युवराज शर्मा
कोभिड–१९ का कारण विद्यालयहरु बन्द भए । तैपनि शिक्षकहरुले बोर्डिङ स्कूलहरुमा अनलाइन कक्षा चलाउन लागे । भौतिक उपस्थितिको पठनपाठनमा विद्यार्थीहरुको पढाइले राम्रो गति लिइरहेको थियो तर प्राकृतिक प्रकोपको रुपमा कोरोना भाइरस बढ्यो र आफ्नो रुप बदलेर नयाँ रुपको ओमिक्रोन नामक भाइरस फैलियो ।
कोभिड–१९ चीन देशको हुवान सहरबाट फैलिएको थियो भने ओमिक्रोन नामक भाइरस युरोपियन देशबाट आएको हो । नेपाल खाद्य आयातीत देश थियो भने कोरोना र ओमिक्रोन आयात गर्ने देश भयो । यस्तो देखिनु राजनीतिक भिडभाडको उपज हो भन्नेहरु धेरै छन् ।अन्त्यमा स्वास्थ्यको सुरक्षा भएन । शिक्षण संस्थाहरु बन्द गरेर ओमिक्रोनबाट मुक्त भइँदैन । भविष्यका जनशक्ति नै आजका बालबालिका हुन् । उनीहरुले पढ्ने स्कूलहरु २०७४ सालदेखि प्रायः बन्द छन् । नपढाए पनि शिक्षकहरुले तलव सुविधा पाउँछन् ।
शिक्षकहरुले स्कूल बन्द गराएको होयन । सरकारले गरेको हो । बजारमा मानिसहरुको उपस्थिति बाक्लो हुनु, होटलहरुमा खानपिनमा भिडभाड हुनु, मानिसको जमघट भएर तास, कौडा खेलमा रमाउनु, राजनीतिक दलहरुले सभा, बैठक गर्नु, स्कूलहरु बन्द भएर विद्यार्थीहरु खेल मैदानहरुमा खेल्नु, बजार घुमफिर गर्नेहरुको चहलपहल बढ्नुजस्ता क्रियाकलापहरु भइरहेका छन् । विद्यालयहरु बन्द भएपछि विद्यार्थीहरु मोवाइलमा फ्रिफायर खेलमा मस्त हुन्छन् । विद्यालयहरु बन्द गरेर कोरोना भाइरस घटेन, नयाँ रुप लिएर आयो । समाजमा फैलियो । मानिसहरु रोगले र्गा पीडित भए ।
कतिपयको ज्यान पनि गयो । सरकारले कोरोनाको कारण देखाउँदै स्कूलहरु र यातायात क्षेत्रहरुमा कोरोना नियन्त्रणका प्रयासहरु गरेको छ तर कोरोना फैलाउने राजनीतिक दलका क्रियाकलापहरु नै हुन् । यिनलाई छेकथुन छैन ।नेपालका शिक्षण संस्थाहरु सामुदायिक र निजी संस्थागत छन् । अनलाइन कक्षाको पठनपाठन संस्थागत स्कूलहरुले जहाँ विद्युत र नेटको सुविधा छ, त्यसता ठाउँका स्कूलहरुमा चलाएको पाइन्छ । दूरदराजका गाउँहरुमा भएका स्कूलहरु २०७४ साल चैत्रदेखि प्रायः बन्द छन् । २०७५ र २०७६ मा पनि बन्द भए ।
२०७७ मा केही समय खुले र बन्द भए । त्यस्ता स्कूलमा पढ्ने विद्यार्थीहरु घरेलु कामकाज गर्न लागे भने कतिपय विद्यार्थीहरु भारतीय भूमिमा मजदुर बन्न गए । उनीहरु भन्छन्– स्कूलमा पढ्न गए पनि अन्तमा मजदुरको छोरो मजदुर नै बन्ने हो । यस्तो प्रकृतिको शिक्षाका विद्यार्थीहरुले के पाए र के गुमाए ? सरकारले अनुसन्धान गरेको छैन । कोरोना भाइरस फैलिएझैँ मोवाइल विक्रेताहरु पनि बढ्दै गएका छन् ।
मोवाइलहरुको संख्याले थरिथरिका मोडेलहरु बजारमा आएका छन् । अनलाइन पढाइले गर्दा मोवाइल बजारको रौनक पनि बढेको छ तर गरिब र विपन्नवर्गका लागि आकासको फल आँखा तरी मर भएको छ । उनीहरुका लागि पढाइ लेखाइ आकासमा चरा उडेको जस्तो अवस्था छ । कक्षामा ३५ जना विद्यार्थीहरु थिए । उनीहरु अनलाइ कक्षामा ७ जना मात्र देखिए भन्छन् संस्थागत स्कूलका शिक्षकले । घरमा मोवाइल खोल्छन् ।
शिक्षकले पढाइरहेको देख्छन् र भन्छन्– बुबाआमालई शिक्षक अनलाइनमा हुनुहुन्न । आज पढाइ भएन । तर उनीहरुको पढाइ फ्रिफायरमा हुन्छ । यो यस्तो खेल हो ? जसलाई पनि मोवाइलले केटाकेटी भुलाउने, झुलाउने र लठ्याउने खेल हो ।धेरै बालबालिकाका बाबुआमा वा अभिभावकहरुलाई जानकारी नहोला, फ्रिफायर खेलका अवगुणहरुका सम्बन्धमा । यसमा आमाको ध्यान जानु पर्छ तर शिषित आमा, शिक्षक आमा, मोवाइलको ज्ञान भएकी आमा भए पनि आफ्ना बालबालिकाले मोवाइलबाट पढेको प्रायः हेर्दैनन् । उनका छोराछोरीले आँखा छलेर मोवाइलमा गेम खेल्ने, टिकटक हेर्ने, आपसमा साथीहरुसँग मोवाइलमा फेस टु फेस कुराकानी, गफगाफ र ठट्टा रमाइलो गर्ने गर्दछन् ।
मोवाइल एउटा पाठ्य सामग्री हो भन्ने ज्ञान विद्यार्थीहरुलाइृ स्कूलले दिन सकेको छैन । उनीहरुमा आत्मानुशासन कायम गर्ने वातावरण बनाउन सकेको छैन । यस्तो परिस्थितिमा अनलाइनबाट पढाएर शुल्क अशुलीको प्रविधि आपनाएको वातावरण बन्यो । शिक्षकहरुलाई अनलाइन कक्षामा विषयवस्तु कसरी प्रस्तुत गर्ने ? विद्यार्थीहरुलाई कसरी मोटिभेट गर्ने ? कक्षामा होमवर्क दिने नीति कस्तो अपनाउने ? यस्ता विषयहरुमा शिक्षकहरुलाई विषयगत सीपको विकास स्कूलले गराइएको छैन ।
भौतिक उपस्थितिमा शिक्षकले विद्यार्थीहरुलाई जसरी पढाएका थिए, त्यही विधि र प्रविधिहरु अपनाउने गरेको पाइन्छ । विश्वमा शिक्षण विधि, प्रविधि र विषयवस्तुको प्रयोग कार्यशैली फरक–फरक सिकाइका तरिकाहरु आएका छन् । विगत समय शिक्षण प्रविधिहरु शिक्षणमा मोवाइलबाट प्रभावकारी भएन । विद्यार्थीहरुका लागि फलदायी भएन, हुन पनि सकेन । वर्तमान समयमा पनि नयाँपन विद्यार्थीहरुले पाएनन् ।
कोभिड–१९ ले थला परेको शिक्षालाई हेर्दा सामुदायिक स्कूलहरुको तुलनामा संस्थागत स्कूलहरुले अनलाइन कक्षा चलाए । पढाइका विषयमा जनप्रतिनिधिहरुले गौरव गर्छन् तर सरकारमा बसेर सामुदायिक स्कूलहरुमा पढ्ने विद्यार्थीहरुप्रति गरिएको लगानी खेल गएको छ । राज्यकोषको रकम होइन र ? किन त्यस्तो स्कूलहरुमा सुधार भएन, गरिएन ? कोभिड–१९ ले थला मात्र परको देखे पनि नदेखेजस्तो गर्ने शिक्षाका निकायहरु मौन छन् ।
कतै निर्वाचनको मौन अवधि सामुदायिक शिक्षामा परेको हो ? यस्ता विषयहरुमा अनुत्तरित रुप राज्यको छ । यस्तो वातावरणमा सामुदायिक स्कूलको सुधार गर्ने जनप्रतिनिधिहरुको आशय छैन । त्यसकारण आफ्ना छोराछोरीहरुलाई बोर्डिङ स्कूलमा पढाउनेहरुमा जनप्रतिनिधि, सामुदायिक स्कूलका शिक्षकहरु, सरकारी कर्मचारीहरु छन् । उनीहरुले मोवाइल खरिद गर्न सक्छन्, उनका छोराछोरीहरु अनलाइन कक्षामा मोवाइलमा रमाउँछन् । पढाइभन्दा फ्रिफायर गेम खेल्छन् । विद्यार्थीहरुको पढाइमा कोभिड–१९ को प्रभाव धेरै परेको छ । विद्यालयहरुले यस्ता विषयहरुमा ध्यान दिएको र सुधार गरेको कतै पाइन्न । यसले विद्यार्थीहरुमा पढ्ने प्रवृत्ति हटिरहेको छ ।
उनीहरुमा हठी स्वभाव बढेको छ । रिसाहा बानी व्यवहार पाइन्छ । यसता प्रवृत्तिहरु किन बढिरहेका छन् ? यस विषयमा अभिभावकहरुको ध्यान गएको छैन । बाबुआमाले पनि चिन्ता गर्दैनन् । मोवाइल चलाउन छोराछोरी सिपालु भएका छन्, भन्छन् । आफैमा धेरै प्रशननता बाँड्छन् । अझ सहरबजारमा बसेर छोराछोरी सप्रेको, ज्ञान र सीपको विकास गरेकोमा प्रशन्न छन् । धेरै साथीसंगीहरुसँग घुलमिल गरेकोमा खुसी छन् तर छोराछोरीहरुको अनुशासनमा मोवाइलको प्रयोगले पारेको प्रभाव थाहा छैन ।
हरेक बुबाआमा वा अभिभावकले आफ्ना छोराछोरीको भविष्य उज्ज्वल देख्न चाहन्छन् तर भविष्य उज्ज्वल बनाउने काम दिमागको हो । दिमाग, आँखा र मन स्वच्छ बनाउन मोवाइलको अधिक्तम प्रयोगले परिणाम राम्रो दिन्न । मानिसको दिमागमा गिदीलाई नसाहरुले घेरेको हुन्छ । त्यस्ता नसाहरुलाई अंग्रेजीमा लोव भन्छन् । मुख्य नसाहरुमध्ये फस्टियल र अक्सिपिटल लोवमा भाइब्रेटिङ (थरकन) बढ्न गयो भने बालबालिकालाई रिसाहापन बढ्छ, पढ्ने रुची गर्दैनन् । मोवाइलको प्रयोग २४ घण्टामा पटक–पटक गरी ४ घण्टा मात्र प्रयोग गरेर अनलाइन कक्षा पढ्ने गर्नुपर्छ ।
फ्रिफायर खेल्ने गर्दा मनमस्तिष्कमा नराम्रो प्रभाव पर्छ । आँखाका नानीमा धेरै प्रकाश पर्ने गर्दा आँखाको पर्दाका झिल्लीहरु फुट्छन् र आँखाबाट रगत बग्दछ । यस्तो कार्य पटक–पटक भएमा आँखा बन्द हुन्छ । विद्यार्थीहरुले मोवाइलको अधिक प्रयोग गर्नुभन्दा खेल खेल्नु स्वास्थ्यका लागि लाभप्रदायक हुन्छ । शारीरिक व्यायाम बिहानमा गर्नुपर्छ । कोभिड–१९ को भयावह समयमा शारीरिक अभ्यास, मानसिक बौद्धिक विकास गर्ने शिक्षण सिकाइका ज्ञानहरुलाई अभ्यास गर्नुपर्छ । पढाइ र लेखाइलई निरन्तरता दिनुपर्छ ।
कहिले कुन विषय, कहिले कुन विषयको एक–एक पेज दैनिक रुपमा लैख्नुपर्छ । यसबाट शब्द संयोजन, शब्दको ज्ञान गरिन्छ भने लेखाइ सीपको विकास हुन्छ । गणित विषयका अभ्यास दिनहुँ गर्नुपर्छ । यसरी पढ्दा बालबालिकाले मोवाइलको प्रयोग कम गर्न सक्छन् । सुनाइ बोलाइ सीपको विकास पनि पढाइ र लेखाइका अभ्यासहरुबाट गर्छन् । विद्यार्थीहरु अनलाइन कक्षा समाप्तिपछि धेरै समयसम्म मोवाइलमा रमाउने समय हट्दै जान्छ ।