तुलसीपुर,२ चैत । नेपाल नेत्रज्योति संघका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गरेर आँखा उपचार सेवालाई प्राथमिकतामा राख्न माग गरेको छ । नेपाल नेत्रज्योति संघका अध्यक्ष डा चेतराज पन्तको नेतृत्वमा संघका पदाधिकारीले देउवासँग आगामी योजना सञ्चालन गर्न सरकारको सहयोग माग गरेको हो ।
संघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री देउवाले आँखा सम्बन्धि रोगको उपचारलाई सरकारले प्राथमिकतामा राखेको बताउँदै संघले आँखा स्वास्थ्य गरिरहेको कामको प्रशंसा गरेका थिए । देउवाले संघलाई प्रयाप्त बजेट विनियोजन गर्ने आश्वासन दिएको नेपाल नेत्रज्योति संघका अध्यक्ष डा।चेतराज पन्तले बताए । सो अवसरमा संघले देशभरि आँखा उपचारका क्षेत्रमा गरिरहेको क्रियाकलापको विवरण प्रस्तुत गरेको थियो ।
संघले देशभरिका २७ वटा आँखा अस्पताल र १४८ आँखा उपचार केन्द्र मार्फत ९० प्रतिसत जनतालाई आखा उपचार सेवा प्रदान गरिरहे छ । नेपाल नेत्रज्योति संघले अन्धोपन निवारणमा खेलेको भुमिका, हालसम्म भएगरेका गतिविधि, भावी रणनीतिका वारेमा प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष जानकारी गराएको केन्द्रीय सदस्य कृष्णकुमार गिरीले जानकारी दिए ।
भेटघाटमा नेपाल नेत्रज्योति संघका केन्द्रीय सदस्य दाङका सभापति कृष्णकुमार गिरीले राप्ती आँखा अस्पताललाई नेत्र विज्ञान प्रतिष्ठानको रूपमा विकाश गर्ने योजना अगाडि बढायको जानकारी गराएका थिय । त्यसैगरी नेपाल सरकारका गृहमन्त्री वालकृष्ण खाँडसंग पनि भेटघाट तथा छलफल भएको थियो ।
केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्त, महासचिव भरतबहादुर चन्द, कोषाध्यक्ष दोर्ण बुरागाई, माननीय पदमनारायण चौधरी, केन्द्रीय सदस्य कृष्णकुमार गिरी, वाईडी सापकोटा, मञ्जु कँडेल,चिजकुमार मास्के प्रोग्राम डाईरेक्टर शैलेश मिश्रलगायतको प्रतिनिधि मन्डलले प्रधानमन्त्री र गृहमन्त्रीलाई भेटगरेको हो ।