तुलसीपुर, १६ चैत । नेपाली कांग्रेस इकाइ समिति तुलसीपुर–३ ले खानेपानीका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत सम्मान गरिएको छ । काग्रेसले बुधवार दमारगाउँमा एक कार्यक्रमकाविच अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाका नवनिर्वाचित पदाधिकारीहरुलाई स्वागत तथा सम्मान कार्यक्रम गरिएको हो ।
इकाइ समितिका सभापति झुपलाल वलीको सभापतित्व एवं नेपाली काँग्रेसका नेता तथा महाधिवेशन प्रतिनिधि कृष्णकुमार गिरीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा खानेपानीका नवनिर्वाचित अध्यक्ष चन्द्रकान्त खरेल, उपाध्यक्ष केशवराज सापकोटा, सचिव दशरथ वली, कोषाध्यक्ष केशव वली, सहसचिव कमला कुमारी अधिकारी र सदस्यहरुलाई स्वागत सम्मान गरिएको थियो ।
स्वागत सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि काँग्रेसका महाधिवेशन प्रतिनिधि गिरीले विजय हुने सवैलाई बधाई दिदै नवनिवार्चित पदाधिकारीहरुको गाधमा जिम्मेवारी थपीएको बताएका थिए । ‘जनताले तपाईहरुबाट धेरै आसा गरेका छन् सवैलाई स्वच्छ र सहज खानेपानीको आपूर्ति मिलायर खानेपानी सवैको धारामा पु¥याउन तर्फ लाग्नु हुने छ –गिरीले भने ।
उनले खानेपानी संस्था सेवा मुलक संस्थाभएको भन्दै विभिन्न दलवाट निर्वाचनमा भाग लिएपनि अव संस्थामा आएपछि सवैको साझा भएर सवैको मनजितेर अगाडी बढन सुझाव दिए । कार्यक्रममा संस्थाका नवनिवार्चित अध्यक्ष चन्द्रकान्त खरेलले जनताले आफुहरुलाई विश्वास गरेर मतदान गरि जिताएको भन्दै जनचाहना अनुसार सहज खानेपानीको व्यवस्थापन गर्ने बताए । उनले निर्वाचनमा सहयोग गर्ने सवैलाई धन्यवाद दिए ।
कार्यक्रममा नेपाली काँग्रेसका प्रदेश सदस्य विष्णु मल्ल, नेपाली काँग्रेसका क्षेत्रीय प्रतिनिधि राजन खड्का, निवर्तमान सभापति मोहन गुरुङ, मानबहादुर गुरुङलगायतले बधाई ज्ञापन गरेका थिए । इकाई उपसभापति रेशम प्रकाश मल्लको स्वागत मन्तव्यवाट सुरुभएको कार्यक्रमको सहजिकरण इकाई सचिव प्रेम तिवारीले गरेका थिए ।