खानेपानीको अध्यक्षतमा भण्डारी निर्वाचित

तुलसीपुर, १८ पुस । तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा यमकान्त भण्डारी निर्वाचित भएका छन् । सनिवार भएको नयाँ नेतृत्वको निर्वाचन बाट १९८६ मत प्राप्त गरी अध्यक्ष भण्डारी निर्वाचित भएको निर्वाचन समितिले जानकारी दिएको छ । उनका प्रतिष्प्रर्धी पवनराज बुढाथोकीले १७६७ मत प्राप्त गरेका छने भने अध्यक्षका अर्का उम्मेदवार दिपक कुमार धितालले २६४ मत प्राप्त गरेका छन् ।

निर्वाचित भण्डारी र बुढाथोकी बिच २१९ मतान्तर रहेको छ । भण्डारीलाई तुलसीपुर क्षेत्रका क्रियाशिल ९ राजनितिकि दलहरुको समर्थन रहेको थियो । दलहरुको समर्थनमा भण्डारीको प्यानलको कोषाध्यक्ष बाहेक अन्य सवै पदमा प्यानल निर्वाचित भएका छन् । त्यसैगरी खानेपानीको उपाध्यक्षमा भण्डारी प्यानलका सिताराम शर्मा आचार्यले २२७२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्धन्द्धी गिरीधारी प्रसाद पौडेलले १४८५ र अर्का उम्मेदवार पुर्ण प्रसाद धितालले ७१ मत प्राप्त गरेका छन् । धितालले भने आफ्नो उम्मेदवारी अन्तीम समयमा फिर्तालिर चुनावमा भाग नलिएका हुन् । सचिवमा भण्डारी प्यानलका सेवकराम भण्डारी विजयी भएका छन् । भण्डारीले २८३८ मत प्राप्त गरी विजयी भएका हुन् । उ

नका प्रतिष्प्रर्धी दामोदर लामीछानेले ६८४ मत प्राप्त गरेका छन् । यस्तैगरी कोषाध्यक्षमा भोला प्रसाद थापा विजयी भएका छन् । उनले १७०२ मत प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिष्प्रर्धी भण्डारी प्यालनका भद्र बहादुर वलीले १५१६ मत प्राप्त गरेका छन् । कोषाध्यक्ष पदका उमेदवार मेघराज न्यौपानेले ३०४ र कर्ण बहादुर वलीले ८७ मत प्राप्त गरेका छन् उनीहरु पनि अन्तीम समयमा उम्मेदवारी फिर्ता लियर अरुलाई समर्थन गरेका थिए । संस्थाको सदस्यहरुमा पदम बहादुर खड्का र लक्ष्मण केसी निर्वाचित भएका छन् । खड्काले २०७८ र केसीले २५६४ मत प्राप्त गरेका छन् ।

सदस्य पदका अर्का उम्मेदवार सोविन्द्र चन्दले १३११ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । गठवन्धनका सवै उम्मेदवार विजय भएपनि कोषाध्यक्षमा भने बुढाथोकी प्यानलका भोलाप्रसाद थापा विजय भएका छन् । संस्थाको जम्मा मतदाता संख्या सात हजार ४ सय ६७ रहेकोमा शनिवार भएको मतदानमा चार हजार चार सय पाँच मत खसेको थियो ।

जसमा २७ मत बदर भएको समितिले जनाएको छ । त्यसैविच अध्यक्ष पदका प्रत्यासी पवनराज वुढाथोकीले निर्वाचनमा आफुलाई अमूल्य मत दिने सवै उपभोक्ता, मतदाता, निर्वाचनमा सहयोग गर्ने संघ, संस्था , निर्वाचन समिति, सुरक्षाकर्मी सञ्चारकर्मी र आम शुभचिन्तक शुभेच्छुकहरुलाई आभार तथा कृतज्ञता प्रकट गरेका छन् । बुढाथोकीले निर्वाचनमा एउटाले जित्ने तथा अर्कोले हार्ने स्वभावीक प्रकृया भएको भन्दै ९ राजनितिक दल र विजय हुने सवैलाई बधाई समेत व्यक्त गरेका छन् । ‘निर्वाचनको समयमा एक अर्को विच प्रतिश्पर्दा हुनुसोभावीकहो, जितहासील गरेको टिमलाई म बधाई दिन चाहान्छु जनतालाई सुलभ र सहजरुपले जनचाहना अनुसार खानेपानीको सहजआपूर्ति मिलाउनु हुनेछ भन्नेमा म विश्वस्थ छु –उनले भनेका छन् । साथै उनले आफनो साथ सहयोग सधै रहने प्रतिवद्धता समेत व्यक्तगरेका छन् ।