खानेपानीमा सितारामको ह्याट्रिक

तुलसीपुर, १६ । पुस । प्रायजसो खेलकुद तथा सामाजिक क्षेत्रमा क्रियाशिल तुलसीपुर उपमहानगरपालिका—६ निवासी सिताराम शर्माको लत पछिल्लो समय पानीमा छ । उनी भोली सनीवार सम्पन्न हुने तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको उपाध्यक्ष पदमा उम्मेदवार बनेका छन् । उनी यस अघिपनि संस्थामा कोषाध्यक्षको जिम्मेवारीमा रहंदा तुलसीपुर खानेपानीको आर्थिक जिम्मेवारी मात्र सम्हालेनन्, उनले पानीको कोषको वारेमा पनि निकै गहिरिएर नजर अन्दाज गरेका छन् ।

दइ कार्यकाल खानेपानीमा जिम्मेवारी सम्हाली सकेका सितारामलाइ यसपाली चुनाव चिन्ह फुटवल परेको छ । खेलकुद प्रेमीलाइ फुटवल चुनाव चिन्ह पर्नु आफैमा पनि लक्कि संकेत हो । अव उनको लत पानीमा बसेको छ । उपभोक्तालाइ आगामि ५ बर्ष सम्म कति खानेपानी आवस्यक पर्छ, मुहानहरु कहाकहां हुन सक्छन् र मुहानको पानी उपभोक्ताका धारा सम्म ल्याउन केकस्ता योजना आवस्यक पर्छन भन्नेमा पनि सिताराम गहन रुपमा नियालीरहेका छन् । ‘मलाइ चुनाव जिताउन उपभोक्ताहरु निकै आतुर छन्, खालि उनीहरुले मतदानको समय मात्रै पर्खिरहेको अवस्था छ’, आफ्नो विजय सुनिश्चित गर्दै सिताराम भन्छन् ।

यस अघि राप्ती सार्वजनिक यातायात व्यवसायी समितिको कार्यालय प्रमुखको जागीर वाहेक उनले अधिकांश समय खेलकुद क्षेत्र, तथा सामाजिक क्षेत्रमै खर्चिए । जिल्ला खेलकुद विकाश समिति दाङको पुर्व कोषाध्यक्ष, टेवलटेनिस संघको कोषाध्यक्षको भुमिकामा काम गरीसकेका शर्माले तुलसीपुरमा कभर्डहल निर्माणमा पनि अतुलनिय भुमिका निर्वाह गरे ।

कभर्डहल निर्माणकालागी जग्गा संरक्षण गर्ने देखि लिएर तुलसीपुरको गौरवकै रुपमा रहेको अरनिको मैदानलाइ चारैतिर पर्खाल निर्माण गरी संरक्षणको अगुवाइमा पनि सितारामको भुमिकालाइ आम तुलसीपुरबासीले बुझेका छन् । पछिल्लो समय तुलसीपुर खानेपानीको कोषाध्यक्षमा रहंदा पनि उनी उपभोक्ताका निकै लोकपृय बनेका पनि छन् । ‘उनले दशै तिहार भनेर कहिल्यै विदा बसेनन्, मलाइ याद छ, गएको दशैको अघिल्लो दिन धारामा पानी आएन भनेर जानकारी गराउंदा प्लम्वर सहित मेरो घरमा आएका थिए’, तुलसीपुर खानेपानीका एक उपभोक्ताले अभिव्यक्ति दिए ।

उनले प्रतिस्पर्धि गिरीधारी प्रसाद पौडेललाइ भारी मतले हराउने बताएका छन् । ‘उहांसंग चुनाव लड्ने इच्छा थिएन, सहमतीमै नेतृत्व चयनकालागी मैले उम्मेदवारी दिएको हु, सवै दलले मलाइनै उपाध्यक्षमा रोजेपछि मैले के गरुं’, सीतारामले प्रतिस्पर्धि गिरीधारीलाइ यसरी भनेका छन् । सहमतीमै नेतृत्व चयनकालागी आफुले उपाध्यक्षमा उम्मेदवारी दिएर सर्वदलिय टिमको प्रचार प्रसारमा जुटेको पनि सितारामको अभिव्यक्ति थियो । सितारामको चुनाव चिन्ह फुटवल हो ।

ह्याट्रिक हान्नुपर्ला वा भारी गोलको अन्तरले विजयी बन्लान सिताराम, निर्णय उपभोक्ताको मतमा छ । तुलसीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा हाल करीव ८ हजार ३ सय उपभोक्ता रहेका छन् । ती मध्ये ७ हजार ४ सय उपभोक्तामा मताधिकार रहेको तुलसीपुर खानेपानीतथा सरसफाइ उपभोक्ता संस्थाले जनाएको छ ।