दाङ, १८ पुस । नेपाल मानव अधिकार संगठनको सभापतीमा पुनः इन्जीनियर ऋषिराम शर्मा चयन भएका छन् । संगठनको आइतवार भएको ११ जिल्ला अधिवेसन बाट शर्मा अध्यक्षमा सर्व सहमतीमा अध्यक्षमा चयन भएका हुन । समितीको उप सभापतीमा नरेशजङ राणा, सचिवमा राकुमार पौड्याल, कोषाध्यक्षमा बशन्ता गिरी, सहसचिवमा गोपाल रावत रहेका छन् ।
समितीका अन्य सदस्यहरुमा पदम वुढाथोकी, तेजविक्रम रावत, माधव देवकोटा, रेशमीराज पाण्डे, मोहन पुरी, भिमबहादुर अधिकारी, शोभा पौडेल, अनिलकुमार अधिकारी, नारायणप्रसाद भट्टराई, श्यामप्रकाश आचार्य, शान्ता घिमिरे रहेका छन् । अधिवेसनले ३ सदस्ययी सल्लाहाकार समिती चयन गरेको छ । जसमा जयानन्द शर्मा, विमला योगी र भुपाल गिरी रहेका छन् । अधिवेसन उद्घाटन कार्यक्रममा बोल्ने बक्ताहरुले नागरिकलाई मानव अधिकार प्रदान गर्नेका लागि मानव अधिकार सम्वन्धी काम गर्ने संस्थाहरु एक्तावछ भएर लाग्नु पर्ने बताएका थिए ।
उनीहरुले आफनो अधिकार प्रयोग गर्दा अरुको अधिकारलाई पनि ध्यान दिनु पर्ने बताएका थिए । कार्यक्रममा वोल्दै संगठनका केन्द्रीय सदस्य जयानन्द शर्माले आफनो कर्तव्य पालना गर्ने सक्दा मानव अधिकारका घटना कम हुने बताएका थिए । जिल्लामा सबै समन्वय गरेर अगाडि वढेमा मानव अधिकारका कायम गराउन सकिने उनको भनाइ रहेको छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मानव अधिकारका क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले नागरिकको जन जिवीका समेटीएका विषयहरुमा आवाज उठाउनु पर्ने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल के सी, घोराही खानेपानी संस्थाका उपाध्यक्ष भरतमणि पाण्डे, जेष्ठ नागरिक सरोकार केन्द्रका अध्यक्ष भुपाल गिरी लगाएतकाले भनाइ राखेका थिए । कार्यक्रममा आर्थिक तथा सामाजिक प्रतिवेदन संगठनका कोषाध्यक्ष सुनिलकुमार देवकोटाले प्रस्तुत गरेका थिए ।
कार्यक्रम संगठनका जिल्ला सभापती इन्जीनियर ऋषिराम शर्माको अध्यक्षतामा भएको थियो । संगठनका उप सभापती विमला योगीको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सहजिकरण सचिव रामकुमार पौड्यालले गरेका थिए ।