नयाँ नेतृत्वसंग परिचयात्मक कार्यक्रम

दाङ, २८ पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले जेसीज, गल्ला किराना, अटो इन्जीनियरीङमा नवनिर्वाचित पदाधिकारीहरुसंग परिचयात्मक कार्यक्रम गरेको छ । संघले बुधवार छुटाछुट्टै कार्यक्रमको आयोजना गरि परिचयात्मक गरेको हो ।

संघले त्रिभुवननगर जेसीज, दाङ महिला जेसीज, राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसन, राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसन घोराही शाखा तथा गल्ला तथा किराना व्यवसायी समितीका नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक कार्यक्रम गरेको हो ।

संघका अध्यक्ष टंकसिह वुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा वोल्ने बक्ताहरुले सामाजिक कार्यमा मिलेर अगाडि वढनु पर्ने बताएका थिए । जेसीज र संघ विगतदेखि नै सहकार्य हुदै आएको भन्दै आउदा दिनमा पनि सहकार्य हुने बताएका थिए । सबै मिलेर अगाडी बढेमा समाज परिवर्तन गर्न सकिने उनीहरुको भनाइ रहेको थियो ।

कार्यक्रममा त्रिभुवननगर जेसीजका अध्यक्ष विवेक आचार्य, दाङ महिला जेसीजका अध्यक्ष शारदा घर्तिलगाएतकाले भनाइ राखेका थिए । संघका वरिष्ठ उपाध्यक्ष नरेश कार्कीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागीलार्इ धन्यवाद ज्ञापन संघका सदस्य माधव खनालले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र बुढाथोकीले गरेका थिए ।

राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसन, दाङ अटो इन्जीनियरीङ एशोसियसन, तथा गल्ला तथा किराना व्यवसायी समितीका नव निर्वाचित पदाधिकारीहरु संग परिचयात्मक कार्यक्रम संघका बरिष्ठ उपाध्यक्ष नरेश कार्कीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा गल्ला तथा किराना व्यवसायी समितीका अध्यक्ष विनोदप्रसाद पाण्डे, राप्ती अञ्चल अटो इन्जीनियरीङ एशोसियसन अध्यक्ष ज्ञानवहादुर फौदार क्षेत्री, राप्ती अटो इन्जीनियरीङ एशोसियसनका घोराही शाखा अध्यक्ष फौजुर रहमान लगाएतकाले भनाइ रहेको छ ।

संघका सचिव नरेशकुमार श्रेष्ठको स्वगत मन्तव्यबाट सुरु भएको कार्यक्रममा सहभागिलाई धन्यवाद ज्ञापन संघ सदस्य विकास वलीले गरेका थिए । कार्यक्रमको सहजिकरण संघका महासचिव महेन्द्र वुढाथोकीले गरेका थिए ।