तुलसीपुर,१५ फागुन । नेशनल प्याव्सन दाङको वैठक शनिवार सम्पन्न भएको छ । नेशनल प्याव्सन दाङका अध्यक्ष विमल गौतमको अध्यक्षतामा सम्पन्न भएको वैठकले यहि फागुन २२ र २३ गते वाकेको नेपालगञ्जका हुन लागेको सातौ महाधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
छिमेकी जिल्लामा हुन लागेको ऐतिहासिक महाधिवेशनलाई भव्य एवम उत्साहजनक रुपमा सम्पन्न गर्न सवै खाले सहयोग गर्ने निर्णय गरेको छ । त्यसैगरि वैठकले सडक मार्ग भएर पूर्वबाट आउने सहभागीहरुलाई स्वागत गर्नका लागि दाङको भालुवाङमा स्वागतद्वार निर्माण गर्ने निर्णय गरेको छ भने अधिवेसनका लागि जिल्लाका सवै विद्यालयवाट १(१ जना प्रतिनिधि फागुन २१ गते जिल्ला अध्यक्ष विमल गौतमको नेत्रृत्वमा नेपालगञ्ज जाने निर्णय गरेको छ ।
महाधिवेशनमा दाङवाट केन्द्रीय महासचिवमा सुवोध कुमार डागी , केन्द्रीय सदस्यमा प्रकाशकुमार शर्मा र भीमवहादुर वुढाथोकीलाई उम्मेदवार वनाउने निर्णय गरेको छ । त्यस्तै प्रदेश सचिवमा टोपेन्द्र खनाल , प्रदेश सदस्यमा नरेश आचार्य र दिपक यादवलाई उम्मेद्वार वनाउने निर्णय भएको सचिव ठाकुर डागीले जानकारी दिएका छन् । साथै वैठकले केन्द्रीय तालिका अनुसार चैत्र २ गते देखि सेण्डअप परीक्षा संचालन गर्ने, वैशाख पहिलो सातादेखि वार्षिक परीक्षा संचालन गरि वैशाख महिनाभित्र नतिजा समेत सार्वजनिक गर्ने निर्णय गरेको छ ।
वैठकमा अध्यक्ष विमल गौतम, केन्द्रीय सदस्य प्रकाशकुमार शर्मा, प्रदेश सदस्य टोपेन्द्र खनाल, नरेश आचार्य, उपाध्यक्ष भुमाण्डव केसी, भोजराज न्यौपाने,सचिव ठाकुरप्रसाद डागी लगायतले बोलेका थिए । सहजिकरण सहसचिव विक्रान्त ज्ञवालीले गरेका थिए ।