स्वास्थ्य जाँच गर्दै तुलसीपुर ११

तुलसीपुर, चैत्र १४ । उरहरी स्वास्थ्य चौकिको प्राबिधिक सहयोग तथा सहकार्यमा तुलसीपुर ११ नम्बर वडा कार्यालयले आजदेखि भर्खरै बिदेशी मुलुकबाट घर फर्किएकाहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।

वडा अध्यक्ष चित्रबहादुर वलिका अनुशार आजदेखि नै उनिहरुको स्वास्थ्य अबस्था बारे जानकारी लिन सामान्य स्वास्थ्य जाँच गरिने छ ।

बिशेष गरि कोभिड १९ कोरोना भाइरस प्रभावित मुलुकबाट भर्खरै घर आइपुगेकाहरुको स्वास्थ्य अबस्था बुझ्न स्वास्थ्य परिक्षण गर्न लागिएको तुलसीपुर ११ नम्बर वडा सदस्य सुबास डाँगिले जानकारी दिए ।

वडा सदस्य डाँगिका अनुशार स्वास्थ्य परिक्षणसंगै उनिहरुलाई मास्क बितरण तथा कोरोना भाइरसबाट बच्ने उपाय बारे सचेतना समेत प्रदान गरिने छ । आआफ्नो टोलमा २ हप्ता यता बाहिरी मुलुकबाट घर आएका ब्यक्तिहरुका बारे सूचना दिन पनि सबै टोल बिकास संस्था तथा टोलवासिहरुमा वडा कार्यालयले अपिल गरेको छ ।