भूपेन्द्र सुवेदी
नेपालको राजनीतिमा उखानै साबित गराए नेताहरुले ‘जुन जोगी आए पनि कानै चिरे’को भन्ने । भनियो राणाहरुले जन्तामाथि आन्याय, अत्याचार गरे भनेर राणा शासन हटाउने अभियानमा नेपालका राजनीतिक पार्टीहरुमा नेपाली कांग्रेस र नेकपा । यी दुईथरि राजनीतिक पार्टीहरुको लामो लगानीको बावजुद ०७ सालको क्रान्तिपश्चात नेपालमा प्रजातन्त्र प्राप्त भएपश्चात जनताको छोरा प्रधानमन्त्री हुन पुगे र राजा सहितको प्रजातान्त्रिक व्यवस्था स्थापना भयो । त्यसपछि नेपाली जनताले राणा शासनबाट मुक्ति पाए ।
देशमा राजनीति छाउँछ, सुशासनको राम्रो व्यवस्था हुन्छ र देशका गरिब नागरिकले एक छाक राम्रोसँग खान र एक सरो कपडा पाउने भए भन्ने माथी ठुलो आकांक्षा थियो । जनताका छोरा वीपी कोईरालाको सरकारले अब देशको राजनीतिमा नयाँ परिवर्तन ल्याउनेछन् भन्ने आम नेपाली जनताले खुसियाली मनाएको अवस्था पनि आयो तर नेपाल सतीले सरापेको देश भनेर भनिने उखान पनि चरितार्थ भयो । सच्चा नेता वीपीको विरुद्धमा स्वयम् आफ्नै दाजुभाइ र आफ्नै पार्टीका दलाल नेताहरुलाई उचाल्न लगाएर प्रजातान्त्रिक व्यवस्था चल्न नसक्ने अफवाह आम जनतामा फैलाइयो ।
२०१७ सालमा राजा महेन्द्रले प्राप्त प्रजातन्त्रको हत्या गर्दै नेपालको शासनसत्ता आफूले कब्जा गर्दै प्रजातान्त्रिक व्यवस्थाका अगुवा वीपी र उनका अनुयायीका साथै वीपी परिवार समेतको सर्वश्व हरण गर्दै देश निकाला गरियो । लामो समयसम्म भारतमा निर्वासीका रुपमा बस्न बाध्य भए वीपी । अब नेपालमा धेरै व्यवस्था फेरिए तर राजनीतिक अवस्था फेरीएन । नेपालमा चाहे राजाको ३० वर्षे कार्यकाल होस् या तत्पश्चातको २०४६।०४७ पछिको बहुदलीय व्यवस्थाको वहुमतको सरकार होस् या सर्वदलीय मिलीजुलीको सरकार होस् यो सबै राणा शासनभन्दा केही फरक छैन ।
खाली नामले मात्र परिवर्तन भयो भने कामले परिवर्तन हुनै सकेन । खाली राजनीतिमा आप्mनो परिवार, आफनो पार्टी, आफ्नो नालनाता, आफनो इष्ट, कुटुम्बहरुलाई खोजी–खोजी क्षमता होस् वा नहोस् राजनीतिक क्षेत्रमा जथाभावी जिम्मेवारी दिइयो । जसका कारण देशको व्यवस्था फेरिए तापनि अवस्था उही राणा शासन भन्दा केही फरक छैन । न त नातावाद छुट्यो न त कृपावाद छुट्यो खाली आ–आफ्नो स्वनर्थ पूर्ति कसरी हुन्छ तयतातर्फ मात्र खेल खेलियो ।
मेरो पार्टीको यो मान्छेले मसगै मैले जत्ति लगानी गरेको छ, अब त्यसको लागि मैले उसलाई सहयोग गर्नुपर्छ । आप्mनो पालो सकिएपछि आफ्नो स्थानमा ल्याएर आफ्नो जिमेवारी दिएर आफूले अभिभावकत्व निभाउनुपर्छ भन्ने सोच आजसम्म कुनै पार्टीका नेतृत्वले सोचेको अवस्था छैन र कतै देख्नसम्म पनि पाइँदैन । नेपालका जुनसुकै दल होस् खाली आफनो पारिवारिक घेरादेखि बाहिर निस्कन सकेको अवस्था छैन । उदाहरणका लागि गिरिजाप्रसाद कोइरालालाई हेरे पुग्छ । उनले आफ्नै छोरी पहिलो पंक्तिमा सार्नु र आ–आफ्ना आसेपासे, नाताकुटुमब खोजीखोजी मन्त्रिमण्डलको हरेक क्षत्रमा समावेश गर्नु र अन्य आफ्ना पार्टीका होनहार नेताहरुलाई पाखा लगाउनु हो । अर्का शेरबाहादुर देउवा हुन् ।
जसले आप्mनै श्रीमती, छोरा, सासु, नालनाता बाहेक बाहिरका पार्टिका युवानेता र योग्य त्यागी सहयात्रीहरुलाई देख्नै सक्नुभएको छैन । बरु आफू सधैँ सरकारमा रहिरहने आकांक्षाका लागि बरु विपक्ष दलका नेताहरुलाई अघि सारे । आफ्नो पार्टीको सैद्धान्तिक विचार पार्टीको नैतिकता र अनुशासन विपरीत फरक दललाई भोट हाल्न लगाउने र आफनो दलको उम्मेद्वारको नोमिनेशन उइडर्प गर्न लगाएर आफनो स्वार्थ पूर्ति कुनसँगको साँठगाँठले हुन्छ । त्यस्तो पार्टीको नेतालाई सहयोग गर्दै आयको अवस्थाले अबको स्थानीय र अन्य निर्वाचनमा हुन आउने परिणामले यो पारिवारिक र स्वर्थसँग गाँसिएको व्यवहारले कहाँ पु¥याउँछ थाहा छैन होला र ?
नेपालमा संसद व्यवस्थाले देशमा कुनै परिवर्तन ल्याउनसक्ने अठोट्का साथ २०५२ सालदेखि विभिन्न बामशक्तिबाट छुट्टिएर नेकपा माओवादीको नाममा पार्टी गठन गरी तत्कालको नेपाली कांग्रेसको सरकार समक्ष ४० सूत्रीय माग राख्दै आउँदा सरकारले उनीहरुको सुनुवाइ गरेन । अब दश वर्ष जनयुद्धको घोषण गरेर भूमिगत रुपमा द्वन्द्व मच्चाउन सुरुवात गरियो । देशको धरै भौतिक संरचना ध्वस्त पारियो । आफै हिड्ने सडक, पुल, सरकारी भवन, स्थानीय सुरक्षा बेस क्याम्पहरुमा बम विष्फोर्टनको शृंखलाबद्ध सञ्चालन गरियो ।
देशका सबै जिल्लामा स्थापित बैंकहरु लुटिए र आ–आप्mनो पोल्टामा पारियो । तत्कालको सरकार पक्ष र माओवादी पक्षबाट नेपालको होनहार युवाशक्ति, बालबच्चा, बृद्धबृद्धा अनगिन्ती रुपमा हत्या गरियो । आखिर नेपालको विकासमा बाधा पु¥याएको राजसंस्थाको अन्त्य नभएसम्म देशको विकास हुँदैन भन्ने सपना देखेका प्रचण्ड र बाबुराम समेतका नेताहको निष्कर्षले देशमा परिवर्तन ल्याइयो ? आखिर परिवर्तन त जो नेतृत्वमा पुग्यो उसैको मात्र पो परिवर्तन भयो ।
जस्तै माओवादी अध्यक्ष प्रचण्डजीको परिवार नै सरकारको मन्त्रिमण्डलमा समावेश भए । उहाँका माइती पक्ष, मावली पक्ष, साडु, काका, काकाका छोरा, आफूलाई नजिकबाट सहयोग गरेका गाउँले इष्टमित्र, त्यपछि मात्र केही सहयात्री पार्टीका सधै आफनै गुनगान गाउने, सेतालो कालो भन्दा हो कालै छ हजुर भन्नेखाले पार्टीका नेताहरुलाई आफूसँगै नभएर आफूले खाएको लगाएको प्रष्ट देख्न नसक्ने स्थानसम्म राखेहोलन् । नत्र उनी पनि उही राणा शासनकालकै पारिवारिक घेराबाट बाहिर निस्कन नसक्दाको प्रतिफल आज देखिँदै छ ।
अबको सच्चा नेता आउला त ? यो राणा शासकको पुरानो विरासत हटाउने र सबै गरिब, देशका विज्ञ, विश्लेषक, विद्वावान्वर्गको मूल्याड्ढन गर्दै देशका नवयुवाहरुलाई विदेसमा होइन स्वदेशको राजनीतिक मूलधारमा ल्याएर यो पारिवारिक राजनीतिले ग्रस्त भएको नेपालको राजनीतिलाई एउटा खुला मञ्चको रुपमामा मात्र नभएर कामले समेत देखाउन सक्ने योजना ल्याउन जरुरी छ । यी पुराना २ पटक, ३ पटक, ४ पटक, ५ पटक आफै मात्र प्रधानमन्त्री हुने आकांक्षी नेताहरुलाई बिदाई गर्दै देशको विकास र नेपालको राष्ट्रियता, राष्ट्रिय अखण्डता सार्वभौसत्ता सम्पन्न नेपाली जन्ता भन्ने खाली कागजमा मात्र सीमित रह्यो ।
राष्ट्रिय अखण्डता कायम रहन नसकेको अवस्थाले भारतले नेपाली भूमि अधिक्रमण गरेको अवस्था नेपाली राजनीतिज्ञहरु बोल्नै नसकेको अवस्था छ । देशका युवाशक्तिहरुलाई विदेश पलायन गराएर उनीहरुले पठाएको रेमिट्यान्सले आफूहरुले मोजमस्ती गरेको अवस्थाको अन्त्य कसले गर्ला ? नेपालमा सधैँ देशको कूल बजेटको तुलनामा वैदेशिक ऋण बढी देखिनु र देशको आय स्रोतभन्दा बढी १३ अर्ब जति भ्रष्टाचार हुनुमा को जिम्मेवार छ त ? यसको छानविन कसले गर्ने ? छानविन पक्षधर सबै खानेबेला एक हुने भएकाले सबै काले–काले मिलेर खाऔँ भाले भन्ने उखान नेपालका नेताहरुले लागू गरेका छन् । अझ आगे के–के हुने हो देख्न र सुन्न पाइएला ।