दाङ,२२ चैत । राष्ट्रिय जनमोर्चाले बंगलाचुली गाउँपालिकामा सुमन घर्तीको संयोजकत्वमा १ सय ५१ सदस्यीय निर्वाचन प्रचारप्रसार समिति गठन गरेको छ ।
जिल्ला अध्यक्ष गणेश आचार्यको उपस्थितिमा भएको भेलाले उक्त समिति गठन गरेको हो । समितिको सचिबालय सदस्यहरुमा तिलक घर्ती , केदार परियार ,संजय वली , भिमबहादुर खत्री, सुर्यबहादुर खत्री, हुकुम राना, बिष्णु परियार र भरत भण्डारी रहेका छन् ।
अन्य सदस्यहरुमा घनश्याम परियार, लोकबहादुर घर्ती, कमल घर्ती, भिमनिधी तिबारी, मिनराज पौडेल, भुमा बुढा, कमला खत्री, रामु घर्ती, जोगिन्द्र घर्ती, देब घर्ती, जागेस्वर खत्रीलगायत १५१ जना रहेका छन् ।
यसैगरी पुरुङ पथन्चौरमा घनश्याम परियार संयोजक र डोमबहादुर पुन सहसंयोजक भएको ७ सदस्यीय प्रचारप्रसार समिति गठन भएको छ । जसका सदस्यहरुमा प्रेमलाल पौडेल, दिलाकुमारी पौडेल, ओभा परियार, सलिना परियार र खिमा खडका रहेका छन् ।