गोरक्ष समाचारदाता
दाङ, १६ चैत । महिला तथा सीमान्तकृत समुदायको अर्थपूर्ण सहभागिता हुनुपर्ने कार्यक्रमका वक्ताहरूले बताएका छन् । ग्रामीण महिला उत्थान केन्द्रले आयोजना गरेको स्थानीय निर्वाचनमा महिला तथा सीमान्तकृत समुदायको पहँुच बारेमा नागरिक समाज र सञ्चारकर्मी बीच छलफल कार्यक्रममा बोल्ने वक्ताहरूले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्ने वक्ताहरूले महिला तथा सीमान्तकृत समुदायको सहभागिता भए पनि अर्थपूर्ण सहभागिता हुन नसकेको बताए । पूर्ण सहभागिता नहुँदासम्म सहभागिताले मात्र हुने अर्थ नराख्ने उनीहरूको भनाइ थियो । कार्यक्रममा नेपाली कांग्रेस दाङका सचिव अर्जुन योगीले नेतृत्वका लागि आप्mनो क्षमता आत्मविश्वास बढाएर अगाडि बढ्नुपर्ने बताए । नेपाली कांग्रेसले सबैलाई अवसर दिने गरेको बताए । पहँुचमा पुगेर मात्र नहुने भन्दै उक्त स्थानमा पुगेर प्रभावकारी रूपमा आप्mनो भूमिका खेल्न सक्नुपर्ने सचिव योगीले बताए ।
नेकपा एमालेका स्कूल विभाग प्रमुख विवेक श्रेष्ठले नेकपा एमाले महिलाहरूलाई अवसर दिने गरेको बताए । यसका लागि महिलाहरू पनि नेतृत्वसम्म आउन सक्ने क्षमताको विकास गर्ने सक्नुपर्ने उनको सुझाव थियो । राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष गणेश आचार्यले महिलाहरूलाई नेतृत्वमा ल्याउन आफूहरू तयार रहेको बताए । नेपाल पत्रकार महासंघ दाङ शाखा उपाध्यक्ष बसुन्धरा गौतमले हरेका क्षेत्रमा बाध्यकारी बाहेक महिलाहरूलाई सहभागिता नगराउने गरेको बताइन् । घोराही उपमहानगरपालिका वडा नं. १७ का वडा सदस्य रेमन्ता पुनले महिलाहरूलाई सहभागिता मात्र नभइ अर्थपूर्ण सहभागिता बनाउनुपर्ने बताइन् ।
कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष सुशीला पौडेल, नेपाल परिवार नियोजन संघका सचिव माया पोख्रेल, इन्सेकका विनोद केसीलगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा संविधानमा महिलाहरूको सहभागिता, राजनीतिक दलहरूले गराएको महिला सहभागिता, स्थानीय तहमा महिलाहरूको सहभागिताको अवस्थाका बारेमा आधार–पत्र लक्ष्मी आचार्यले प्रस्तुत गरेकी थिइन् । कार्यक्रम ग्रामीण महिला उत्थान केन्द्रका अध्यक्ष आशमानी चौधरीको अध्यक्षतामा भएको थियो ।