देउखुरी मोबाईल तथा ईलेक्ट्रोनिक्स ब्यवसायी संघको प्रथम अधिबेशन

शिवराज खनाल
लमही,१५ फागुन । देउखुरी मोबाईल तथा ईलेक्ट्रोनिक्स ब्यवसायी संघको प्रथम अधिबेशन तथा भेला देउखुरीको जखेरा तालमा सम्पन्न भएको छ । भेलाले जागेस्वर बसेलको अध्यक्षतामा २ सदस्यपछि मनोनीत गर्ने गरि १७ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

जसको वरिष्ठ उपाध्यक्ष पदम केसी, उपाध्यक्षमा जितेन्द्र गुप्ता, महासचिव राजेशकुमार गुप्ता, सचिब कमल गुरुङ, कोषाध्यक्षमा लुमाकान्त बोहोरा रहेका छन । त्यसैगरी सदस्यहरुमा साजन गुप्ता, अभिषेक पोख्रेल, माधव आचार्य, हरिबहादुर चौधरी, श्रीधर आचार्य, कुश्शुराम चौधरी, श्याम कवर, सुनिल चौधरी, निमराज विक, नारायण बहादुर मगर, जिके चौधरी चयन भएका छन् ।

भेलाले प्रकाश रेग्मीको संयोजकत्तोमा ३ सदस्यीय लेखा समिति र ५ सदस्यीय सल्लाहकार समिति समेत चयन गरेको छ । कार्यक्रममा बोल्दै अध्यक्ष जागेस्वर बसेलले यस संस्था सम्पुर्ण मोबाईल तथा इलेक्ट्रोनिक व्यावसायिहरुको साझा संस्था भएकोले व्यबसायीको हकहितका लागि लागि पर्ने बताए ।

लमही–३ का वडा अध्यक्ष बाबुराम चौधरीको प्रमुख आतिथ्यता तथा देउखुरी उद्योग बाणिज्य संघका उपाध्यक्ष केशबराज पोख्रेलको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । प्रकाश बेल्बासेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण संघका महासचिव राजेशकुमार गुप्ताले गरेका थिए । भेलामा देउखुरी क्षेत्रका राजपुर, गढवा,राप्ती र लमही गरि ४ स्थानीय तह भित्रका ७४ जना मोबाइल तथा इलेक्ट्रोनिक व्यावसायि हरुको सहभागीता रहेको थियो ।