नेपाली कांग्रेस वडा कार्यलयको स्थापना

शिव राज खनाल
लमही,२९ फागुन । दाङको लमहीमा वडा नम्बर ५ को वडा कार्यालयको उद्घाटन गरिएको छ । वडा सभापती नेत्रराज सिंह ठकुरीको सभापतित्व तथा लमही नगरपलिकाका नगर सभापती सन्तोष बुढाथोकी प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै लमही नगरपालिका सभापति सन्तोष बुढाथोकीले नेपाली काङ्ग्रेसका सम्पुर्ण कार्यकर्ता तथा आस्थावान सबैलाई जनस्तरमा पुग्न अनुरोध गरेका छन । कार्यक्रमका बिशिस्ट अतिथी समेत रहेका लुम्बिनी प्रदेश का प्रदेश प्रतिनिधि कुमार घिमिरेले सम्पुर्ण काङ्ग्रेस एकजुट भनेर लागे कुनै शक्तिले हल्लाउन नसक्ने कुरो बताए ।

लमही नगरपालिका ५ मा रहेको पुरानो पार्टी कार्यलयको भबनमा वडा कार्यलयको स्थापना गरिएको हो । लमही नगरपालिका वडा नम्बर ५ का सभापति नेत्रसिंह ठकुरीको अध्यक्षता, लमही नगरपालिका वडा नम्बर ५ का सचीव कौसल अधिकारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण वडा सहसचिव पारस बेल्बासे (प्रकाश) ले गरेका थिए ।

साथै काङ्ग्रेस बाहेको कुनै पार्टीको बिकल्प नभएको भन्दै अन्कित चौधरी, सन्देश यादब , प्रभुनाथ चौधरी , पवनकुमार यादब , वीरबल चौधरी , टोपलाल भुसाललगाएतका युबाहरुले नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन ।कोषाध्यक्षमा शिवप्रसाद चौधर , सदस्य शशी कुमारी चौधरी ,अर्जुन चौधरी , कालीप्रसाद चौधरी, बिरबल चौधरी सल्लाहकार समिति सदस्यमा क्षेत्रीय सभापति भेषराज पाण्डे , प्रदेश ख सभापति दिनेश गिरि, नगर सभापति सन्तोष बुढाथोकी , कृष्ण थापा, हनुमान चौधरी, रति नेपाली, माधबप्रसाद घिमिरेलाई मनोनयन गर्दै वडा समितिले पूर्णता पाएको छ ।