एमाले परित्याग गरि ९ जना कांग्रेसमा प्रवेश

तुलसीपुर, ९ चैत्र । घरघर जाऊँ कांग्रेस जिताऊ अभियानको पहिलो दिन बुधबार नेकपा एमाले टोल कमिटीका अध्यक्ष मोहन बस्याललगायत ९ जनाले विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

नेपाली काँग्रेस तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ ईकाइ समितिको घर घर जाऊँ काँग्रेस जिताऊ अभियान तथा नेपाली काँग्रेस शिबपुरटोल ईकाइ समितिको आयोजनामा सम्पन टोलको कोण सभामा तथा अन्तरक्रिया कार्यक्रममा नेकपा एमाले टोल ईकाइ कमिटीका अध्यक्ष मोहन बस्यालसहित एमाले पार्टिबाट मात्रै ५ जना र विभिन्न पार्टीबाट ४ जनाले नेपाली काँग्रेसमा प्रवेश गरेका हुन ।

शिबपुर टोल÷गाँउ ईकाइ सभापती विष्णु पाण्डेको सभापतित्व एंव माहाधिवेशन प्रतिनिधि एवं घर घर जाऊँ काँग्रेस जिताऊ अभियान दाङ जिल्लाका प्रतिनिधी विमल रिजालको प्रमुख आथित्यतामा तथा क्षेत्र नं ३ कि सदस्य एवं घर घर जाऊँ काँग्रेस जिताउ अभियान क्षेत्र नं ३ कि प्रतिनिधी रेश्मी वली एवं प्रदेश नं. ३ ‘क’का सचिव एवं घर घर जाऊँ काँग्रेस जिताउ अभियान प्रदेश प्रतिनिधी किरण के।सी, प्रदेश प्रतिनिधी इन्द्रीरा शर्मा, नबप्रवेशी मोहन बस्याल लगाएकाले मन्तव्य व्यक्त गरे । पार्टिमा नवप्रवेशीहरुलार्ई पाटीको साधारण सदस्यता र अविर खादाले सम्मान गरिएको थियो भने प्रमुख अथिति रिजालले काँग्रेसको सदस्यता प्रदान गरिएको थियो ।

घर घर जाऊँ काँग्रेस जिताउ अभियानमा तुलसीपुर उपमहानगरपालिका वडा नं। ३ स्थीत प्रगति टोल विकाश संस्था, शिवपुर टोल विकास, राप्ती शिवपुर टोल विकास, आर्थिक टोल विकाश र डाँडाशिपुर टोल विकास संस्थाहरुमा नेपाली काँग्रेसबाट घर घर जाऊँ काँग्रेस जिताउ अभियानका प्रतिनिधीहरु र क्षेत्रीय प्रतिनिधीहरु र नेताहरु म्तदाताहरुको घर दैलोमा पुगी तुलसीपुर उपमहाननगरपालिका वडा नंं।३ ईकाई समितिको पाटी कार्यालयमा कोण सभामा परिणत भएको थियो । कार्यक्रमको सहजीकरण ईकाइ सचिव प्रेम तिवारीले गरेका थिए ।