लक्ष्मण बस्नेत
तुलसीपुर,१५ पुस । दाङमा जारी एन्फा जिल्ला लिग फुटबल प्रतियोगिता २०७८ को दोश्रो दिन बिहिवार तुलसीपुरमा सम्पन्न खेलमा लक्ष्य युवा क्लब तुलसीपुर–१५ र सक्सेस फुटबल क्लब तुलसीपुरले बिजयी सुरुवात गरेका छ्न् ।
अखिल नेपाल फुटबल संघ एन्फाको वार्सिक कार्यक्रम अनुसार दाङ जिल्ला फुटबल संघको आयोजनामा संचालित प्रतियोगितामा टाईगर युवा क्लब तुलसीपुरलाई सुन्यका बिरुद्ध दुई गोल अन्तरले पराजित गर्दै लक्ष्य युवा क्लबले बिजयी सुरुवात गरेको हो । त्यस्तै युनाईटेड युथ क्लब तुलसीपुरलाई सुन्यका बिरुद्ध ३ गोलले पराजित गर्दै सक्सेस फुटबल क्लबले बिजयी सुरुवात गरेको हो ।
घोराहिको भरतपुर खेलमैदानमा भएको खेलमा राप्ती फुटबल क्लब र युएनबिसी घोराहीले अंक बाडेका छन् । बिहिवार भएको कडा प्रतिस्पर्धा र रोमाञ्चक खेलमा दुबै तर्फबाट निर्धारित समयसम्म कुनै गोल हुन नसकेपछी अंक बाडेका हुन । जिल्ला लिग अन्तरगत घोराही भरतपुर खेलमैदानमा पाँच क्लब र तुलसीपुरतर्फ पाँच क्लब एक आपसमा आमनेसामने भईरहेका छन् । तुलसीपुरतर्फ शुक्रबार पहिलो खेलमा १२ बजे युनाईटेड युथ क्लब तुलसीपुर र टाईगर युवा क्लब भिड्दैछन् ।
त्यस्तै दिउँसो दुई बजे हुने खेलमा लक्ष्य युवा क्लब र एसएसएफए तुलसीपुर आमनेसामने हुनेछ्न् । उता घोराही भरतपुर खेलमैदानमा शुक्रबार पहिलो खेलमा न्यु स्टार फुटबल क्लब नारायणपुर र नवलपुर फुटबल एकाडेमी भिड्नेछन् । त्यसैगरी दिउँसो साढे दुईबजे हुने खेलमा राप्ती फुटबल क्लब र किशान जागृती भिड्ने आयोजकले जानकारी दिएको छ १ २९ गते सम्म संचालन हुने प्रतियोगितामा जिल्लामा स्थापित दस क्लबहरुको सहभागिता रहेको छ ।