मानसिक स्वास्थ्यप्रतिको सामाजिक मानसिकता

भूवन पोख्रेल
कोभिड–१९ का कारण संसारभरि नै लगभग दुई वर्ष कतिपय सामाजिक गतिविधि नै अवरुद्ध भए । लकडाउन, निषेधाज्ञा, क्वारेन्टाइन र आइसोलेशनजस्ता संक्रमण, रोकथाम र उपचारका उपायका कारण भौतिक रुपमा एकअर्कासँग नजिकिन पाएनन् ।

साथीभाइ, इष्टमित्र सबैबाट टाढा रहे सको असर मानसिक स्वास्थ्यमा पर्न पुग्यो । कोरोना अवधिभर एनजाइटी, डिप्रेसन र अरु मानसिक समस्या विश्वभर बढेको अभ्ययनको निष्कर्ष छ । नेपालमा पनि अवस्था यही देखिएको छ । अस्वाभाविक उदासी देखिनु, भोक–निद्रा नलाग्नु, रिस उठ्नु, डर, चिन्ता पैदा हुनु मानसिक तनावका लक्षण हुनु ।

विश्व स्वास्थ्य संगठनका अनुसार मानसिक स्वास्थ्यलाई कल्याणकारी अवस्थाको रुपमा परिभाषित गरिउको छ । जसमा व्यक्तिले उसको आफ्नै क्षमताहरु महसुस गर्दछ । जीवनको सामान्य तनावसँग सामना गर्न फलदायी र फलदायी काम गर्न सक्दछ र एक बनाउन सक्षम हुन्छ उनको वा उनको समुदायमा योगदान । मानसिक स्वास्थ्यले कसैको भावनात्मक, मनोवैज्ञानिक र सामाजिक कल्याणको वर्णन गर्दछ ।

हाम्रो मानसिक स्वास्थ्यले हाम्रो खाने बानी, शारीरिक, गतिविधिको स्तर, पदार्थ प्रयोग व्यवहार र हामी कसरी सोच्छौा, महशुस गर्छौं र कठिन परिस्थितिहरुको सामना गर्छौं त्यसलाई असर गर्छ । हामी हरेक दिन मानसिक स्वास्थ्य सामना गर्छौँ । एक व्यक्तिको मानसिक स्वास्थ्य उनीहरुको शारीरिक स्वास्थ्य जत्तिकै महत्वपूर्ण छ । मानसिक स्वास्थ्य अवस्था शारीरिक रोगहरुको जत्तिकै वास्तविक हो । मानसिक स्वास्थ्य भावनात्मक, सामाजिक र मनोवैज्ञानिक कल्याणबाट बनेको छ ।

मानसिक स्वास्थ्यमा निम्न कदम चाल्नसके सुधार गर्न सकिन्छ । सकारात्मक रहनुहोस्, शारीरिक रुपमा सक्रिय हुनुहोस्, अरुसँग आफूलाई तुलना गर्नुहोस् । धेरै निद्राको समय लिनुहोस् । ध्यान र मानसिक अभ्यास गर्नुहोस् । तनाव र गाह्रो परिस्थितिको सामना गर्न सिक्ने । मानसिक स्वास्थ्यसम्बन्धी जनस्तरसम्म सचेतना जगाउन सकियो भने मानसिक रोगबाट त बाँचिन्छ नै कैयौलाई आत्महत्याबाट पनि जोगाउन सकिन्छ ।

अझ कोभिड–१९ को पहिलो र दोस्रो लहरपछि मान्छेमा मानसिक अस्वस्थता बढ्दै गएको छ । परिवारबाट टाढा, व्यस्त दैनिकी र सहरी जीवनशैलीले पनि पछिल्लो समय विभिन्न प्रकारका मानसिक तनावबाट गुज्रिनुपर्छ । यस्तो अवस्थामा मानसिक स्वास्थ्यका कुरा गौण बन्न पुगेका छन् । तथापि, कछुवा गतिमा भए पनि सहरमा मानसिक स्वास्थ्य बारे चर्चा–परिचर्चा हुन थालेको छ । व्यस्त जीवनशैली बिताउने सहरबासी बेला–बेला मनोचिकित्सकसँग परामर्श लिन थालेका छन् तर मनोचिकित्सकसँग परामर्श लिने गरेको विषय सहज रुपमा लिने वातावरण भने अझै बन्न सकेको छैन ।

कैयौँ अभिभावक सन्तानको भविष्यको विषयलाई लिएर कुनै न कुनै रुपमा मानसिक तनावबाट गुज्रिरहेका हुन्छन् । अधिकांशलाई मानसिक स्वास्थ्यको विषय त परको कुरा, यस्तो अवस्थालाई कसरी सहज रुपमा लिने भन्ने आधारभूत ज्ञान समेत छैन । मानसिक रुपमा अस्वस्थ अवस्था हुँदा मानिसको उक्त व्यक्तिलाई हेर्ने नजर नै फरक हुन्छ । कैयौँ मानिसले मानसिक रोगका कारण आत्महत्या गरेको अध्ययनहरुले देखाएको छ ।

विशेष गरी गाउँघरमाभन्दा पनि सहरबजारमा बसोबास गर्ने प्रायः सबै उमेरका व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक समस्या हुने अध्ययनहरुले औलाएका छन् । सहरमा त पढेलेखेका मान्छेले आफू मानसिक रुपमा अस्वस्थ छु भन्ने महसुस गरेपछि मनोचिकित्सकको परामर्श लिन्छन्, उपचार गर्दछन् र प्रारम्भिक चरणमै सामान्य अवस्थामा फर्किन्छन् । सहरमै पनि विपन्न गरीब तथा ग्रामीण भेगमा धेरैजस्तो नेपालीले अझै पनि यसबारे खुलेर चर्चा गर्दैछन् ।

कसैले थाहा पाइहाल्छ कि भन्ने डरले मानसिक रोग पालेर बस्छन् । अझ दुःखलाग्दो त मानसिक समस्या भएका व्यक्तिलाई सहयोग तथा उपचार गर्नुको सट्टा घरपरिवार र समाजले बोलाएछ या दिमाग खुस्केछ भनेर प्रताडित गर्दछन् । यस्तो अवस्थामा मानसिक समस्याबाट गुज्रिरहेका व्यक्ति र परिवारका सदस्यले थप पीडा भोगिरहेका हुनछन् । उनीहरुलाई यसबारे कसरी कुराकानी गर्ने भन्ने आधारभूत जानकारी पनि हुँदैन । जसले समस्या जटिल बन्ने गरेको पाइन्छ ।

प्रारम्भिक चरणमै मानसिक स्वास्थ्यबारे घरपरिवारसँग छलफल गर्न नसक्दा वा घरपरिवारले बेवास्ता गर्दा कतिपय व्यक्रि घर छाड्न वाध्य हुन्छन् भने कतिपय मानसिक रोगी बन्छन् । मानसिक अस्वस्थता बढ्दै गएपछि कार्यक्षमतामा ह्रास मात्र ल्याउँदैन, यसले थप समस्या निम्त्याउँछ । यस्ता कुरालाई मध्येनजर गर्दै केही समय यता सरकारी तथा निजी स्वास्थ्य संस्थाले निःशुल्क मनोसामाजिक परामर्श सेवा दिन थालेका छन् । कतिपय गैरसरकारी संघसंस्थाले पनि यस्ता परामर्श सेवा सञ्चालन गरिरहेका छन् ।

अब सरकारी तथा गैरसरकारी संघस.स्थाले रेडियो, पत्रपत्रिका तथा टेलिभिजनबाट पनि यसबारे जानकारी दिन आवश्यक छ । यस्तै सरकारी संघसंस्थाले रेडियो, पत्रपत्रिका तथा टेलिभिजनबाट पनि यसबारे जानकारी दिन आवश्यक छ । तीनै तहका सरकारले मानसिक स्वास्थ्यका विषयमा सचेतनाका लागि कार्यक्रम सचालन गर्न र संघसंस्थालाई सहयोग गर्नु उत्तिकै आवश्यक छ । मानसिक स्वास्थ्य समस्याप्रतिको हाम्रो सामाजिक मानसिकता एकदमै नकारात्मक छ । मानसिक समस्याबाट थुप्रै व्यक्ति प्रताडित छन् तर आफ्नो मानसिक समस्या कस्तो हो, पहिचान हुन सकेको छैन ।

मानसिक समस्यालाई व्यक्तिले हतपत्रि बाहिर ल्याउन सक्ने सहज वातावरण पनि हामी सामू छैन । एन्जाइटी, डिप्रेसन, तनाव आदि पनि मानसिक समस्या हुन् । हामीकहाँ हिस्टेरिा केटीहरुलाई मात्र हुन्छ र यो यौनकुण्ठा दबाएका कारणले मात्रै हुन्छ भन्ने गलत भ्रम छ तर वास्तवमा यो समस्या महिला, पुरुष, तेस्रोलिङ्गीलाई पनि हुन्छ । मनमा दबिउका जुनसुकै कुण्ठाका कारण हिस्टेरियाको समस्या देखापर्दछ तर केटी वा महिलाहरुमा बढी देखापर्छ ।

विद्यालय उमेरका कैयौँ किशोरीहरुमा त्यस्तो मानसिक समस्या देखापर्छ तर अशिक्षित, विकट ग्रामीण भेगमा यसलाई मानसिक स्वास्थ्यको रुपमा बुझेर उपचार र परामर्शको साटो देउता लागेको भनेर धामी–झाँक्रीतिर दौड्ने गरेको देखिन्छ । हिस्टेरियाको कारण मानसिक हुने तर लक्षण शारीरिक रुपमा देखापर्ने हुन्छ । मानसिक रोगको औषधी खाइरहेका शिक्षित व्यक्तिहरु पनि आफ्नो रोगको विषयमा कसैलाई पनि थाहा नहोस् भन्ने चाहन्छन् ।

हामी कोही बिरामी भयाँै र आफन्त साथीभाइहरुसँग भेट भयो भने आफ्नो विमार र खानुपर्ने औषधीहरुबारे सुनाउन आतुर हुन्छौँ तर किन यसरी नै मानसिक समस्याबारे खुलेर कुरा गर्न सक्दैनौँ ? गाउँतिर २७÷२८ वर्षका एकजना व्यक्ति खाना नखाने, एकोहोरो भएर बस्ने, कम बोल्ने गर्न थालेपछि जंगली देवता लागेको भनेर धामी–झाँक्रीले कुखुरा, बोका, चढाएर हुनेसम्मका गतिविधिबाट उपचार गर्दै थिए तर उनले आत्महत्या गरेका रहेछन् ।

किनभने पछि थाहा भयो ती व्यक्तिलाई डिप्रेशन भएको रहेछ । आत्महत्याको प्रमुख कारण डिप्रेसन हो, किन त्यतातिर हाम्रो ध्यान जान सकेको छैन । आखिर कहिलेसम्म डिप्रेसनलाई कुखुरा, बोका पूजा गरेर बस्ने ? हाम्रो समाज अहिले पनि परम्परागत उपचार विधिमा विश्वास गर्छ । परम्परागत उपचारको विश्वास नै नगर्ने भभन्ने होइन तर उपचारको एक छेउमा यसलाई पनि राख्न सकिन्छ । अन्धविश्वासमा परेर बस्न भने हुँदैन ।

विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई परिभाषित गर्ने क्रममा शारीरिक स्वास्थ्यसँगै मानसिक स्वास्थ्यलाई पनि उत्तिकै महत्वका साथ जोडेको छ तर हाम्रो परिवेशमा हेर्ने हो भने एकातिर मानसिक समस्या बढ्दै गइरहेको छ भने अर्कोतिर हाम्रो समाजले यसलार्य पूर्वजन्मको पापको रुपमा नकारात्मक ढङ्गले सोच्ने, व्यवहार गर्ने र सकेसम्म रोग लुकाएर बस्ने अवस्था छ ।

एउटा स्वस्थ सामाजिक व्यवहारको लागि व्यक्ति मानसिक रुपमा स्वस्थ हुनैपर्छ । हाम्रो नेपालको सन्दर्भलाई हेर्दा दशवर्षे सशस्त्र द्वन्द्व प्रताडित भएको देश, महाभूकम्पले दिएका पीडाका पराकम्पहरु अझै खेपिरहेको देश, हाम्रो सामाजिक संरचना, लैङ्गिक जातीय, वर्गीय विभेदले धमिलिएको समाज, कोभिड–१९ का कारण जनताको शारीरिक, मानसिक, आर्थिक आदि पक्षमा पर्न गएको नकारात्मक असर आदि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा मानसिक स्वास्थ्यसँग जोडिएको छ ।

रोग चाहे शारीरिक होस् वा मानसिक त्यसले गर्ने क्षति आखिर क्षति नै हो । दुवै समस्याले व्यक्तिका सामान्य दिनचर्यामा नराम्रो दखर पु¥याउँछ र एउटा उज्यालो संसारबाट पर पु¥याउँछ । हामी अहिले सचेत नभए कहिले हुने ? सरकार तथा सम्बन्धित निकायहरुले मानसिक स्वास्थ्य समस्याबारे जानकारीलाई व्यापक बनाउन उत्तिकै आवश्यक छ ।

गरिबी र मानसिक स्वास्थ्य समस्याप्रति अन्योन्याश्रित सम्बन्ध छ । महामारीमा रोजगारी र आय आर्जनका उपायहरु संकुचित हुँदा गरिबी बढेको छ । यस्तै वंशाणुगत, तनावको सामना गर्ने व्यक्तिगत क्षमता र पारिवारिक जीवनमा आएको विचलनजस्ता सदावहार समस्या त छँदैछन् । यसमा पनि आर्थिक पाटो जोडिन सक्छ । हाम्रो जस्तो समाजमा जातीय विभेद पनि यसको एउटा कारक हुनसक्छ ।

हाम्रो समाजमा मानसिक स्वास्थय समस्याबारे धेरै भ्रम छन् । बालबालिका र किशोर–किशोरीलाई मानसिक समस्या हुँदैन, मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरु आक्रामक हुन्छन् । यो समस्या व्यक्तिगत कमजोरीका कारण हुन्छ भन्ठान्नेहरु धेरै छन् । कतिले त यसलाई नाटक ठानेर समस्याको बेवास्ता गर्छन् । यी सबै भ्रम चिर्न पनि चेतना फैलाउनु जरुरी छ । समाजमा अनावशयक रुपमा हेलाको पात्र भइएला भनेर पनि यो समस्या लुकाउने प्रचलन छ । जसलाई तोड्न पनि समाज यस सम्बन्धित जागरणको खाचो छ ।

मानसिक असन्तुलन भएका व्यक्तिमा अत्यधिक रिसाउने, तोडफोड गर्ने, अनावश्यक शंका गर्ने, घमण्ड गर्ने, ठूलो स्वरमा बोल्ने समस्या हुन्छ । मानसिक असन्तुलन, कडा खालको मानसिक रोग हो । रोगको वास्तविकता थाहा नहुने, कानमा कुनै किसिमको आवाज सुन्ने आदि कडा मानसिक रोगका लक्षण हुन् । मनोरोग भएमा कुनै अप्ठ्यारो नमानी मनोचिकित्सक र साइक्याट्रिस्टलाई भेट्नु पर्छ । किनभने हामी खुसी भयौँ भने मात्रै पूर्ण रुपमा स्वस्थ हुन सक्दछौँ ।

मानसिक रोगलाई पागलको रुपमा हेर्ने सामाजिक दृष्टिकोणले गर्दा यो रोगलाई लुकाउने गरेको पनि पाइन्छ । आखिरी अवस्था भएपछि मात्र छताछुल्ल भएर बाहिर आउने गरेको छ । त्यसैले शंका लाग्नासाथ उपचारको बाटो पहिल्याउनु पर्छ । मानसिक रोगलाई सुरुमै उपचार ग¥यौँ भने ठिक हुन्छ होइन भने खतरा बढ्दै जान्छ । समाजमा मानसिक रोगबारे गलत धारणा व्याप्त छ । परिवारको कोही मानसिक रोगबाट ग्रस्त छ भने उसलाई र स्वयम् उसको परिवारलाई समाजले हेर्ने दृष्टिकोणमा पनि फरक देखिन्छ ।

चाहिनेभन्दा बढी आशा नगर्ने, जे छ त्यसमा सन्तुष्ट र खुसी हुने गर्नुपर्छ । मिहिनेत गर्न नछोड्ने, लागूपदार्थ सेवन नगर्ने, रक्सी र चुरोटको कूलतमा नफस्ने गर्नाले पनि मानसिक रुपमा स्वस्थ रहन सकिन्छ । मनमा रहेका समस्या आफ्नो मनमिल्ने साथीसँग शेयर गर्नाले मानसिक रोग लाग्ने सम्भावना कम हुन्छ । सन्तुलित खाना, स्वास्थ जीवनशैली, ध्यान आदिले पनि मानसिक तनावबाट जोगिन मद्दत गर्दछ ।

जहिल्यै पनि सकारात्मक सोचाइ राख्नुपर्छ, गलत सोचाइले गलत परिणाम निम्त्याउँछ । अनावशयक कुरामा बारम्बार एकोहोरो गहिरो सोचाइ नगर्ने, रुढीवादी कुरामा विश्वास नगर्ने, सन्तुष्टि र सुखी बन्ने । सिक्ने बानी बसाल्नु पर्छ । मानसिक रोगीलाई हेला गर्ने, यातना दिने अबुझपन हो । यस्ता रोगीलाई दया, माया र सकारात्मक व्यवहार औषधी बन्नसक्छ ।