विवादित एमसिसी र निर्वाचित दोस्रो पुस्ता

सुभाष न्यौपाने
विवादित एमसिसीले विश्वचर्चा पायो ।
राजनीतिमा दोस्रो पुस्ता निर्वाचितमै आयो ।।
जसको कारण गठबन्धनमा खैलाबैला छ रे ।
प्रतिपक्ष पेश गर्न, पास गर्दिन भन्छ रे ।।

नेपालको सन्दर्भमा राष्ट्रघाती कार्यक्रमको रुपमा चर्चामा आएको एमसिसी परियोना पुनः चर्चामा आएको छ । नेपाली का.ग्रेसको चौधौँ महाधिवेशनसँग जोडिएर एमसिसी परियोजना फेरि पनि विवाद र चर्चामा आएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारलाई भनिसकेको छ कि सरकारले आफ्नो कार्यक्रम सदनमा पेश गर्न किन ढिला गरिरहेको छ ? जतिसके चाँडो एमसिसीसम्बन्धी प्रस्ताव पेश गरोस्, एमाले पास गर्न तयार छ तर कुरा गठबन्धनमै मिलेको छैन रे ।

जसरी प्रधानमन्त्री तथा सभापति शेरबहादुर देउवाले आफ्नो पार्टीको महाधिवेशनपछि पेश गरे आफूलाई सभापतिमा निर्वाचन जित्न सहज होला भनेर आफ्नो महाधिवेशनसम्म तर्काएर लगेका थिए । उनले आफू सभापतिमा निर्वाचित भएपश्चात तुरुन्त एमसिसी परियोजना पास गर्नको लागि परराष्ट्रमन्त्री, मन्त्रालयलगायतलाई निर्देशन दिएलगत्तै बसेको सरकार गठबन्धनमा फेरि शेरबहादुरको जस्तै अर्को प्रस्ताव आयो रे, नेकपा माओवादी केन्द्रको तर्फबाट ।

नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र प्रचण्डले पनि आफ्नो पाटीृको राष्ट्रिय सम्मेलनपछि मात्र सो प्रस्ताव छलफलमा अगाडि बढाउन पाए आफूलाई पनि राजनैतिक मूल्य अलि सर्वशुलभ पथ्र्यो कि भन्ने धारणा पनि राखेको पाइयो । तर, प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले सभापति पदमा निर्वाचन जितिसकेपछि भने अलि फेरिएका छन् रे । उनले भनेका छन् रे – मिल्छ भने गठबन्धनबाट साझा धारणाका साथ अगाडि बढ्ने होइन, गठबन्धनमा साझा धारणा बन्न सक्तैन भने प्रतिपक्ष दलसित मिलेर भए पनि प्स्ताव अगाडि बढाउने र पारित गर्ने गरी अगाडि बढाउन निर्देशन दिएलगत्तै गठबन्धनमा कम्मपन आएको छ रे ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसमा दोस्रो पटक निर्वाचित सभापति शेरबहादुर देउवा जसरी भए पनि एमसिसी सदनमा पेश र पारित गर्ने पक्षमा छन् । उनलाई अन्य जुनसुकै गतिविधिमा विरोध र असहयोग गर्ने आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एमसिसी परियोजना पारित गर्न आतुर रहेको छ भने सत्ता गठबन्धनका नेकपा माओवादी नेकपा समाजवादीलगायतका दलका नेताहरु पनि आतुर रहेको बुझिएको छ भने ती दलका दोस्रो तहका नेताहरु भने फरक मतका साथ उभिएको देखिएको हेर्दा पहिलो तहका नेताहरु अलि अलमलमा परेका छन् ।

त्यस्तै नेपाली कांग्रेसका दोस्रो पुस्ताका नेताहरु पनि एमसिसी परियोजना पारित गर्नुपर्ने धारणा सार्वजनिक गर्ने नेताहरु रामशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, नारायण खड्कालगायतका नेताहरु सार्वजनिक कार्यक्रममा आफ्नो धारणा प्रष्ट रुपमा राख्दै आएका छन् भने नागरिकलाई स्पष्ट रुपमा कुनै पनि सरकारले अहिलेसम्म आफ्ना गतिविधि सार्वजनिक गर्न सकेको छैन । प्रतिपक्ष सहमत छ, सत्ता पक्षमा गोलमटोल । त्यसैले नेता एउटा चाहिन्छ । थारु भाषामा एउटा कहावट छ ‘ढ्यार बिलार मुस निमर्ट’ ।

अहिले गठबन्धनमा त्यस्तै अवस्था देखिएको छ । प्रधानमन्त्री सदनमा प्रस्ताव पेश गर्दछन्, सभामुखले सर्त राख्छन् । लौ भन्नुस्, सत्तारुढ गठबन्धनको रबैया के हो ? सरकार के हो ? सभामुख के हो ? यदि राम्रो विषय हो, राम्रो कार्य हो भने जनतालाई बुझाउन किन नसक्ने ? गठबन्धन दलको बैठकमा प्रधानमन्त्रीले राखेको प्रस्तावलाई सहमतिका साथ अगाडि बढऔँ भन्नु स्वाभाविकै भए पनि सभामुखले आफ्ना कारण राख्न र प्रधानमन्त्रीको प्रस्तावका अवज्ञा गर्नु कतिसम्म सान्दर्भिक हो ? प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन दलभित्र प्रस्ताव राख्दै गर्दा सभामुख अग्नि सापकोटाले प्रधानमन्त्रीसँग सर्त राखेका छन् ।

अब भन्नुस्, सभामुखले प्रधानमन्त्रीसँग राखेको सर्तले के बुझाउँछ ? भन्नुस् सभामुख प्रतिपक्ष हुन् कि सत्ता पक्ष ? प्रमुख प्रतिपक्षी दल चाहिँ किन सदनमा पेश गर्न अलमल गरेको भनेर चाँडो गर्न सिफारिस गर्छ तर सभामुख सर्त राख्छन् । यस्तो किसिमले सत्ता गठबन्धन अगाडि बढिरहेको छ । सबै प्रमुख राजनैतिक दलहरुले महाधिवेशन सम्पन्न गरिसकेका छन् । सबै राजनैतिक दलको नेतृत्वका पदाधिकारी तहमा धेरैजसो युवाहरु निर्वाचित भएका छन् ।

जनताको अपेक्षाअनुसार जनताले चाहेको युवा नेतृत्वप्रति जति जनताले आशा गरेका छन् तर जनताको अपेक्षाअनुसार युवा नेतृत्वपंक्तिमा रहेका नेताहरुल्े विवादित विषय एमसिसी परियोजनाको बारेमा जनतालाई सुसूचित गराउने विषयमा चासो राखेको पाइएन । न त ती युवाहरुले एमसिसीका बारेमा आफ्नो दलभित्र बहस उठाएको पाइयो, न त उनीहरुले सदनको बैठकमा उक्त विषयको बारेमा बहस तथा सार्वजनिक गरेका छन् ।

उता नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तेह्रौँ महाधिवेशनभन्दा धेरै नै शक्तिशाली बन्ने आँकडा आइसकेको छ । उनी सरासर केन्द्रीय समितिमा साठी प्रतिशतभन्दा माथिल्लो अंकमा पुगिसकेको देखिन्छ । सुनिन्छ पनि कि एमसिसी प्रस्तावको बारेमा व्याख्या गर्न कांग्रेस महामन्त्री तथा सदनमा पनि चर्चित सांसद तथा युवा नेता गगन थापालाई एमसिसी परियोजनाको बारेमा व्याख्या गर्ने जिम्मा दिने विचार गरेका छन् रे । यदि विषयवस्तुको यथार्थ व्याख्या गर्दै जनतालाई सोही अनुसारको परिभाषा र व्याख्या गरेर बुझाउने प्रयास गरे भने जनताले विषयको बारेमा बुझ्ने मौका पाउनेछन् भने नेता गगन थापाको बारेमा पनि बुझ्नेछन् ।

जसको कारण उनको प्रसिद्धिको उचाइ अझ बढ्ने देखिन्छ भने उनले मनगढन्ते तरिकाले जनताको आँखामा छारो हाल्दै व्याख्या र अपव्याख्या गर्न थाले भने उनको पनि राजनीतिमा विराम लाग्नसक्छ । उनको प्रसिद्धि सहितको राजनेतिक यात्रामा अवरोध आउनसक्छ । यस विषयमा भर्खर मात्र पार्टी सभापतिमा निर्वाचित भएका प्रधानमन्त्री शेरबहादुर देउवा आफू पार्टी सभापतिमा निर्वाचित हुँदाको अवस्था र केन्द्रीय समितिको उपस्थितिमा देखिएको सुविधाजनक बहुमतलाई च्याँखे थाप्न पनि सक्छन् ।

त्यसमा पनि प्रधानमन्त्री शेरबहादुर देउवा जसरी भए पनि एमसिसी परियोजना नेपालको संसदबाट पारित गराउन खोज्दै छन् भन्ने आरोप पनि लागिरहेको छ । यस विषयलार्य न्यून आँकेर यदि कोही पनि युवा नेताहरु गलत प्रवृत्तिको व्याख्या गरेर आत्महत्या गर्न तयार होलान् त ? त्यस्तै सरकारले एमसिसी पारित गर्न सदनमा पेश गर्न खोज्दै गर्दा सभामुखले राखेको प्रस्तावहरु हुन् । सदनमा राष्ट्रिय सहमति हुनुपर्ने, जनताबाट एमसिसीको बारेमा उठेका प्रश्नहरुको सरकारले जवाफ दिनुपर्ने, एमालेले गरिराखेको दनको अवरोध हट्नुपर्ने । झ्वाट्ट हेर्दा सहमतिबाट सबै कार्य गर्न सके साह्रै राम्रो तर सम्भावना भने देखिँदैन ।

यदि सहमति हुन सक्तैन भने बहुमतीय प्रणालीबाट अघि बढ्नु र बढाउनु स्वभाविकै हो तर जनतालाई एमसिसी परियोजनाको बारेमा जानकारी दिन भने नहिच्किचाउ । सभामुख अग्नि सापकोटाले एमसिसी विरुद्ध सदनमा लविङ सुरु गरिसकेका छन् । उनी भन्छन्– तपाईंहरु सहयोग गर्नुस् म पारित हुन दिन्न । अब सरकार र सभामुख विरुद्ध द्वन्द्व सुरु भएकै हो त ? गठबन्धन दलका नेता प्रचण्डले यथास्थितिमा एमसिसी पास नहुने बताइरहेको बेलामा सभामुख सापकोटा एमसिसीका विरुद्धमै उत्रिएर भन्दैछन् कि एमसिसी कुनै हालतमा पास हुन दिन्न । अब भन्नुस् गठबन्धन कसरी अगाडि बढ्ला ?

वर्तमान सन्दर्भमा मुलुकभित्र चर्किएका जति द्वन्द्व छन् तिनीहरु धेरै जसोको मूलकारण एमसिसी नै रहेका खुल्दै आएको छ । सर्वोच्च अदालतमा बारको आन्दोलन जसमा न्यायाधीशहरुले अवज्ञा गरेको प्रधानन्यायाधीशले तोकेको इजलास र वकिलहरुलाई साथ दिएर आफ्नै सर्वोच्च न्यायका प्रमुखको विरुद्धमा सडक आन्दोलनमा जानु यो पनि न्यायिक विछृंखलताको उदाहरणको रुपमा यत्रतत्र सर्वत्र छरिएकोछ । ती न्यायकर्मी र न्यायका सम्वाहकहरुलाई न त चासो छ न त ज्ञान नै । यी सबै उच्छृंखलता र विचलनताकै कारण न्यायलाई विचलित गराउने मनसायले सुरुवात गरिएको भन्ने बुझिँदै आएको छ । यसबाट कसले कति मुनाफा आर्जन गर्ने हुन् ? भन्ने कुरा कहाँ पुगेर पुष्टि हुने हो थाहा छैन । कथा एकातिरको विषय अर्कोतिरको विवादको भूमरीमा ल्याएर हालिदिए चोलेन्द्रलाई ।

त्यसैले आजको मागलाई युवाहरुले सम्बोधन गर्न सक्छन् भन्ने उद्देश्यका साथ हरेक राजनैतिक दलले आफ्नो र आफ्नो राष्ट्रियताको सुरक्षाका निमित्त युवाहरुलाई उभ्याएको छ । राष्ट्र र राष्ट्रियताको रक्षा गर्ने उद्देश्यका साथ युवानेताहरुलाई अगाडि सारेका कारण पनि युवाहरु यो र त्यो वहानामा आफ्नो कर्तवयबाट पन्छिन पाउने अवस्था पनि छैन । यस्तो विषम परिस्थितिमा युवाहरुलाई न त समाजले राष्ट्रियतामाथि अतिक्रमण भइरहेका बेलामा चुप लागेर बस्न पाउने अवस्था छ न त राष्ट्रिय अखण्डतामाथि आक्रमण गर्नेलाई सघाउन पाइने अधिकार छ । त्यसैले युवाहरु तिमीहरु राजनीति जुनसुकै दलको गर, तिमीहरुलाई राष्ट्रघात गर्ने छुट जनताले दिएका छैनन् ।

पैसा भए राष्ट्र, राष्ट्रियता र जनता समेत बेच्न पछि नपर्ने शासकका कारण मुलुक लोकतन्त्रको नाममा झन पछि झन धरासायी बन्दै गइरहेको छ । जनताको राष्ट्रियतामाथि आक्रमण भइरहेको छ । जनताको आत्मबल गिर्दो अवस्थामा रहेको छ । तसर्थ, युवापंक्ति, युवा नेतृत्व मुलुकको हितका लागि, राष्ट्रियताको रक्षाका लागि उठ्नै पर्छ, उठ । नेपाली कांग्रेसको बाह्रौ महाधिवेशनबाट चर्चामा आएका गगन थापा तेह्रौँ महाधिवेशनमा चर्चाको शिखरमा पुगेसँगै हासिल गरेको प्रसिद्धिका कारण चौधौँ शिखरमा पुगेसँगै हासिल गरेको प्रसिद्धिका कारण चौधौँ महाधिवेशनमा प्राप्त सफलतासँगै शिखर चुमिसकेपछि कतै अन्योलतामा परेका छैनन् भन्ने शंका हामी सबैलाई लागेको छ ।

आजसम्म एमसिसीको बारेमा चुइक्कसम्म नबोलेका गगन कसरी एमसिसीका पक्षमा गजर्न पुगे ? यसमा जनताले चासोको साथ शंकाको दिइरहेका छन् । शेरबहादुजीले पटक–पटक एमसिसी पास गर्नुपर्ने धारणा प्रस्तुत गरिरहँदा नेपाली कांग्रेसका नेता तथा सांसद गगन थापाको धारणा नेपाली जनताले बुझ्न खोजेका थिए । जुनबेला गगन एक शब्द पनि बोलेनन् तर अहिले कुन आधारमा एमसिसीका पक्षमा सतिसाल बन्न खोज्दै छन् ? शेरबहादुरको कुरा गर्ने हो भने त उनी आफू नेतृत्वबाट बाहिरिने बेलासम्ममा सम्भावना भएका केही युवाहरुलाई सँगसँगै बढार्ने सोच पक्कै छ । त्यसैले गगन एमसिसी नामको जालभित्र चाल गर्दै छन् जस्तो लाग्छ ।

गगनको हिजो पार्टीका हरेक विषयमा विमर्ष गर्दा खरो र दह्रो रुपमा बहस तथा प्रतिवाद गर्ने नेता गगन जालभित्र छिरेजस्तो छ । अझै सम्भावना भए उम्क । तिमी शेरबहादुरजीको पदावधि समाप्तिसँगै सम्भावनारहित भएर जाने धेरै शम्भावना देखिउको छ । त्यसैले राम्रोसँग अध्ययन गरेर यथार्थ कुरा सार्वजनिक गर्दा रामे होला । त्यस्तै सम्भावना बोकेका अर्का युवा नेता हुन् रामहरि खतिवडा । उनीमाथि पनि शेरबहादुरको आँखा लागेको छ । तिमी पनि तीन साल जोगिऔ । शेरबहादुरको दृष्टि र दृष्टिकोणको दूरी अलि भिन्न छ । ज्ञानेन्द्रबहादुर र पूर्णबहादुरको जस्तो दृष्टि शेरबहादुरको तिमीमा पर्ने छैन ।

त्यसैले तिमी त्यो दृष्टि र दृष्टिकोण सुरक्षित राख्ने कोशिस गरी गगन र रामहरि एमसिसी परियोजना सम्बन्धमा शेरबहादुरको अलि गहिरो नजरमा पुगेको देखिन्छ । उनी जसरी भए पनि एमसिसी पारित गर्ने पक्षमा छन् । मुलुकको राष्ट्रियतासँग उनलाई कुनै सरोकार छैन । उनका आसेपासेले कमाएर आफूले कमाउन पाए इतिहासले राखोस् कि सरापोस् त्यसैसँग पनि उनलाई सरोकार छैन । चाहे सहमतिमा होस् चाहे बहुमतमा होस्, शेरबहादुरले एमसिसी पेश र पास गर्ने अभ्यासमा छन् । गठबन्धनका अन्य दलहरुको न नीति छ न विचार नै । उनीहरुको पछि लागेर कांग्रेसको भलो पनि हुँदैन । मुलुकको भलो हुने त कुनै ठाउँ नै छैन । प्रधानमन्त्रीले जसरी भए पनि एमसिसी पेश गर्ने र प्रतिपक्षीले जसरी पास गर्ने भन्छ रे ।