भूपेन्द्र सुवेदी
नेपालको संविधान २०७२ले नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधिनता,र स्वभिमानलाई अक्षुण्ण राखी जनताको सार्बभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसाथ गर्दै, राष्ट्र हित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि नेपाली जनताले पटक–पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरबपुर्ण ईतिहासलाई स्मरण एबं सहिदहरु तथा बेपत्ता र पीडित नागरिकहरुलाई सम्मान गर्दै आफ्नो राष्ट्रको बारेमा आ–आफ्नो भूमिको बारेमा हाम्रो नेपाल सरकार र सरकारमा रहने राज्य सञ्चालकहरुलाई यो माथि नेपालको संविधान २०७२ ले कती जिम्मेवारी दिएको छ र कति जिम्मेवारी पूरा गर्नुभयो होला ?
यो जनताले बुझन र सुन्न पाउँछन् कहिले द्वन्द्वकालमा रुखमा झुण्ड्यार मारेको नन्दप्रसाद अधिकारीजस्ता पीडित नागरिकहरुले कति सम्मान पाए त ? किन आजसम्म उनको लास समेतको ब्यबस्थापन भएन भन्नेहरुको जमात धेरै छ होला ? संविधानले त बोलिसकेको छ संविधान लागू भएको पनि अब ७ बर्ष पुग्दैछ । यो बिषयमा किन मौन रहन्छन् राजनेताहरु ?आज छिमेकी राष्ट्रहरुले नेपालको भूमिमाथि हस्तक्षेप गर्दैछन् ।
तर नेपालको संविधानले बोलेजस्तो नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकताको पूर्णपालना भयो भएन ? भारतले नेपालको भूमिमाथि अतिक्रमण गर्दै नेपाल भारतबीचको दसगजाभित्र आफ्नो सुरक्षा बेस क्याम्प खडा गर्दै पूर्ब मेचीदेखि पश्चिम महाकालीसम्म आफ्नो कब्जामा लिँदासम्म र भारतीय सीमा रक्षाको रुपमा बसेका महाकालीको कालापानी क्षेत्रको रक्षा गर्दै गर्दा त्यहाँ जयसिंह धामी भारतीय सशस्त्रले नेपाली नागरिकहरुलाई महाकालीको तुईन पार गर्दा तुईन कादिदिएर हत्या गरे, कतिलाई सिमाना बिबादमा उत्रिँदा गोली हानी हत्या गरे तर नेपालको सरकारले भारतसँग यस बिषयमा चुइक्कसम्म बोल्न सकेकोछैन ।
के यही हो त नेपालको स्वतन्त्रता, सार्बभौमिकता, भौगोलिक अखण्डता नेपालको स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्बभौम अधिकार, स्वयत्तता र सुशासनको अधिकारलाई आत्मसात गरेको खोई ? के संविधानमा लेखे पुग्छ कि पालना गर्नुपर्दैन सरकारमा बस्नेहरुलाई कानुनको पालना गर्ने के निमुखा जनतामात्र हो त ?
देशको राष्ट्रियता र नेपालको आफ्नो पहिचान आफनो मुलुकमा हुँदै आएको दृश्य, अदृश्य बिदेसीहरुको दबाबमा पारेर नेपालमा शान्ति र बिकास हुन नपाओस् र सधै नेपालीहरु बिदेस नै पलायन होऊन् भन्ने छुद्र बिचार बोकेको भारत, अमेरीका मैले नेपाललाई केके न दिँदैछु भनी ललिपप देखाउने चाइनाहरुले नेपालमा आ–आफ्नो रणभूमि बनाउने तयारीका लागि अमेरिकाले एमसीसीको पासो फालेर नेपाल सरकारका राज्य सञ्चालकहरुको घाँटीमा माछालाई थापेको बल्छी अड्किएजस्तो एमसीसीको पासो थापेको छ ।
त्यसैमा एकथरीले एमसीसी मैले निल्छु भन्दै तम्सिएका छन् भने अर्कोथरी यो एमसीसी कुनै हालतमा निल्न सकिँदैन भन्ने त्रासमा छन् । खै के हो एमसीसी ? किन नेपालमा एमसीसी ल्याउन मरिहत्ते गर्दछ त अमेरिका ? यस्को बास्तविकता केहो बुझ्न र बुझाउन नसक्नेहरुले के देशको रक्षा गर्लान त ? भनिन्छ अमेरिकासँग सम्झौता गरेकै ४ बर्ष भईसक्यो तर अमेरिकाले तुरुन्त गर भन्दैछ भने नेपालमा यसैको पक्ष–बिपक्षमा तानतान छ ।
नचाहिने र कानुनबिपरीत गर्नेहरुलाई दण्डको सट्टा पुरस्कृत गरिन्छ, पुज्नुपर्ने दण्डित हुन्छ । नेपालको शासन नेपाल सरकारको हातमा छ कि कसको हातमा छ ? नेपालमा भारतले जे–जे गरे पनि नेपाली चुपचाप रहनुपर्ने हो त ? यस्तो अबस्थामा सरकार बोल्न चाहँदैन भारतसँग किन ? आफ्नो हात परेको रोटी फुत्केला भन्ने डर छ तर देशको बारेमा वास्ता छैन । किन सबै अमेरिकाको होली वाइनको कारण बोल्न सक्दैनन् होला ?
यस्तो स्वतन्त्र नेपाल सर्बसम्पन्न नेपाल राष्ट्रिय सम्पदाले भरिपूर्ण नेपाल, जल–जमिन, जंगलको धनी नेपाल तर हिजडा राजनेताहरुको कारण भिख मगुवा बनाईदिए । नेपाललाई कस्तो बिडम्बना आज हामीले भोग्नुपरेको छ र भोलिको पुस्ताको हालत के हुने हो थाहा छैन । नेपाललाई बिदेसीहरुले पहिलेदेखि नै जनसांख्यिक आक्रमण सुरु गरिएको रहेछ । यसका बिज्ञ राजनीतिक बिश्लेषकहरुले भन्दै आएको बिषय नेपाल प्राचिन र सानो भुपरिवेष्ठित मुलुक भए पनि कहिल्यै उपनिबेश स्वीकार गरेन बरु ईतिहासमा ठूला–ठूला बीरताका लडाइँहरु लडे तर आफ्नो स्वाभिमान गुमाउन तयार भएनन् । हाम्रा दुबै विशाल छिमेकीहरु कुनै दिन अंग्रेज र जापानको उपनिबेश थिए ।
गुलाम बन्नुको वा हुनुको पीडा हामीलाई भन्दा उनीहरुलाई अनुभव छ । त्यही पीडाको ईशुमा आज उनीहरुले दुनियाँलाई चमत्कार गरी देखाइदिए । कुनै यस्तो जमाना थियो रे, शक्ति राष्ट्रहरुले कमजोरहरुलाई आफ्नो अधिनमा राखेका हुन्थे भन्ने बिश्लेषकहरुको अनुभब सुनाउँछन् । त्यसरी नै कुनै मुलुकलाई उपनिवेश बनाउन शक्ति राष्ट्रले जस्तोसुकै हत्कण्डा अपनाउँथे । मुख्यगरी सैन्य आक्रमणमार्फत कुनै पनि मुलुकको सार्बभौमसत्ता, शासन ब्यबस्था कब्जा गरी उपनिबेश बनाउँथे । त्यसकारण शक्ति राष्ट्रहरुले उपनिबेसबादी नीतिको बलमा संसारमा साम्राज्य बिस्तार गरेका थिए भन्ने पुराना अग्रज बिज्ञहरुको बिचार आएको हुन्छ ।
यसैको सन्दर्भमा हिजोआज जमाना बदलियो । माथि उल्लेख गरेजस्तै हामी नेपाली जस्ले जे–जे गर्दा पनि उठी नबस्ने र नबोल्ने हो भने कतै अमेरीका, चीन, भारतको खेल यस्तै शक्ति राष्ट्रको उपनिवेशबादी नीतिको जमर्को गरेको त होइन कतै ? बिगत नेपाल पनि युगौंदेखि साम्राज्यबादी, उपनिवेशबादी, बिस्तार बादीहरुको गिद्देदृष्टिमा पर्दै आएको हाम्रो एउटा सुन्दर देश हो । भारतमा उपनिबेस भएका बेला अंग्रेजले यो मुलुकलाई आफ्नो मुठ्ठीमा ल्याउन अनेक प्रयत्न नगरेका होइनन् । हाम्रा पुर्खाले त्यसलाई बिफल बनाइदिएर मात्र बचेको हो ।
बिडम्बना, आजकल त्यही पूर्खाहरुलाई गाली गरेर आफ्नो राजनीतिक मक्सद पूरा गर्न खोजेका छन् । त्यो दिवालीयापनबाहेक केही होइन । बिश्वमा हिमालको काखमा अबस्थित ३ वटा राजतन्त्रात्मक मुलुक, सिक्किम, भुटान र नेपालमध्ये सिक्किमलाई भारतले आफूमा मिलायो, भुटानलाई आफ्नो संरक्षित मुलुक बनाएको छ । नेपालमा गणतन्त्र स्थापना भइसकेको छ, भारतले नेपालको राज्यसत्ता, नीति निर्माणमा, सरकार गिराउने र बनाउनेमा प्रत्यक्ष हस्तक्षेप रहँदै आएको सामान्य गाउँका किसानहरुले पनि नबुझेका होइनन् ।
पछिल्लो समय बाबुराम भट्टराईको सरकार निर्माण, निर्दलीय सरकार प्रमुख बहालवाला प्रधानन्यायाधीश खिलराज रेग्मी प्रकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा जनआन्दोलनका दमनकारी लोकमान सिंह कार्कीको नियुक्ति प्रकरणले कतै फेरि उही दूध चोरी खाने बिरालो त आउने होइन ? यसैको सेरोफेरोमा मुलुकको सर्बभौम ठूलो कि आफ्नो स्वार्थ ठूलो भन्न खोजिएको हो । आफ्नो राजनीतिक स्वार्थको निमित्त संविधानबिपरीत कार्य नहोस् नेपालको गुमेको भूमिको सुरक्षित साथ फिर्ता होस् । नेपालको नक्सामा चुच्चे नक्सा देखाएरमात्र सीमित नरहोस्, अबको युवा शक्तिहरुले देशको संस्कार, संस्कृति र सार्बभौमसत्ताको सुरक्षा गर्नेछन् ।