सामुदायिक शिक्षा : जनप्रतिनिधिलाई बाल मतलव

खेमराज रिजाल
तुलसीपुर, १७ पुस । तुलसीपुर उपमहानगरपालिकाले नगरस्तरीय गुरुयोजना निर्माण तथा स्थानीय पाठ्यक्रम निर्माण गरिरहँदा उपमहानगरपालिकाका जनप्रतिनिधिहरुलाई कुनै मतलव छैन । स्थानीय पाठ्यक्रम निर्माणलाइ भन्दा पार्टी निर्माणलाई जनप्रतिनिधिहरुले प्राथमिकता दिन थालेका छन् । गुरुयोजना र पाठ्यक्रम निर्माण तुलसीपुर उपमहानगरपालिकाको युवा शिक्षा तथा खेलकुद महाशाखाले १९ वटै वडाध्यक्षलाई अन्तत्र्रिmयामा आमन्त्रण गरे पनि अधिकांश वडाध्यक्षहरु भने कार्यक्रममा आएनन् ।

कार्यक्रममा तुलसीपुरका १९ वटा वडामध्ये जम्मा ६ वटा वडाका अध्यक्षहरु मात्र सहभागी थिए । अनुपस्थित वडाध्यक्षहरुलाई कार्यक्रम सुरु हुन थालिसकेको जानकारी आयोजक शाखाले दोहो¥याएर गराए पनि न वडाध्यक्ष कार्यक्रममा आए, नत प्रतिनिधिनै पठाए । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–५ का अध्यक्ष बीरेन्द्र कुमार शाह, ६ का अध्यक्ष नवराज लामिछाने, ९ का अध्यक्ष घनश्याम ढकाल, १२ का श्याम डाँगी, र १५ का वडाध्यक्ष लक्ष्मण चौधरी मात्रै उपस्थीत थिए । अन्य १३ वटा वडाका अध्यक्षहरुले शैक्षिक योजना निर्माणलाई प्राथमिकतामा राखेनन् ।

एउटा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युएसएआइडी तथा तयार नेपाल र तुलसीपुर उपमहानगरपालिकाकै युवा खेलकुद तथा शिक्षा महाशाखाको महत्वपुर्ण शेक्षिक अन्तत्र्रिmयामै जनप्रतिनिधिहरुले यति बेवास्ता गर्छन् भने गैरसरकारी संस्था र केही शिक्षक प्रतिनिधिको सुझावमा मात्रै कस्तो शैक्षिक योजना बन्ला भन्ने प्रश्नको स्पष्ट संकेत फोटोकपी शैक्षिक योजना र आयातित पाठ्यक्रम निर्माण । ‘स्थानीय पाठ्यक्रम निर्माणमा जनप्रतिनिधिकै सल्लाह र सुझावको बढि अपेक्षा गरेर दोहो¥याएर समेत उपस्थीतिकालागी आग्रह गर्यौ, तर उहाँहरु आउनुभएन’, शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले भने ।

उपमहानगरपालिकामा अझै पनि कतै दरबन्दी कम रहेको छ भने कतै विद्यार्थिनै न्युन रहेका विद्यालयमा पनि शिक्षकहरु खचाखच भरिएका छन् । सामुदायिक विद्यालयहरु बर्षेनी रित्तिँदै रहेको अवस्थामा जनप्रतिनिधिहरुको शिक्षामा चासो नहुनु आश्चयजनक भएको पनि बताइएको छ । जनप्रतिनिधिहरुकै सहभागिताविना बनेको नगर शिक्षा गुरुयोजना र स्थानिय पाठ्यक्रम निर्माण कति सार्थक र सान्दर्भिक बन्ला भन्ने पनि यसले प्रश्न उब्जाएको शिक्षाका जानकारहरु बताउँछन् ।
प्रमुख अतिथि नगरप्रमुख घनश्याम पाण्डे, ६ जना वडाध्यक्ष, पेषागत शिक्षक संघसंगठनका प्रतिनिधिहरु तथा केहि गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको मात्रै प्रतिनिधिमुलक उपस्थीतिमा योजना निर्माण र पाठ्यक्रम निर्माण अन्तत्र्रिmया तुलसीपुरको एउटा सुविधा सम्पन्न होटलमा सम्पन्न भएको छ ।

योजना निर्माणमा विद्यार्थि तथा अभिभावक कसैको पनि उपस्थीति थिएन । करिब २ लाखभन्दा बढी जनसंंख्या भएको तुलसीपुर उपमहानगरपालिकाका विभिन्न ८३ वटा सामुदायिक विद्यालयहरुमा २३ हजार ७ सय ५५ विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । उनीहरुलाइ पढाउन सरकारले शिक्षक र कर्मचारी गरी जम्मा ८२३ जना शिक्षक कर्मचारी खटाएको छ । तर अघिल्लो शैक्षिक सत्रमा भन्दो चालु शैक्षिक सत्रमा ३४७ विद्यार्थी मात्र थपिएका छन् । सामुदायिक विद्यालयमा एक बर्षमा यतिमात्रै विद्यार्थी थपिँदा पास आउट भएर निस्कनेको संख्या निकै बढि हुन्छ, यस्तो अवस्थामा सामुदायिक विद्यालयमा विद्यार्थीलाई टिकाउन कस्तो योजना बनाउने भन्नेमा जनप्रतिनिधिकै चासो नहुनु आश्चर्यको विषय भएको नागरिक अगुवाहरुले बताउँदै आएका छन् ।

तुलसीपुर उपमहानगरपालिका शिक्षा संयोजक श्याम डाँगीको अध्यक्षता तथा नगरप्रमुख घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शिक्षा महाशाखा प्रमुख चक्र भण्डारीले तुलसीपुर उपमहानगरपालिकामा सामुदायिक विद्यालयहरुको संख्या, विद्यार्थि संख्या, महिला तथा पुरुषको उपस्थी अनुपात, कक्षा छाड्ने दर, नयां विद्यार्थि भर्ना दर, विचमै कक्षा छाड्नेको तथ्यांक लगायतका विषयमा प्रस्तुती देखाए । उनको प्रस्तुतीमा समग्र राष्ट्रिय शैक्षिक तथ्यांक भन्दा तुलसीपुर उपमहानगरपालिकाको शैक्षिक अवस्था सुधारोन्मुखनै देखिन्थ्यो । तर सुधारात्मक कदमहरु अझै धेरै बाँकी रहेको पनि प्रस्तुतीकरणमा उल्लेख गरिएको थियो । यदि सामुदायिक विद्यालयहरुमा विद्यार्थी भर्ना दरको बृद्धि र ड्रपआउटलाई नियन्त्रण गर्न नसकेको अवस्थामा अबको केही बर्षमै सामुदायिक विद्यालयहरु रित्तिन सक्ने पनि तथ्यांकले स्पष्ट देखाउँथ्यो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका पुर्व श्रोत व्यक्ति मुकुन्द रिजालले विद्यार्थीको विद्यालयमा उपस्थिति हुने दरलाई बृद्धि गर्न योजना नल्याएसम्म गुणस्तरीय शिक्षाको परिकल्पना हुन नसक्ने बताएका थिए भने दिगो विकाश तथा पर्यवरणिय मन्च दाङका अध्यक्ष डिल्लीबहादुर रावतले बालबालिकाको उमेरले थेग्न सक्नेगरी पाठ्यक्रम निर्माणमा जोड दिएका थिए । साथै नथा स्थानीय पाठ्यक्रममा दिगो विकाश र वातावरणको सवालमा पनि केहि थप गर्न आग्रह गरेका थिए । एन प्याव्सन दाङका उपाध्यक्ष भोजराज न्यौपानेले स्थानिय पाठ्यक्रममा तुलसीपुरको पनि स्पष्ट पहिचान हुनेगरी निर्माण गर्न सुझाव दिएका थिए ।

‘तुलसीपुर उपमहानगरपालिकालाई कुन मोडेलमा लैजाने हो, त्यहीअनुसार योजना बनाउन आवश्यक छ’, न्यौपानेको सुझाव थियो । कार्यक्रममा शिक्षक संघसंगठनका प्रतिनिधिहरु लेवेन्द्र केसी, लोकराज डाँगी, भरत चौधरी युएसएआइडीका विश्वमणि खनाललगायतले स्थानीय पाठ्यक्रम निर्माण र नगर शिक्षा गुरुयोजना निर्माणका विषयमा सुझाव राखेका थिए । उनीहरुले स्थानीय भाषा संस्कृति, स्थानीय पर्यटनको पहिचान, स्थानीय रीति–रिवाज, स्थानीय कृषि उत्पादनलगायतका विषयलाई स्थानीय पाठ्यक्रममा समेट्न पनि सुझाव दिएका थिए ।