मेरो प्रारम्भिक शिक्षा दिव्यज्योति इङ्लिस बोर्डिङ स्कुलबाट सुरु भएको थियो, त्यसपछि मैले राप्ती विद्यामन्दिरबाट एसएलसी पास गरे । म कक्षामा सधै मनिटर भएर नेतृत्व गर्ने गरेको थिए । तुलसीपुरका युवा व्यवसायी तुलसीपुर नगर जेसीजका अध्यक्ष केशवराज केसीले विगत सम्झँदै त्यसपछि प्लस–टु पढ्न घोराहीस्थित विद्यानीलकण्ठमा भर्ना भएको बताए ।
सानै उमेरमा व्यवसायमा लागेका केसीले आफ्नो जीवनमा धेरै खुसीहरु भए पनि विद्यानीलकण्ठमा म्यानेजमेन्ट संकायमा वि.सं. २०६३ सालमा कक्षा टप हुँदा आफूले पहिलो खुसी प्राप्त गरेको सुनाए । ‘म सानैदेखि कक्षामा मनिटर भएर नेतृत्व लिँदै आएको थिए, एसएलसी पनि प्रथम श्रेणीमा पास भए र म्यानेजमेन्ट संकायमा कक्षा पनि टप भए मेरो पहिलो खुसी त्यति नै हो । ७४ जना विद्यार्थीमा म प्लस–टुमा कक्षा प्रथम भएको दिन म निकै खुसी भएको थिए । जीवनमा पहिलो खुसी त्यतिबेला मलाई लागेको थियो’ केसीले भने । ‘जीवनमा अन्य खुसीहरु थुप्रै छन्, मेरो पहिलो खुसी म्यानेजमेन्ट संकायमा प्रथम हुँदाको हो’, उनले भने ।
वि.सं. २०४६ सालमा साविक हलवार गाविस खाद्रेमा बुवा लेखराज केसी र आमा गोमा केसीको दोस्रो सन्तानको रुपमा जन्म लिएका केसीले प्लस–टु सकेर काठमाडौँमा बिबिएस पढ्न गएको बताए । केसीका बुवाको सपना छोरालाई पढाएर सरकारी जागिर खुवाउने थियो । तर केसी बिबिएसको विद्यार्थी भएको हुँदा उनी जागिरभन्दा पनि व्यवसाय गर्नुपर्छ भनेर काठमाडौँमा व्यवसाय गर्न लागेको बताए । बिबिएस पढ्दै उनले काठमाडौँमै खानेपानी शुद्धीकरण गर्ने फिल्टर सम्बन्धी सीप सिक्दै मासिक २५ सय कमाउन सुरु गरेको बताए ।
केसीले घरबाट पढ्नका लागि पठाएको खर्च र आफूले कमाएको रकम जम्मा गरी वि.सं. २०६६ सालमा कंलकीमा फिल्टरसम्बन्धी सामग्रीको व्यवसाय सुरु गरे । ‘घरबाट पठाएको पैसा र मैले कमाएको गरी करिब १ लाख ३० हजार मैले बचाएको थिए त्यहीबाट मैले व्यवसाय सुरु गरे’, उनले भने । केसीले पढाई सँगसँगै सीप सिकेर आफैले व्यवसाय सुरु गर्दा अर्को खुसी थपिएको बताए । ‘बुवाको लक्ष्य छोरालाई सरकारी जागिर खुवाउने थियो, तर म म्यानेटमेन्टको विद्यार्थी भएकाले व्यवसाय सुरु गरे, त्यो पनि पानी शुद्धीकरण गर्ने फिल्टरको म त्यसमा पनि निकै खुसी भएर व्यवसाय सुरु गरे उनले भने ।
उनले व्यवसायबाट कमाएको पैसा घरमा बुवालाई दिन पाउँदा अर्को खुसी थपिएको बताए । उनले त्यति बेला बुबा पनि खुसी भएको सुनाए । काठमाडौँमा दुर्गा पुरी र ओमप्रकाश सुवेदीले दाङमा जान र दाङमा व्यवसाय गर्न प्रेरणा दिएपछि वि.सं. २०६८ सालमा आफू दाङ फर्किएको बताए । केसीले आफ्नै जन्मथलोमा वि.सं. २०६८ साल मंसिर २६ गते भिनाजु विनोद बस्नेतसँग मिलेर तुलसीपुरमा पानी शुद्धीकरण गर्ने फिल्टर व्यवसाय सुरु गरेको भन्दै आफ्नै ठाउँमा पहिलोपटक व्यवसाय सञ्चालन गर्दा अर्को खुसी मिलेको सुनाए ।
‘दाङमा पानी शुद्धीकरणका लागि आवश्यक सामग्रीहरुको व्यवसाय हामीहरुले सुरुवात गरेका हौं, मानवीय जीवनमा प्रत्यक्ष जोडिएको खानेपानी शुद्धीकरणसम्बन्धी व्यवसाय गर्न पाउँदा पनि खुसी भएको छु’, उनले भने । के एण्ड के किचेन एप्लायर्सका सञ्चालक केसीले त्योसँगै साथीहरु मिलेर टिम इलाभेन टे«ड लिंक, एमआई स्टोरलगायतको व्यवसायमा साथीहरुसँग मिलेर सञ्चालन गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । उनले आफूलगायत एक दर्जन बढी व्यक्तिलाई स्वेदशमै स्वरोजगारी दिन पाएकोमा पनि खुसी व्यक्त गरे ।
‘धेरे पढे–लेखेका मजस्ता विदेश जानुहुन्छ स्वदेशमै केही गर्नुपर्छ भनेर मैले यही व्यवसाय सुरु गरे त्यसमा पनि म खुसी छु’, केसीले भने । उनले आफूहरु जस्तो सचेत युवाहरु विदेशिनुभन्दा स्वदेशमै केही गर्नुपर्छ भनेर आफ्नै ठाउँमा व्यवसाय सञ्चालन गरेको भन्दै ८ हजार बढी सेवाग्राहीहरुलाई सेवा दिएर व्यवसायमा सन्तुष्टि गराउन पाउँदा अर्को खुसी मिलेको सुनाए । उनले साथीभाइसँग टिम वर्कको व्यवसाय सञ्चालन गर्न पाउँदा निकै खुसी लागेको सुनाए ।
उनले व्यवसाय प्रवद्र्धनका लागि थाइल्याण्ड, दुबई मालदिभ्स, कम्बोडिया, चाइना, इन्डियामा आफू जान पाएकोमा अर्को खुसी मिलेको सुनाए । ‘राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा पनि व्यवसायी प्रवद्र्धन र त्यहाँका साथीभाइसँग जोडिएर विभिन्न कुरा सिक्न पाउँदा खुसी लाग्छ’, केसीले भने । तुलसीपुर नगर जेसीजको सन् २०२२ को अध्यक्षको नेतृत्व गर्न पाउँदा अर्को खुुसी मिलेको सुनाए । तुलसीपुर नगर जेसीजमा सन् २०१५ मा प्रवेश गर र सचिव, महासचिव, उपाध्यक्ष अध्यक्ष सल्लाहकार र कार्यकारिणी उपाध्यक्ष हुँदै हाल अध्यक्षको जिम्मेवारी पाउँदा निकै खुसी भएको सुनाए ।
उनले जेसीजमा सर्वाधिक संलग्नता पुरस्कार, उत्कृष्ट पदाधिकारीको पुरस्कार पाउँदा खुसी भएको भन्दै सबैको साथ र सहयोगले आफू व्यवसाय र सामाजिक काममा लाग्न सफल भएको बताए । उनले जेसीजको नेतृत्व सम्हालेसँगै रगतको आपूर्ति, मानवआश्रममा लत्ताकपडा सहयोगका साथै सामुदायिक विद्यालयमा आँखा चेकजाँचदेखि विभिन्न कार्यहरु गर्न पाउँदा खुसी लाग्ने गरेको सुनाए । त्यस्तै आफूले सञ्चालन गरेको व्यवसायमा बुवाले सरकारी जागिर छोडेर आफूलाई सहयोग गरेको भन्दै आफू धेरै खुसी भएको सुनाए ।
‘मेरो घर–परिवारले पनि मैले सञ्चालन गरेको व्यवसायमा सहयोग गर्नु भएको छ सबै व्यवसायमा जोडिनुभयो यो पनि मेरो लागि अर्को खुसीको कुरा हो’, केसीले भने । त्यस्तै केसीले वि.सं. २०७१ सालमा छोरा जन्मँदा तथा वि.सं. २०७७ मा घरमा छोरी लक्ष्मीको रुपमा जन्मँदा पनि खुसी लागेको सुनाए । उनले त्यतिबेला आफ्नो जिम्मेवारी बढेको बोध भएको उनले बताए ।
व्यवसाय समाज सेवा सँगसँगै २०६३ सालमा विद्यार्थी जीवनबाट राजनीतिमा जोडिएका केसीले नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुँँदा पनि अर्को खुसी लागेको सुनाए । ‘म २०६३ सालमा विद्यानिलकण्ठमा पढदा नेविसंघको प्रतिनिधिको रुपमा छनोट भएकोथिए, त्यसपछि हाल पार्टीको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भए म त्यसमा पनि खुसी छु’, उनले भने ।
सबैको साथ, सहयोग र मायाममताले राजनीति तथाव्यवसायमा सफलता हासिल गर्न सफलभएको भन्दै केसीलेखुसी यक्त गरे ।त्यस्तै आफ्नैकमाइले घर–गाडीजोड्न सफलभएकोमा पनिखुुसी व्यक्त गरे ।
प्रस्तुती : बालाराम खड्का