काठमाडौँ,१८ माघ । नेपालले मोरिससविरुद्धको दोस्रो खेलमा सुरुआतमै अग्रता लिएको छ ।
मंगलबार अपरान्ह दशरथ रंगशालामा भएको खेलमा नेपालका लागि १० औं मिनेटमा १५ नम्बर जर्सीका सुजल श्रेष्ठले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
नेपालले अग्रता लिएको केही मिनेटमै मोरिससले पेनाल्टी पाएको थियो । उक्त पेनाल्टीलाई नेपालका गोलकिपर किरण चेम्जोङले बचाउ गरेका थिए ।
दशरथ रंगशालामा पहिलो हाफको खेल सकिएको छ । शनिबार भएको पहिलो खेल नेपालले १–० ले जितेको थियो ।