समाज कल्यानद्वारा खाद्यान्न सहयोग

दाङ,१ चैत । समाज कल्याण केन्द्र नेपालले प्रेरणाका लागि अभियान नेपालले कुईरेपानीलाई जिन्सी तथा खाद्यान्न सहयोग गरेको छ ।

समाज कल्याण केन्द्र नेपालका अध्यक्ष निर्मला गौतमको अध्यक्षता तथा लोक सस्कृतिविद डा गोविन्द आचार्यको प्रमुख आतिथ्यता तथा सस्थाका अध्यक्ष श्रीधरकुमार लम्सालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जिन्सी तथा खाद्यान्न सामग्री सहयोग गरिएको हो ।

सहयोग हन्तारन्तरण कार्यक्रममा नेपाली कांग्रेसका वडा वडा सभापति शरद बुढाथोकी, सस्थाका सचिब गुणाकर भुसाललगायतको सहभागीता रहेको थियो । निरजा पोख्रेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सुमीत्रा गौतमले गरेकी थिइन । प्रेरणाका लागि अभियान नेपालले अनाथ तथा असाहय व्यक्तिहरुलाई राखेर पाल्दै आएको छ ।