लागुुऔषध मुद्धामा कैद सजाय तोकिएका घोराहीबाट पक्राउ

दाङ,२६ पुस । लागुऔषध मुुद्धामा ९ महिना कैद सजाय तोकिएर फरार भएका एक जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ ।

कपिलबस्तुु जिल्ला अदालतबाट २०७८ साल भदौ ३१ गते लागुुऔषध मुुद्धामा ९ महिना कैद सजाय तोकिएको घोराही उपमहानगरपालिका १५ का २४ बर्षिय आषिश केसीलाई प्रहरीले पक्राउ गरेको हो ।

केसीलाई घोराहीको दिपशिखा चोक क्षेत्रबाट पक्राउ गरिएको र दाङ देउखुरी जिल्ला अदालतमा बुुझाईएको दाङका प्रहरी प्रबक्ता डिएसपी मुुकुुन्दप्रसाद रिजालले जानकारी दिनुुभएको छ ।।