शुभकामनाको स्वास्थ्य शिविर

युवराज शर्मा

नेपाली स्वास्थ्य सेवाबाट पीडित छन् । कोभिड–१९ ले नेपालीलाई सताइरहेको अवस्था छ । कहिले के भेरियन्ट भन्छन्, डाक्टरहरुले । गाउँघरका मानिसलाई दीर्घ रोगले थला पारेको अवस्था छ । उपचार गर्न डाक्टरकहाँ धाउँदाधाउँदै थाकिसकेका वृद्धवृद्धाहरु छन् । त्यस्तावर्गका व्यक्तिहरु घरपरिवारबाट पनि धीरताको अधार भएको छ । भनिन्छ– मानिसहरुका लागि दीर्घ जीवन जिउन धीरता नै हो ।

जबसम्म मानिसले धीरता कायम राख्न सकिन्न तबसम्म जीवनलाई शान्त पर्न सकिन्न । कतिपय रोगहरु खानपिनबाट हुन्छ र बढ्छ पनि । त्यसलार्य नियन्त्रण, निर्मुल, रोकथाम गर्ने काम आफ्नै हो । यदि मानिसले आफ्नो शरीरलाई ख्याल गर्दैन भने रोग लाग्छ । त्यस्तो ख्याल गर्ने काम बाल्यकालमा आमाको हो भने किशोरावस्थामा आफ्नै कर्म हो । त्यस अवस्थामा ध्यान दिइएन भने उमेर खस्केपछि रोगहरु देखापर्छन् । वृद्धवस्थामा रोगले सताउँछ । व्यक्तिहरुको जमघट स्वास्थ्य शिविरहरुमा हुन्छ ।

सहयोगी संस्था भएको शुभकामना पोलिक्लिनीक घोराही सडक विभाग ओरालो क्याम्पस रोड चोक दाङमा नयाँ स्थापना भएको रहेछ । हुन त दाङ घोराही बजारमा थुप्रै स्वास्थ्य सेवाका क्लिनीक, अस्पताल, फार्मेसी, ओखती विक्रेताहरु छन् । सबैको प्रचार रेडियो, टिभी, सामाजिक सञ्जालमा हुन्छ तर आयुर्वेदिक र एलोपेथिक ओखतीको उपचार विधि अपनाउनेहरु एउटै थलोमा देखिनु दाङमा यो पहिलो शिविर हो । एलोपेथिक उपचार विधि जनता मावि नयाँ गाउँ बुका स्कूलमा चलाएको पनि रामपुर स्वास्थयचौकीले गरेको थियो । तर अहिले यस ठाउँमा शुभकामना पोलिक्लिनीकको शिविर महत्वपूर्ण देखियो ।

गाउँमा पुगेर स्वास्थ्य सेवा सरकारले दिन नसकेको अवस्थामा शुभकामनाको शिविर स्थानीय व्यक्तिहरुका लागि लाभदायक देखियो । सरकारले स्वास्थ्य सेवालाई निजीकरण गराएर चर्को शुल्कमा उपचार गर्नुपर्ने नीति ल्याएको समयमा शुभकामनाको निःशुल्क सेवाको उपचार र ओखती वितरण व्यवस्था गाउँलेहरुका लागि लाभप्रद मात्र भएन हितकर पनि देखियो । अर्को पक्ष थियो – लाइनमा महिला र पुरुषबीचमा समानताको व्यवहार पाइयो । पहुँच र सम्बन्धका आधारमा लिङ्गभेद थिएन ।

अहिले नारी र पुरुषका अधिकार बराबर भन्ने महिलावर्गमा समानताको व्यवहार गर भन्ने सन्देश आम नागरिकमा ज्ञान गराएका थिए । त्यस शिविवरमा मुटु रोग, मधुमेह, दम, प्रेसर, स्नायु, किड्नीलगायतका रोगहरुको डाक्टरले जाँचेको आधारमा ओखती बाँड्ने गर्थे । त्यो पनि सबै निःशुल्क थियो तर धेरै बिरामीहरुलाई औषधी सकियो भन्दै रित्तो हात पठाएका थिए । जब कि गाडी र मोटरसाइकल भएका युवाहर ओखती बाँड्नेहरु थिए । स्वास्थ्य शिविर भएको ठाउँदेखि घोराही बजार दश किलोमिटर दूरीमा थियो ।

आवागमनका लागि सडक पनि पक्की थियो । युवाहरु अल्छी रहेछन् भन्ने सन्देश गाउँलेहरुलाई दिएर गए भन्थे ओखती नपाउने बिरामीहरुले । यसबाट स्पष्ट के देखियो भने युवाहरु काम गर्न खोज्छन् तर मिहिनेत गरेर नागरिकलाई सहयोग पु¥याउन अल्छी गर्छन् भन्ने सन्देश दिए । हुन त घोराही ओखती लिन यो पर्चा लिएर आउनु भनेछन् । गाउँलेहरुलाई घोराही ओखती लिन टेम्पो यात्राको भाडा तीन सय रुपैयाँ लाग्छ, आतेजाते । स्थानीय सरकारको अधिकार क्षेत्रमा पर्छ । पहिले कच्ची सडक हुँदा एक सय रुपैयाँ आवतजावतमा पर्दथ्यो भने अहिले कसरी भाडा आकाशिसयो ? स्थानीय सरकारको मौनता छ ।

स्वास्थ्य शिविरमा माता मनकामना आरोग्य केन्द्रले दाँत मुख र गिँजासम्बन्धी उपचार सेवा चलाएको थियो । सानो कधको महिला युवती डाक्टरप्रति नागरिक प्रभावित थिए । हुन त यो केन्द्रबाट दाँतसम्बन्धी उपचार गराउनेहरुको संख्या पनि धेरै कम थियो । खास गरी शिविरमा छाला, नसा, हाड दुख्ने रोगीहरु धेरै थिए । तर विषयका डाक्टरहरुको कमी थियो । एउटै डाक्टरले धेरै रोगहरु हेर्ने व्यवस्था थियो । निःशुल्क सेवा दिन घोराहीमा बसेर धन कमाउने डाक्टरहरु गाउँमा सेवा पु¥याउन नचाहेको गाउँलेहरुले महसुस गर्थे ।

वास्तवमा स्वास्थ्य सेवा निजीकरण भएपछि डाक्टरहरु पनि पैसा हेर्ने र उपचारमा लापरवाही गर्ने चलन घोराहीमा बढेको समय छ । गाउँलेहरुले आफ्ना डाक्टर झाँक्री र वैद्यलाई सम्झन्छन् । उनीहरुबाट पाउने सेवा प्रभावकारी छ । आयुर्वेद डाक्टर भने पनि एलोपेथिक ओखतीहरु लेख्ने गरेको पाइयो । आयुर्वेद ओखती लेख्ने गर्नु पथ्र्यो तर त्यसो कम भएको हुँदा गाउँलेहरुले भन्थे – आयुर्वेदिक ओखती झारपाते ओखती हो । हाम्रै गाउँघरमा छन् । आयुर्वेदिक डाक्टरहरुले झारपात सिकाइदिने र बनाउने विधिहरु सिकाउनुपथ्र्यो, त्यसो गरेको पाइएन ।

एकजना वृद्धले भन्थे– पारिजातको दुईवटा हरियो पातलाई तीन गिलास पानीमा पकाउने र एक गिलास मात्र पानी सुकाएर गराउने गर्दा घुँडा दुख्ने रोग निको हुन्छ भनेका थिए । तर त्यस्तो घुँडा दुख्ने जोर्नी खिइिएर वा युरिकएसिड बढेर हुने दुखाइलाई उपचारमा प्रयोग गर्ने हो वा कस्तो उपचार हो ? जान्ने इच्छा गरेका थिए । त्यस्तो सेवा विधि प्रयोगमा आयुर्वेद डाक्टरले देखाएनन् । शिविर २०७८ मंसिर ३ गते शनिवार एक दिनका लागि थियो ।

घोराही बजारदेखि दश किलोमिटरको दूरीमा भएको जनता मावि बुका दाङमा आयोजना गरेको स्वास्थ्य शिविरको प्रभाव राम्रो थियो । प्रशस्त मात्रामा रोगीहरु उपस्थिति थिए । त्यहाँ भएका रोगीहरुमा महिलाको संख्या धेरै थियो । अहिलेको मानवीय समाजलाई हेर्दा के देखियो भने महिलाहरुमा ममता, धीरता र सहनशीलताका गुणहरु थिएनन् । आफूहरुलाई धेरै सम्पन्न र वैभवशाली सम्झन्थे । यसले के देखाएको थियो भने हुनेखाने वर्गको हैकमता बढ्दो थियो । उनीहरु पालो मिचेर लाइन छोडेर अगाडि दगुर्थे ।

निसहाय, माजोर शरीरका व्यक्तिहरुलाई लाइन मिच्ने महिलाहरुले तागत देखाउँथे । अहिले देशमा गुण्डागर्दी बढेको समय छ । त्यस्ताको परिवारमा आमाबुबाले पनि गुण्डागर्दी प्रवृत्ति समाजमा देखाएर शक्तिशाली व्यक्तिका रुपमा आफूलाई स्थापित गर्न खोज्थे तर शिविरका सञ्चालकहरुले लाइनमा बस्न र आफ्नो पालो कुर्न वा पर्खन आग्रह गर्थे । यस्ता महिलाहरु मानव समाजका कलंकका रुपमा हेरिन्छ । उनीहरुलाई असभ्य भन्छन् । त्यसैले मान्छे भएपछि आत्मानुशासनमा बस्नुपर्छ । साथै सामाजिक व्यवहार गर्नुपर्छ । सभ्य नागरिकको कर्तव्य र दायित्वबोध गर्नुपर्छ । शिविरमा आएका बहुसंख्यक महिलाहरुले बृद्धहरुलाई सहारा दिएको पाइएन । शिविर चलाउन आउनुभएका देवेन्द्र अधिकारीबाट धेरै निसहाय महिलाहरले सेवा पाएका थिए ।

यस्ता शिविर, सम्मेलन, सभामा आफ्नो व्यवहारमा छुद्रता देखाउनु पछौटेपन देखिन्छ । आफूलाई लागेको रोगको समस्या डाक्टरसँग आफै व्यक्त गर्नुपर्छ । शिविर भनेर घृणा गर्नु हुन्न । स्वास्थ्य शिविरले मानिसमा बाँच्ने साहस दिन्छ र पिछडिएकोवर्गलाई बाँच्ने सहारा दिन्छ । यस्तो स्वास्थ्य शिविर मावि जवरकोट बंगलाचुली गापामा चलाउँदा बिर्खे, लाहापे, रानीदमार, हाँसीपुर, जवरको, गहनाखोला, घोसखोलाका नागरिकले ज्ञानको विकास गरेर घोराहीमा उपचार गर्ने धारणा बसाल्ने थिए । स्वास्थ्य रक्ष गर्ने थिए । सञ्चालकहरुको ध्यान जानुपर्छ ।