दोस्रो लक्ष्मण डाँगी स्मृति कपको उपाधी पद्मोदयलाई

लक्ष्मण बस्नेत
दाङ,२२ फागुन । दोस्रो लक्ष्मण डाँगी स्मृति कप अन्तर बिद्यालय फुटबल प्रतियोगिता–२०७८ को उपाधी पद्मोदय पब्लिक नमूना माध्यमिक बिद्यालय घोराहीले जितेको छ ।

वेष्ट नेपाल फुटबल एकाडेमीको आयोजनामा आइतवार घोराहीको भरतपुर मैदानमा भएको फाइनल खेलमा ज्ञानज्योती माध्यमिक बिद्यालय तुलसीपुरलाई सुन्यका विरुद्ध ३ गोल अन्तरले पराजित गर्दै पद्मोदयले उपाधी जितेको हो ।

उपाधीसंगै उसले नगद ५१ हजार १ सय ११ रुपैयाँ हात पार्यो भने उपबिजेता ज्ञानज्योतीले नगद र २१ हजार १ सय ११ रुपैयाँ मा चित्त बुझायो । पद्मोदयलाई उपाधी दिलाउन फाइनल खेलमा दुई गोल गरेका भुवन खड्का फाइनल खेलको म्यान अफ द म्याच बने भने थप एक गोल क्षितिज राणा मगरले गरेका थिए।

प्रतियोगिता भर उत्कृष्ट खेल प्रदर्शन गर्ने पद्मोदयका बिक्रम बिक सर्बउत्कृष्ट खेलाडी बन्दै नगद ५ हजारले पुरस्कृत भए भने ज्ञानज्योतीका निशान डाँगी सर्बाधिक गोलकर्ता र प्रतीक सेर्पाली उत्कृष्ट खेलाडी घोषित हुँदै नगद ३ हजार हात पारे ।

वयस्टर्न नेपाल फुटबल एकाडेमीका अध्यक्ष सन्दिप ओलीको अध्यक्षतामा भएको प्रतियोगिता समापन समारोहमा बिजेता हुने सम्पूर्ण टोलीलाई प्रमुख अतिथि नेपाल ओलम्पिक कमिटी तथा अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य दीर्घ बहादुर केसी, बिशिस्ट अतिथि लुम्बिनी प्रदेश फुटबल संघका कोषाध्यक्ष सन्जात धिताल, दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशील श्रेष्ठलागाएतका अतिथिहरुले पुरस्कार वितरण गरेका थिए ।