाउनुपर्ने ओलीले बताए । टाड्ट्फाईट रोग दुसित पानी र खानेकुराबाट सर्ने भएकाले सरसफाईमा ध्यान दिन सके पनि यो रोगबाट बच्न सकिने बबई गाउपालिकाका स्वास्थ्य शाखा उपप्रमुख शरदराज गिरिले बताए । बबई गाउँपालिकामा पहिलो चरणमा ९ हजार ८ सय ७५ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको छ ।