दाङ, २६ पुस । घोराही उपमहानगरपालिकालाई फागुनको मसान्तसम्म बालमैत्री घोषणा गर्ने तयारी थालिएको छ । त्यो अनुसाकारको काम भैराखेको उपमहानगरपालिकाले जनााएको छ । ‘फागुन मसान्तसम्म पालिकाकालाई बालमैत्री घोषणा गर्ने लक्ष्य लिएका छौ’ उपमहानगरपालिकाले आइतवार सरोकारलासँग गरेको बैठकमा उपमहानगरपालिका उपप्रमुख सिता न्यौपानेले भनिन ‘ त्यो अनुसारका काम भैराखेको छ ।’
बालमैत्री घोषणाको लागि सुचक पुरा गर्ने र त्यसपछिका योजना निर्माणमा उपमहानगरले काम थालेको उपप्रमुख न्यौपानेले वताइन । उनले सवै क्षेत्रको सहयोग र सहकार्यले मात्र बालमैत्री पालिका बनाउन सकिने भन्दै त्यो अनुसारको सहयोग गर्न समेत आग्रह गरिन । सरोकारवाला सहभागि बैठकले उपमहानगरपालिकालाई बालमैत्री घोषणा गर्नको लागि आफनो क्षेत्रबाट सहयोग गर्ने प्रतिवद्धता समेत गरेका छन् । सहभागिहरुले घोषणा र घोषणापछि आउने समस्यालाई संवोधन गर्ने गरेर योजना बनाउन उपमहानगरपालिकाई सुझाव समेत दिए । बैठकमा बालमैत्री विज्ञ विकिरण गौतमले बालमैत्री स्थायनी शासन अन्तर्गत सुचकका अवस्थाका बारेमा सहजिकरण गरेका थिए ।
उपमहानगरपालिका सामाजिक विकास समितिका संयोजक तथा प्रवक्ता भरत अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा निमित्त प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजाल, जिल्ला टाफिक कार्यलय प्रमुख थम्मन जिसी, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी, दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष रामप्रसाद पोख्रेल, होटल व्यवसायी समितिका अध्यक्ष दिपेन्द्र पुन, अधिकारकर्मी लक्ष्मी आचार्य, आश्मानी चौधरी, माधव चौधरी, भरतनाथ योगी, दुर्गा खत्री लगायतले सुझाव दिएका थिए । कार्यक्रमको सहजिकरण उपमहानगरपालिका अधिकृत मोती विश्वकर्माले गरेकी थिइन् ।