एसएलसी पास गर्दा …

पढाइ, लेखाइमा म पहिलेदेखि नै टाठो थिएँ । देशमा तत्कालीन द्वन्द्व चकिएको थियो । कहिले कुन कार्यक्रम कहिले कमिटी गठन भनेर हाम्रो नाम आउँथ्यो । तत्कालीन द्वन्द्वरत पक्ष विपक्षको चेपटमा हामी विद्यार्थी पर्ने गरेका थियौँ । अर्घखाँची पाणिनी गाउँपालिका–७ मा जन्मिएर हाल कर्म थलो दाङ बनाएका बाबुराम न्यौपानेले भने । त्यसका बाबजुत हामीलाई कतिपटक पुलिसले लग्यो तर मैले पढाइ भने छोडिनँ ।

मलाई मेरो पढाइ ठूलो थियो । मध्यम खाले परिवारमा जन्मेको मलाई जसरी पनि पढेर जागिर खानुपर्छ भन्ने थियो । राजनीतिप्रति मेरो कुनै वास्ता थिएन । त्यसकावावजुद पनि मैले २०६० सालमा कमला मावि पालीबाट एसएलसी पास गरेँ, त्यो पनि प्रथम श्रेणीमा । एसलसी पास गर्नु भनेको ठूलो उपलब्धि हासिल गर्नु भन्ने हामीलाई एउटा दिमागमा छाप परेको थियो । ५७ जना विद्यार्थी मध्येबाट हामी ७ जना मात्र पास भएका थियौँ, त्यसमा पनि ३ जना प्रथम श्रोणीमा ।

त्यसमाथि मेरो नाम प्रथम श्रेणीमा थियो । ‘मेरो जीवनको पहिलो खुसी एसएलसी पास हो, त्यही नै लेखिदिनुहोला’, उनले भने, ‘त्यो दिन आफूभन्दा पनि बढी बुबा खुसी भएको दिन थियो ।’ ‘बुबाले म कक्षामा प्रथम हुँदा पनि मिठाइ बाँड्नुहुन्थ्यो, एसएलसी पास हुँदाको दिन झन उहाँले कति खुसी हुनुभयो होला आफै सोच्नुहोस’, न्यौपाने भन्छन् । तुलसीपुर उपमहानगरपालिकाका तथ्याङ्क अधिकृत न्यौपानले डिग्री गर्दाभन्दा पनि आफू एसएलसी पास गर्दा खुसी भएको बताए । त्यस्तै उनले पढ्दाबढ्दै आफ्नो विवाह भएको र विवाहपछि पहिलो सन्तान जन्मिएको दिन पनि अर्को खुसी थपिएको बताए ।

उनले विसं २०७३ सालमा घरमा छोरा पहिलो सन्तानको रूपमा जन्मदा अर्को खुसी प्राप्त गरेको सुनाए । ‘मेरो पहिलो सन्तान जन्मँदा पनि मलाई अर्को खुसी मिलेको थियो, किनभने जिम्मेवारी बढेको र आफू अब परिपक्व भएको मलाई त्यतिबेला भित्री आत्मादेखि लागेको थियो । त्यस्तै ७ वर्षसम्म पढ्दै पढाउँदै गरेर एमएस्सी साइन्स म्याथमा डिग्री गरेका न्यौपानेले व्याचलेर पढ्दा बढदै पाल्पा जिविसमा प्रशासन पाँचौ तहमा नाम निकाल्दा खुसी लागेको सुनाए तर उनले त्यहाँ जागिर भने विभिन्न कारणले खान पाएनन् ।

त्यसपछि अब लोक सेवा पढेर नाम निकाल्छु भनेर उनी लोक सेवाको तयारीमा लागेको बताए । लोक सेवामा ४ पटकसम्म वैकल्पिकमा नाम निकालेका न्यौपानले धेरैपछि जागिरमा नाम निकालेको बताए । ‘म ४ पटकसम्म नाम निकालेर वैकल्पिकमा परेँ, त्यति गर्दा पनि मैले हार मानेन’, उनले भने । लोकसेवा आयोगबाट तथ्याङ्क सहायकमा नाम निकालेका न्यौपानेले सरकारी जागिरमा नाम निकाल्दा अर्को खुसी मिलेका सुनाए । ‘मेरो पारिवारिक अवस्था कमजोर नै थियो, मैले जसरी पनि जागिर खानुपर्छ भन्ने मेरो लक्ष्य थियो, म त्यसमा सफल भएँ, म त्यतिबेला पनि खुसी भएको थिएँ’, उनले भने ।

विसं २०६५ साल असोज १८ गते कपिलवस्तुमा उनको पोस्टिङ भयो र केही समय त्यही जागिर खाएको बताए । ‘मैले पढाउँदा १ लाख बढी पैसा कमाउँथे तर जागिरमा कम थियो, फस्ट मेन भएको मान्छे म सेकेन्डमेन हुँदा अलि खुसी भएन, फेरि लोक सेवाको तयारीमा लागेँ’, उनले भने । न्यौपानेले लोक सेवा आयोगको अर्को परीक्षामा तथ्याङ्क अधिकृतमा नाम निकाल्दा अर्को खुसी थपिएको बताए । विसं २०७६ पुस १३ मा तुलसीपुर उपमहानगरपालिकाका तथ्याङ्क अधिकृतको रूपमा नियुक्त हुँदा आफूले लिएको लक्ष्य प्राप्ति भएको भन्दै खुसी भएको बताए ।

तथ्याङ्क अधिकृतसँगै सूचना अधिकारीको जिम्मेवारी समेत पाएका न्यौपानेले उपमहानगरपालिकामा सूचना शाखालाई व्यवस्थित र सूचना शाखाबाट आफूले कार्यसम्पादन गर्न पाउँदा खुसी भएको बताए । ‘तुलसीपुर उपमहानगरपालिकाका सूचना शाखाको जिम्मेवारी पाएपछि धेरै काम गर्ने मलाई अवसर मिल्यो यसमा पनि म खुसी छु’, उनले भने । मिजासिला कर्ममा विश्वास गर्ने न्यौपानेले आफूले ७ वर्ष शिक्षण गर्दा धेरैलाई शिक्षाको उज्यालो बाढेको भन्दै त्यसमा पनि खुसी भएको बताए । उनले बुटवल तथा काठमाडौंका स्कूल–कलेजहरूमा धेरै विद्यार्थीहरूलाई पढाएको र आफूले पढाएका विद्यार्थीहरू विभिन्न क्षेत्रमा रहेको भन्दै उनको प्रगति देख्दा खुसी लाग्ने गरेको सुनाए ।

‘मैले पढाएका विद्यार्थीहरू अहिले ठूलो–ठूलो पदमा हुनुहुन्छ, उहाँहरूले सम्झँदा पनि खुसी लाग्छ’, न्यौपानेले भने । काडमाडौंको क्यापिटल हिल कलेजमा कोअर्डिनेटरको भूमिकामा रहेर काम गर्ने अवसर पाएकोमा पनि खुसी व्यक्त गरे । ‘मैले धेरै ठाउँमा कर्म गरेँ तर सबैतिर मैले राम्रो गरेको छु म त्यसैमा खुसी छु’, उनले भने । न्यौपानेले विभिन्न संघर्षभित्र पनि संघर्षलाई छिचोल्दै अवसरमा बदलेर आज यहाँसम्म आउन पाउँदा खुसी लागेको सुनाए । त्यस्तै उनले अर्को खुसी श्रीमतीले शिक्षक सेवा आयोगबाट नाम निकाल्दा लागेको पनि सुनाए ।

‘श्रीमतीको इच्छा पनि सरकारी जागिर खाने थियो, उनले पनि शिक्षा क्षेत्रमा सेवा गर्न पाएकी छिन्, त्यसमा पनि म खुसी छु’, उनले भने । घरको साहिँलो छोरा न्यौपानेले अन्य दाजुभाइले पढ्न, लेख्न र जागिर नपाए पनि आफूले बढेर लेखेर जागिर गरेको र बुबाको इच्छा पूरा गरेकोमा खुसी व्यक्त गरे । ‘म सामान्य परिवारमा जन्मेर पनि बुबाको इच्छा र मेरो इच्छा पूरा गरेँ, म त्यसैमा खुसी छु, पढ्न सकिँदैन कि भन्ने थियो तर जनतन संघर्ष गरेर पढेँ र आज यहाँसम्म आइपुगेको छु । यो नै खुसीको कुरा हो’, उनले भने ।

उनले आफूलाई साथीभाइ, घरपरिवार सबैले सहयोग गर्ने गरेको भन्दै आफूले सबैबाट सहयोग पाउँदा पनि खुसी लाग्ने गरेको सुनाए । ‘कर्म गरे फल पाइन्छ भन्छन्, मैले मेरो संघर्ष र कर्म गरेर अहिले यहाँसम्म आएको छु, जीवन संघर्षभित्र नै मैले धेरै खुसीहरू पाएको छ’, न्यौपानले भने । उनले आत्म सन्तुष्टि, धीर्रताले संघर्षभित्र पनि धेरै खुसीहरू मिल्ने अनुभव गरेको बताए ।

प्रस्तुती : बालाराम खड्का