गोरक्ष समाचारदाता
दाङ, १५ फागुन । नेपाली कांग्रेस प्रदेश सभा क्षेत्र नं. २ ख को बैठक सम्पन्न भएको छ । बैठकले गिरबहादुर बस्नेत, भोला बुढाथोकी, रमेश रोका, रेश्मीराज खड्का, शोभा न्यौपानेललाई कार्य समितिमा थप गर्ने निर्णय गरेको छ ।
आमन्त्रित सदस्यमा पूर्णबहादुर रोका, रमा डाँगी, टीकाराम केसी, शोभाराम चौधरी, लौटन चौधरी, तुलसा थापा, लोकबहादुर खत्री, अम्मर बुढा, हिमलाल डाँगी, लीला बुढाथोकी चयन गरेको छ । यसैगरेर सल्लाहकारमा विष्णुमणि दाहाल, देवराज लामिछाने, चुडामणि धिताल, होमबहादुर शेरचन, कुमोदप्रसाद शर्मा र निर्मल न्यौपानेलाई चयन गर्ने निर्णय गरेको छ ।
बैठकले नीति अनुसन्धान तथा प्रशिक्षण विभागको संयोजकमा समितिका उपसभापति शरद समीपलाई चयन गर्ने निर्णय गरेको छ । बैठकले कार्यालय व्यवस्थापनमा सहयोग गर्ने सबैमा धन्यवाद ज्ञापन गरेको छ । बैठक प्रदेशसभा क्षेत्र नं २ ख का सभापति अभियान बस्नेतको अध्यक्षतामा बसेको थियो ।